आज : गते

ताजा शिर्षकहरु

तालिवानको बर्बरताः चार अपहरणकारीको ह’त्या गरि व्यस्त चोकमा शव झुन्डाइयो

प्रकाशित
1K
SHARES

एजेन्सी। तालिवानले अपरहणको आरोप लागेका चार जनालाई गोली हानी हत्या गरेर उनीहरुको शब सार्वजनिक स्थलमा झुन्डाएका छन्। तालिवानका एक वरिष्ठ अधिकारीले अपराध गर्नेलाई सरकारले कठोर सजाँय दिने चेतावनी दिएको दुई दिन नबित्दै हेरात सहरमा पछिल्लो घटना सार्वजनिक भएको हो।

हत्या गरेपछि तालिवान लडाकुले ती कथित अपहरणकारीमध्ये एक जनाको शव बजारको व्यस्त चोकमा प्रदर्शन गरेका थिए। स्थानीय व्यापारी वाजिर अहमद सिद्दिकीका अनुसार चार शबमध्ये एउटालाई के्रनमा झुन्डाइएको थियो भने अन्य शब सहरका अन्य चोकमा प्रदर्शनमा राखिएको थियो।

आगामी दिनमा अपहरणका घटना नहुन भनेर चोक चोकमा शब प्रदर्शन गरिएको हेरातका सहायक गभर्नर मौलवी शैरले बताए । अपहरणकारीको तालिवान लडाकुको कारबाहीमा मारिएको उनले बताए।आरोपित व्यक्तिहरुले एक व्यापारी र उनका छोरालाई अपहरण गरेर फिरौती रकम माग गरेको बताइएको छ।

दुई दिनअघि तालिवानका वरिष्ठ नेता मुल्लाह नोरुद्दिन तुराबीले कडा सजाँय र मृत्युदण्ड कायमै रहने बताएका थिए। ‘कठोर सजाँयका लागि हामीलाई धेरैले आलोचना गर्छन्। यो आ–आफ्नो देशको कानूनमा निर्भर हुन्छ,’ पूर्व कानुनमन्त्रीसमेत रहेका नोरुद्दिनले भनेका थिए, ‘हाम्रो कानुनबारे कसैले केही भन्न मिल्दैन्। हामी कुरानमा आधारित रहेर कानुन बनाउँछौं। ’

दोषिमाथि दिइने अमानवीय सजाँय र महिलामाथि लगाइएको प्रतिबन्धका कारण तालिवानको पहिलो शासनकाल विश्वमै कुख्यात थियो। सन् १९९६ मा तालिवानको पहिलो शासनकालमा बलात्कार अभियोग लागेका व्यक्तिको अंग छेदन गरिन्थ्यो भने सामान्य अपराध गर्नेलाई पनि सार्वजनिक स्थलमा लगेर हात र खुट्टा काटिन्थ्यो।

महिलाले सम्पूर्ण शरिर ढाक्ने बस्त्र लगाउनुपथ्र्यो । उनीहरुलाई विद्यालय जान र घरबाट एक्लै बाहिर निस्कन रोक थियो । तालिवानले सिमान्तकृत र अल्पसंख्यकको अधिकार पनि कटौती गरेका थिए।

अफगान महिला फुटबल खेलाडीले देश छोडे

विद्रोही समूह तालिवानले सत्तारोहण गरेको एक महिनापछि अफगानिस्तानका उमेरसमूहका महिला फुटबल खेलाडीहरूले देश छोडेका छन्।ती महिला खेलाडीहरूलाई बुधबार पाकिस्तानले स्वागत गरिसकेको छ। उमेरसमूहका महिला खेलाडी, उनीहरूका परिवार र प्रशिक्षकले गत महिना नै अफगानिस्तान छोड्ने तयारी गरे पनि काबुल विमानस्थलमा अगस्ट २६ मा भएको बम विस्फोटको घटनापछि उनीहरू अलपत्र परेका थिए।

‘अफगानिस्तानमा युवा खेलाडीहरूबाट उनीहरूलाई तत्कालन उद्धार गरिदिनु भन्ने पत्र मैले प्राप्त गरें। त्यसपछि मैले उनीहरूको आग्रह पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई लेखें,’ फुटबल फर पिस नामक एनजिओका ग्बोबल डेभलपमेन्ट सद्भावनादूत सरदार नाभिद हैदरले भने।

मंगलबार मात्र ७५ जनाले उत्तरी नाका पार गरेका थिए। त्यहाँबाट उनीहरू लाहोर प्रस्थान गरेका थिए, जहाँ उनीहरूलाई भव्य स्वागत गरिएको थियो। यु–१४,यु–१६ र यु–१८ मा अफगानिस्तान महिला टोलीबाट प्रतिनिधित्व गरिसकेका खेलाडी पाकिस्तान प्रवेश गरेका हुन्। उनीहरू सबै बुर्कामा थिए।

पाकिस्तान प्रवेश गरेपछि मात्र उनीहरूले मुख देखाएका थिए। तालिवानले सत्ता कब्जामा लिएसँगै महिलालाई खेलकुद सहभागिता गराउनु आफुहरूको धर्मविरोधी भन्दै त्यसमा रोक लगाउने बताएका थिए। यसअघि १९९० को दशकमा पहिलो पटक शासनमा आउँदा पनि तालिवानले महिलालाई खेलकुद सहभागितामा प्रतिबन्ध लगाएका थिए।

तालिवानका उच्च अधिकारीहरूले महिला खेलाडीमाथि प्रतिबन्ध लगाउने बताएसँगै क्रिकेट अस्ट्रेलिया (सिए) ले अफगानिस्तान विरुद्धको टेस्ट शृंखला नै रद्द गर्ने चेतावनी दिएको थियो। साथै अफगानिस्तानको अन्तर्राष्ट्रिय खेलकुद सहभागितासमेत दुबिधामा परेको थियो। यद्यपि दुई पारा ओलम्पियन खेलाडीले हालै टोकियोमा सम्पन्न पारा ओलम्पिक २०२० मा सहभागिता जनाएका थिए।

तालिवानका शीर्ष अधिकारीले हालै मात्र एक अस्ट्रेलियन सञ्चारमाध्यममा दिएको अन्तर्वार्ताका क्रममा महिलाको खेलकुद सहभागिता आवश्यक नै नरहेको बताएका थिए। तर मंगलबार अफगानिस्तानका नवनियुक्त खेलकुद निर्देशक बासिर अहमदले महिलालाई खेलकुद सहभागिता गर्न दिने वा नदिनेबारे निर्णय नभइसकेको र आफूहरू छलफलकै क्रममा रहेको बताए।

उनले यसबारे छिट्टै आधिकारिक धारणा सार्वजनिक गरिने पनि बताए। बुधबार बिहान ट्विट गर्दै पाकिस्तानमा प्रदेश सञ्चारमन्त्री फवाद चोैधरीले अफगानिस्तानका महिला खेलाडीहरूको स्वागत गरेका थिए।

‘हामीले अफगानिस्तानमा महिला खेलाडीलाई स्वागत गरेका छौं। उनीहरू अफगानिस्तानको थोर्खाम नाका हुँदै पाकिस्तान प्रवेश गरेका थिए। उनीहरूको साथमा आवश्यक सम्पूर्ण कागजपत्र थिए,’ चौधरीले ट्विट गरेका थिए। तालिवानले सत्तारोहाण गरेपछि हजारौंअफगान नागरिकले देश छोडिसकेका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ