आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लडाकु शिविरमा भएको ठूलो भ्रष्टाचारको फाइल खोलिदै, माओबादि केन्द्रमा भूकम्प

प्रकाशित
1.2K
SHARES

काठमाडौ।  लडाकु शिविरमा भएको अनियमितताबारे छानविन अघि बढ्ने भएको छ । पूर्व बाल लडाकुसमेत रहेका लेनिन बिष्टले विषयमा छानबीन गर्न कानुनी प्रक्रियामा जाने बताएका छन् । पूर्व बाल लडाकुका अध्यक्ष लेनिन बिष्टले प्रमाण जुटाएर कानुनी प्रक्रिया सुरु गर्ने घोषणा गरेका हुन् ।

यो सँगै जनमुक्ति सेनाकाको प्रतिष्ठानका नाममा समेत रकम दुरुपयोग भएको सुन्नमा आएको भन्दै बिष्टले त्यसको पनि खोजबिन अगाडि बढाउने जानकारी दिएका छन् । लडाकु शिविरमा भएको भनिएको ठूलै भ्रष्टाचारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूको नाम जोडिएर आउने गरेको छ ।

तत्कालीन सरकार र माओवादी बिद्रोहीबिच भएको सम्झौता बमोजिम तत्कालीन माओवादीका लडाकुहरुलाई सात मुख्य र २८ सहायक शिविरमा राखिएको थियो । माओवादी लडाकुहरुलाई शिविरमा राख्दा राज्यले प्रदान गरेको भरणपोषण र तलब भत्ताको रकममा तत्कालीन माओवादी नेता र कमान्डरहरुले अनियमितता गरेको आरोप लाग्दै आएको छ ।

माओवादीकै कतिपय नेताहरूले समेत यसमा अध्यक्ष प्रचण्डलगायतका नेताहरूको संलग्नता रहेको र यसको हिसाव खोजिने बताउँदै आएका छन् । बिष्टको यो प्रयासले प्रचण्डसमेतका केहि नेताहरूलाई अफ्ट्यारो पर्ने देखिएको छ ।०६२/०६३ को दोस्रो जनआन्दोलनपछि करिब ३१ हजार माओवादी लडाकुलाई शिविरमा राखिएको थियो । गैरलडाकुलाई शिविरमा राख्नेदेखि लडाकुको नाममा निकासा भएको भनिएको करिब चार अर्ब रुपैयाँ अनियमितता भएको बताइन्छ ।

तत्कालीन माओवादी र सरकारबीच ५ मंसिर २०६३ मा भएको विस्तृत शान्ति–सम्झौतापछि माओवादी लडाकुलाई अस्थायी शिविरमा राखिएको थियो । साथै दलहरूबीच लडाकु, शिविर र हतियार राखिएको कन्टेनरको नियमित अनुगमनका लागि संयुक्त राष्ट्रसंघबाट अनुगमनकर्ता बोलाउने सहमति भएको थियो ।

लगत्तै २२ मंसिरमा भएको सहमतिअनुरूप संयुक्त राष्ट्रसंघीय राजनीतिक मिसन ९अनमिन० शिविर र हतियारको अनुगमन गर्न नेपाल आएको थियो । उक्त सहमतिबमोजिम नै अनमिनले लडाकु प्रमाणीकरण गरेको थियो । सात मुख्य शिविर र २१ सहायक शिविरमा रहेका करिब ३१ हजार लडाकुबाट अनमिनले प्रमाणीकरणमा लडाकुको संख्या १९ हजार ६ सय २ कायम भएको थियो ।

तत्कालीन शान्ति मन्त्रालय, शिविर व्यवस्थापन सचिवालयकाअनुसार लडाकुको भरणपोषणमा २ अर्ब ७४ करोड १६लाख ९७ हजार ५ सय ८४ रुपैयाँ, मासिक भत्तामा ५अर्ब ८२ करोड ७२ लाख ५७ हजार २४ रुपैयाँ, पूर्वाधार निर्माणमा २७ करोड १० लाख ३ हजार १७ रुपैयाँ, अन्य खर्चमा २२ करोड ४४ लाख ५१ हजार ५ सय २१ र कृष्णबहादुर महरा मार्फत ४६ करोड १० लाख ६७ हजार २ सय रुपैयाँमा गरी ९ अर्ब ५२ करोड ५४ लाख ७६ हजार ३ सय ४६ निकासा भएको हो

शिविरमा रहेका लडाकुको भरणपोषण, भौतिक पूर्वाधार निर्माणलगायत व्यवस्थापनतको रकम उपलब्ध गराएको थियो । मासिक भत्ताबाट एक लडाकुले एक हजारका दरले सम्बन्धित शिविरका कमान्डरलाई बुझाउने गरेका थिए । पछि केहीले शिविर छाडेको र केहीको मृत्यु भएको अनमिनको रिपोर्टअनुसार १९ हजार ५ सय २५ लाई मात्रै रकम निकासा भएको थियो ।

०६८ मंसिरदेखि भएको लडाकु पुनर्वर्गीकरणमा तीन हजार लडाकु अनुपस्थित थिए । उनीहरूको मासिक भत्ता र भरणपोषणबापतको रकम पुनर्वर्गीकरणको रिपोर्ट आउनुअघिसम्म निकासा भइरहेको थियो ।

यसै गरि : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी लगायतका दलहरुबीच एकताको तयारी अघि बढेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ले विप्लव, वैद्य र बाबुरामसँग पार्टी एकताको कुरा भईरहेको बताएका हुन् ।

उनले एक कार्यक्रममै यस्तो बताइसकेका छन् । उनले अब माओवादीहरु एक नभए देशमा भएको परिवर्तनहरु सबै धरापमा पर्ने भन्दै माओवादीहरु एक हुनुपर्ने बताए । उनले शान्ति प्रकृयामा आएपछि माओवादीलाई सिध्याउनको लागि पार्टी फुटाउने देखि विभिन्न षड्यन्त्र गरेको भन्दै अब माओवादीहरु एक हुनुपर्ने उनले बताए ।

उनले आफूहले विप्लव, वैद्य, मोहनविक्रमलगायत नेताहरुसँग छलफल गरिरकेको र कार्याकर्ताहरुलाईसमेत उनीहरुसँग सहज सबन्ध बनाउन निर्देशन दिएका छन् । उनले माधव नेपालको समाजवादीसँगसमेत नजिकको सम्बन्ध बनाउनसमेत उनले निर्देशन दिएको छ ।पछिल्लो समय बाबुराम भट्टराई एकताको खाका निर्माणमा लागेको पनि स्रोतले जनाएको छ ।

यसै गरि, पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले टर्च बालेर खोज्नुपर्ने अवस्थामा गइरहेको टिप्पणी गरेका छन् । शनिबार हेटौँडामा आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आगामी निर्वाचनबाट एमाले टर्च बालेर खोज्नुपर्ने र अध्यक्ष केपी शर्मा ओली अहंकारको घोडाबाट खस्ने उनले बताए । उनले भने, ‘एमाले आगामी चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा गइरहेको छ हेर्दै जानुस् । केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौचमा लागेका छन् ।

उनीहरूको काम नै गाली गर्ने, त्यसैमा रमाउँछन् । हामी त्यस्तो गर्ने छैनौं । सद्‍बुद्धि आओस्, मति सुध्रियोस् । हामी गलत बाटोमा जान चाहन्नौँ । नत्र त उहाँहरू र हामीमा के फरक ?’नेपालले आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने खुलासा गरेका छन् । नेपालले प्रदेश १ र बागमती प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने खुलासा गरेका हुन् ।

सोमबार पेशागत महासंघ नेपालको राष्ट्रिय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो खुलासा गरेका हुन् । उनले भने, ‘एक र तीन नम्बर प्रदेश ९बागमती० मा छिट्टै अब हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्न गइरहेको छ । तपाईंहरु स्वागत गर्नका लागि तयार रहनुस् भन्न चाहन्छु।

प्रतिक्रिया