आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

साैताने बहिनी ब’ला’त्कार गर्ने बझाङका युवकलाई भारतमा फाँ’सीको सजाय

प्रकाशित
444
SHARES

काठमाडौँ। आफ्नो सौतेनी बहिनीलाई बला’त्कार गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँसी (मृ’त्यु’दण्ड)को सजाय दिइएको छ ।भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया सौतेनी बहिनीलाई बलात्कार गरेको आरोपमा ती युवकलाई भारतको अदालतले मृत्युदण्डको सजाय सुनाएको हो ।

चार वर्षीया सौतेनी बहिनीलाई ब’ला’त्कार गरेको आरोपमा भारतको पिथौरागढ प्रहरीले नेपालको बझाङ घर भई हाल पिथौरागढको जाजरदेवल बस्दै आएका ३१ वर्षीय युवकलाई त्यहाँको अदालतले फाँ’सीको सजाय सुनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भारतीय पत्रिका अमर उजालाका अनुसार ती पुरुष ३ अप्रिल २०२१ मा पक्राउ परेका थिए । गाउँमा बुबाआमाको मृ’त्युपछि सौतेनी बहिनी दाइसँग पिथौरागढमा बस्दै आएको बताइएको छ । पिथौरागढको जाजरदेवल थानाका एसआई मेघा शर्माले घटनाको जाँच गरी अदालतमा आरोपपत्र दर्ता गरेका थिए ।

प्रमाण र बयानका आधारमा आरोप पुष्टि भएकाले पिथौरागढ जिल्ला न्यायधीश डा. ज्ञानेन्द्रकुमार शर्माको एकल इजलासले शुक्रबार आरोपीलाई फाँसी दिएर मृ’त्यु’दण्डको सजाय सुनाएको पत्रिकामा उल्लेख छ । उक्त सजाय भारतीय अपराध दण्ड संहिताको धारा ३७६ ए र बी अनुसार सुनाइएको जनाइएको छ ।

तस्तै : दैलेखमा ब’ला’त्कारसम्बन्धी घटनामा अदालत पुगेको घटनामा मुद्दाका दुवै पक्षलाई सजाय भएको छ । प्रहरीमा दिएको जाहेरीविपरीत बयान बदलेपछि मुद्दाका दुवै पक्षलाई अदालतले सजाय गरेको हो । ब’ला’त्कारमा दोषी ठहरिएका दुल्लु नपा–८ का ६१ वर्षीय नन्दाराम भण्डारी र छोरी ब’ला’त्कृत भएको भनी प्रहरीमा दिएको जाहेरीविपरीत अदालतमा बयान बदलेको कारण मुद्दाका दुवै पक्षलाई सजाय भएको हो ।

१७ वर्षीया किशारीलाई झारफुक गर्ने बहानामा ब’ला’त्कार गरेको कसूरमा भण्डारीलाई १० वर्ष कैद र आरोपित भण्डारी जोगाउन ब’ला’त्कार भएको होइन भनी वकपत्र गरेकी पीडित बालिकाकी आमालाई ५ हजार जरिमाना गर्ने फैसला भएको अदालतका सूचना अधिकारी नासु टीकाराम न्यौपानेले जानकारी दिए ।

उजुरी गर्दा पाँच साताको गर्भ रहेको जनाइएकोमा कानुनअनुसार अस्पतालमा गर्भपतन गराएको प्रमाण छँदै आरोपित पक्षलाई जोगाउन उजुरीमा उल्लेखित व्यहोराविपरीत वकपत्र गर्ने पीडित पक्षलाई समेत सजाय गरेको जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता हरि घिमिरेले प्रस्ट्याए ।

१० वैशाख २०७७ मा झारफुक गर्ने बहानामा आफ्नै घरमा बोलाएर भण्डारीले ब’ला’त्कार गरेको पीडित पक्षले २०७७ जेठ १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण त्यही दिन जिल्ला अस्पताल दैलेखमा भएको थियो ।

उजुरीका आधारमा आरोपितलाई प्रहरीले जेठ १९ गते घरबाटै गिरफ्तार गरेको थियो । प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकील कार्यालयमार्फत २०७७ असार ८ गते दैलेख जिल्ला अदालतमा पेस गरेको जबरजस्ती करणी अभियोगमा भएको थुनछेक बहसपछि पुर्पक्षका लागि दैलेख कारागारमा थुनामा पठाइएको थियो ।

राज्यको साधन स्रोत र जनशक्तिको खर्च गराएर मुद्दा चलिसकेका मुद्दामा विभिन्न प्रलोभन, डर, धाक र दबाबमा मुद्दा होस्टायल गराउने खराब प्रचलन बसेको बेला मुद्दाका दुवै पक्षलाई सजाय हुनुले यस्ता विकृति रोकथाममा सहयोग पुग्ने दैलेखका प्रहरी इन्चार्ज प्रहरी नायव उपरीक्षक डीएसप’अनुपम श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया