आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्ड र बादलको कुरा मिल्यो, केपी ओली तनावमा

प्रकाशित
603
SHARES

काठमाडौ। नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वगृहमन्त्री एवं नेकपा एमाले पोलिटब्युरो सदस्य रामबहादुर थापाको एमसीसीबारे समान धारणा बनेको छ । केही दिन अघि मात्रै प्रचण्डले एमसीसी परिमार्जन गरेर पारित गरिनुपर्ने बताएका थिए ।

शुक्रबार बादलले अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेशन एमसिसी परिमार्जन गरेर पारित गर्नुपर्ने बताएका हुन् । जनमत हेरेर एमसीसीबारे निर्णय लिने तयारीमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली बादलको आजको अभिव्यक्तीपछि झस्किएका हुन् । बादलले परिमार्जन गरेर एमसीसी पारित गर्नुपर्ने धारणा राखेका छन् ।

प्रेस चौतारीले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बहसमा आएका विषय परिमार्जन गरेर पारित गर्नुपर्नेमा जोड दिए । नेता थापाले लोकतन्त्रमा कसैलाई बोल्ने अधिकार रोक्न नहुने स्पष्ट पार्दै लिम्पियाधुरा, कालापानी, एमसिसीका विषयमा धारणा राख्न पाउनुपर्ने बताए ।

स्रोत नखुलाई लगानी गर्न पाउने व्यवस्था गर्नु गलत हो”, उनले भने । राष्ट्रिय अर्थतन्त्र र पूँजीको संरक्षण गर्नुपर्ने उल्लेख गर्दै उनले सरकार त्यतातर्फ जान नसकेको आरोप लगाए ।

यो नै अन्तिम निर्णय हो, अब कहिल्यै यता उता गर्दिन् : बामदेव गौतम

कपा एमालेबाट राजीनामा दिएका नेता वामदेव गौतमको राजीनामा अस्वीकृत भएको छ । शनिबारको केन्द्रीय समिति बैठकले गौतमको राजीनामा अस्वीकृत गरेको हो । आफ्ना राजीनामा अस्वीकृत भएपछि गौतमले केपी शर्मा ओलीको नेतृत्वमा बस्न नसक्ने पुनः स्पष्ट पारेका छन्।

एमालेले आफ्नो राजीनामा अस्वीकृत गरेको सुनेपछि नेता गौतमले भने, ‘म एमालेमा रहन सक्दिनँ भनेको थिएँ, राजीनामा दिएपछि सकियो !वामदेवको राजीनामा अस्वीकृत गरियो भने भोलि उनलाई एमालेमा फर्काउन सकिन्छ कि भन्ने ओलीको दिमागमा लागेको हुन सक्ने गौतमको विश्लेषण छ ।

उनी भन्छन्, ‘मेरो राजीनामा अस्वीकृत गर्ने र केही गरी वामदेवलाई ल्याउन सकियो भने त्यो फिर्ता गर भन्ने केही कुरा केपी ओलीको दिमागमा आयो होला । त्यो खेल भएको हुन सक्छ ।’

नेता गौतमले गत भदौ १८ गते एमालेबाट राजीनामा दिएका थिए । राजीनामा पत्रमा उनले केपी ओलीमाथि विभिन्न १० वटा आरोप लगाउँदै एमालेमा बस्न नसकिने स्पष्ट पारेका थिए । तर, एमालेले अहिलेसम्म गौतमको राजीनामा स्वीकृत गरेको छैन ।

‘राजीनामा दिइसकेपछि त्यो राजीनामा भइहाल्यो नि । स्वीकृत गर्ने, नगर्ने कुराको कुनै मतलब हुँदैन’ नेता गौतमले भने, ‘म सिद्धान्तनिष्ठ व्यक्ति हो । विचार, सिद्धान्त यी सबै कुरामा नैतिकताको पनि सवाल आउँछ । मलाई ओलीको नेतृत्वमा त्यहाँ बसिरहन उपयुक्त लागेन ।’

राजीनामा पत्रमा आफूले ओलीमाथि १० वटा आरोपहरू लगाएको बताउँदै नेता गौतमले आफ्नो राजीनामा स्वीकृत गरे पनि नगरे पनि ओलीमाथि लगाइएका ती आरोपहरूलाई पार्टीले सुरक्षित राख्नुपर्ने बताए ।

‘मैले केपी ओलीलाई १० वटा आरोपहरू लगाएको छु । यो यो कारणले म एमालेमा रहन सक्दिनँ भनेको छु’ उनले भने, राजनीनामा स्वीकृत गर्दाखेरि पनि वा अस्वीकृत गरे पनि त्यो पार्टीको दस्तावेज हुन्छ, त्यसलाई सुरक्षित राख्नुपर्छ ।’

नेता गौतमले आफू केपी शर्मा ओलीभन्दा हरेक कुराले सिनियर भएको बताए । उनले भने, ‘म राजनीतिक व्यक्ति हुँ । केपी ओलीभन्दा अगाडिको हुँ । उमेरले पनि जेठो हुँ । पार्टीमा लागेको हिसाबले पनि जेठो हो ।

नेतृत्वमा पुगेको पनि केपी ओलीभन्दा धेरै पहिले हो । मैले धेरै क्षेत्रमा पार्टी निर्माण गरेको छु । यस्तो अवस्थामा उनको नेतृत्वमा त्यहाँ बसिरहन मलाई उपयुक्त लागेन । मैले केपी ओलीको नेतृत्वमा बसिरहनुहुँदैन ।’

आफूले नेकपा एमालेमा छलफलका लागि प्रस्तुत गरेका विचार र प्रस्तावहरूप्रति केपी ओलीले अरुचि देखाएको र उनी निकटस्थहरुले बोल्न नदिएपछि आफू बैठकमा जान छाडेको नेता गौतमले रातोपाटीलाई बताए । गौतमले भने, ‘जुन दस्तावेजहरु लगे, त्यसमा छलफलका निम्ति उनले ओलीले ‘इन्टरटेन’ नै गरेनन् । वामदेवले यस्तो–यस्तो विषयमा छलफल गर्न चाहनुभएको छ भन्दा पनि भनेनन् ।

मैले पछिल्लोपटक स्थायी कमिटीको बैठकमा कुरा राख्दै थिएँ, केपी ओलीका एकजना सल्लाहकार सभापति केशव बडालले ममाथि झम्टिए । मलाई बोल्नै दिएनन् । उनीहरुले यस्तो गरेका छन् र म त्यही दिनदेखि बैठकमा गएको छैन ।’

राजनीतिक व्यक्तिले पार्टी फुटाएर अर्को पनि बनाउन सक्ने गौतमले बताए । उनले भने, ‘मलाई थाहा छ कि राजनीतिक व्यक्तिले पार्टी फुटाउन सक्छन्, अर्को पार्टी बनाउन सक्छन् । तर, म अहिले भर्खरै त्यस्तो मानसिकतामा गएको छैन ।

प्रतिक्रिया