आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सेक्स भिडियो देखाएर १५ वर्षीया किशोरीलाई ९ महिनासम्म बला’त्कार, २८ जना पक्राउ

प्रकाशित
475
SHARES

काठमाडौ। एक किशोरीलाई नौ महिनासम्म बला’त्कार गरिएको विषयमा भारतमा प्रहरीले अहिले छानविन गरिरहेको छ। १५ वर्षीया यी किशोरीमाथि बला’त्कार गरेको अभियोगमा मुम्बईबाट २८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार गत जनवरीदेखि यी किशोरीमाथि निरन्तर बला’त्कार भइरहेको थियो।

स्थानीय मिडियाकाअनुसार पहिले यी किशोरीका प्रेमीले उनलाई बला’त्कार गरे, उनले भिडियो समेत खिचेका थिए । त्यसपछि त्यही भिडियो देखाएर उनी र उनका साथीहरुले लगातार किशोरीलाई ब्ल्याकमेल गर्दै बला’त्कार गरिरहे । मुम्बईका विभिन्न डोम्बीभिली, बदलापुर, मुर्वाद, राबालेलगायत विभिन्न ग्रामिण इलाकामा लगेर उनलाई बला’त्कार गरिएको अधिकारीहरुले बताएका छन्।

बुधबार राती यी किशोरीले अन्ततः प्रहरीमा यस घटनाबारे उजूरी दिएकी थिइन् । यी किशोरीले कुल ३३ जनाले बला’त्कार गरेको बताएकी थिइन् । लगभग सबैलाई उनले चिनेकी छिन्। भारतमा सन् २०१२ मा दिल्लीमा एक युवतीको बला’त्कार र त्यसपछि ह’त्या भएको थियो। ‘निर्भया प्रकरण’ नामले यो घटना कुख्यात थियो।

यस घटनाले बढाएको जनआक्रोशपछि भारतले यौनजन्य अपराधविरुद्ध कडा सजायको व्यवस्था गरेको छ । तर, कानून कडा हुँदाहुँदै पनि गम्भिर बला’त्कारका घटनाका कमी आएको देखिँदैन । नेशनल क्राइम रेकर्डस् ब्युरोका अनुसार २०२० मा २८ हजार ४६ वटा बला’त्कारका घटना दर्ज भएका थिए, अर्थात् दैनिक ७७ वटा बलात्कारका उजूरी परेका थिए।

आगामी निर्वाचनमा ओलीको पार्टीलाई टर्च बालेर खोज्नुपर्छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा केपी ओलीको पार्टीलाई टर्च बालेर खोज्नुपर्ने बताएका छन् । अध्यक्ष नेपालले ओलीको दम्भका कारण दुई तिहाइ मत प्राप्त गरेको सरकारले जनअपेक्षालाई लत्याएको आरोप लगाए । उनले ओलीको दम्भ अब धेरै दिन नटिक्ने समेत बताए।

शनिबार हेटौंडामा आयोजित शपथ ग्रहण तथा एकीकृत समाजवादी मकवानपुरको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले विधि, विधानलाई नमान्ने र संविधान मिच्ने गरेको आरोप लगाए। नेकपा एकीकृत समाजवादी पार्टीले देशको वैकल्पिक शक्तिका रुपमा आफ्नो अभियान सुरु गरेको दाबी गर्दै उनले यसमा अन्य दलहरूको समेत साथ रहेको दाबी गरे।

अध्यक्ष नेपालले भने, ‘केपी ओलीले विधि र विधान विपरित एकल निर्णय गरेर पार्टी र सरकार हत्याउने षडयन्त्रमा लागे। त्यसैले संविधान र लोकतन्त्रको रक्षाका लागि नेकपा एकीकृत समाजवादी पार्टीको स्थापना गर्नुपर्यो।

समाजवादी पार्टीले कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्दै देश र जनताको हितका लागि काम गर्ने बताउँदै उनले जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त र मान्यतालाई आत्मसात गरेको बताए । विरोधीहरुले भनेजस्तो नेकपा एकीकृत समाजवादीले जबजलाई त्यागेको भन्ने हल्लाका पछि नलाग्न समेत उनले आग्रह गरे।

उनले एकीकृत समाजवादीले सबै विचारहरु बोकेको भन्दै मर्क्सवाद–लेनिनवाद मार्गदर्शक सिद्धान्तलाई आत्मसात गरेको बताएका थिए। जबज नेकपा एकीकृत समाजवादी पार्टीको मुलमन्त्र भएको समेत अध्यक्ष नेपाले स्पष्ट पारे। उनले देशभर एकीकृत समाजवादीको पक्षमा लहर आइरहेको दाबी गर्दै देशभर समाजवादीको संगठन निर्माणका कामहरु द्रूत गतिमा भैरहेको बताए।

प्रतिक्रिया