आज : गते

ताजा शिर्षकहरु

एमालेमा भीम रावल र केपी ओली वार कि पारको स्थितिमा, अरु नेतापनि साथ् छोड्दै

प्रकाशित
2.2K
SHARES

काठमाडौ। १० बुँदे सहमति कार्यान्वयन नभएपछि नेकपा (एमाले) का उपाध्यक्ष भीम रावल र अध्यक्ष केपी शर्मा ओलीबीच सम्बन्ध बिग्रिएको छ। उपाध्यक्ष भीम रावलले केन्द्रीय कमिटि बैठकमै ओलीमाथि आक्रोश व्यक्त गरेका छन् । सुदूरपश्चिम प्रदेशको इन्चार्ज पूर्वमाओवादी नेता लेखराज भट्टलाई बनाएपछि उनीहरूबीच राम्रो सम्बन्ध नभएको बताइएको छ ।

सम्बन्ध राम्रो नभएको चर्चाबीच शुक्रबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा रावलले १० बुँदे सहमति इमान्दारितापूर्वक कार्यान्वयन नभएको भन्दै उनले अध्यक्ष केपी शर्मा ओलीसमक्ष आक्रोश पोखेका हुन् ।

उपाध्यक्ष रावलले १० बुँदे कार्यान्वयन नगर्ने भए खारेज गरेको घोषणा गर्न समेत चुनौती दिएका थिए । बैठकको सुरुवातमै एमाले केन्द्रीय कमिटी सदस्य झपट रावल, भानुभक्त जोशीसहितका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जाहेर गरेका थिए ।

त्यसपछि उपाध्यक्ष रावलले बैठकमा आफ्नो धारण राख्दै आक्रोश व्यक्त गरे । रावलको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘१० बुँदे सहमति इमान्दारपूर्वक कार्यान्वयन र जेठ २ अघिको संगठनात्मक संरचना कायम होस् । यदि १० बुँदे कार्यान्वयन नगर्ने हो भने खारेज भयो भनेर घोषणा गर्नस्, सक्नुहुन्छ रु’

अध्यक्ष ओलीले भने स्थायी कमिटीको बैठकबाट टुंगो लगाउने आश्वासन दिएर टारेका थिए । उनले बैठकका एजेण्डा विधान महाधिवेशनसँग सम्बन्धित भएकाले त्यसैमा केन्द्रित हुनुपर्ने बताए । ओलीको भनाइ उदृधत गर्दै एक नेताले भने ‘यो बैठकका एजेण्डा फरक छन् । विधान महाधिवेशनसँग सम्बन्धित एजेण्डा भएकाले यसैमा केन्द्रित रहेर मात्रै छलफल हुन्छ, तपाईंहरुको माग यो बैठकको एजेण्डा होइन ।’

एमाले विभाजन हुँदा नेता रावलसँगै अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य सुरेन्द्र पाण्डे र रघुजी पन्तले तेस्रो धार नामको समूह बनाएर १० बुँदे सहमतिको आधारमा एमालेमै रहने निर्णय गरेका थिए । तर, उनीहरुले अहिलेसम्म केही जिम्मेवारी पाएका छैनन् ।

एमाले विभाजन नहुँदै आन्तरिक द्वन्द्व समाधान गर्न बनेको कार्यदलले पार्टी एकताका लागि १० बुँदे प्रस्ताव तयार पारेको थियो । तर, उक्त प्रस्ताव कार्यान्वयन नभएको भन्दै एमालेको झगडा चर्किँदै गएको छ । उक्त प्रस्ताव कार्यान्वयन हुँदा एमाले २ जेठ २०७५ पुग्नुपर्ने हुन्छ ।

म ओलीभन्दा जेठो हुँ,राजीनामा दिएपछि सकियोः बामदेव गौतम

आज नेकपा एमालेबाट राजीनामा दिएका नेता वामदेव गौतमले केपी शर्मा ओलीको नेतृत्वमा बस्न नसक्ने पुनः स्पष्ट पारेका छन् ।एमालेले आफ्नो राजीनामा अस्वीकृत गरेको सुनेपछि नेता गौतमले भने, ‘म एमालेमा रहन सक्दिनँ भनेको थिएँ, राजीनामा दिएपछि सकियो १’ मैले केपी ओलीलाई १० वटा आरोपहरू लगाएको छु ।यो यो कारणले म एमालेमा रहन सक्दिनँ भनेको छु’ उनले भने, राजनीनामा स्वीकृत गर्दाखेरि पनि वा अस्वीकृत गरे पनि त्यो पार्टीको दस्तावेज हुन्छ, त्यसलाई सुरक्षित राख्नुपर्छ ।

’वामदेव गौतमको राजीनामा एमालेले गर्यो अस्वीकृत

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको उपाध्यक्षसहित सवै जिम्मेवारीबाट दिएको राजीनामा अस्वीकृत भएको छ । उनले गत भदौ १८ गते बुझाएको राजीनामा अस्वीकृत भएको हो । उनले आफू एमालेको सबै जिम्मेवारीबाट मुक्त भएको घोषणा गर्दै एमालेमा राजीनामा बुझाएका थिए ।

उनले बुझाएको राजीनामा पत्रमा भनिएको छ, ‘म आफै संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाईंकै गलत विचार, प्रवृति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएकाले आजको मितिमा पार्टी उपाध्यक्ष पद र सवै जिम्मेवारीबाट राजीनामा दिएको छु ।’

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको राजीनामा पत्रमा गौतमले पटकपटक व्यक्तिगत सुझाव दिँदा पनि ओली व्यक्तिवादी र स्वेच्छाचारी बन्दै गएको आरोप लगाएका छन्। राजीनामा पत्रमा प्रतिनिधिसभा भङ्गदेखि पार्टी सञ्चालनमा अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गरिएको छ।

उनले राजीनामा दिएपछि आफ्नो भावी कदमबारे गौतमले केही उल्लेख गरेका थिएनन् । ओलीसँगको चार दशक लामो मित्रता भविष्यमा पनि रहिरहने अपेक्षा उनले गरेका छन् । यसअघि नेकपा एमाले विभाजित भएपछि नेकपा एकीकृत समाजवादी गठन भएको थियो।

नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका नेताहरूबीच सवाल जवाफ भएको छ ।अध्यक्ष ओली र नेताहरुबीच सवाल जवाफको मुद्दा बनेको हो–१० बुँदे एकता प्रस्ताव कार्यान्वयन र विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधिको विषय ।

बैठकमा सहभागी एक नेताका अनुसार शुक्रबारको बैठकमा सुदूरपश्चिमका नेता तथा उपाध्यक्ष भीम रावल, नेताहरू झपट रावल र भानुभक्त जोशीले १० बुँदे एमाले एकता प्रस्ताव र त्यही अनुसार अध्यक्षले पठाएको अपानि (अन्तर पार्टी निर्देशन) कार्यान्वयन नभएको र मनोमानी ढङ्गले पार्टी गतिविधि भइरहेको भन्दै सहमति कार्यान्वयनका लागि अध्यक्षले अर्को सर्कुलर पठाउनुपर्ने र सो विषय बैठकको एजेण्डा बन्नुपर्ने बताएका थिए ।

बैठकमा केही नेताहरूले १० बुँदे सहमति र विधान महाधिवेशनका प्रतिनिधि छनोटबारे प्रश्न उठाएपछि तेस्रो धारका अन्य नेताहरूले पनि उनीहरूको मागमा सहमति जनाएका थिए ।तर, अध्यक्ष ओलीले तेस्रो धारका नेताहरूको माग ठाडै अस्वीकार गरे । ‘यो बैठकका एजेण्डा फरक छन् ।

विधान महाधिवेशनसँग सम्बन्धित एजेण्डा भएकाले यससँग केन्द्रित रहेर मात्रै छलफल हुन्छ’, अध्यक्ष ओलीको जवाफ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईंहरुको यो माग यो बैठकको एजेण्डा नै बन्न सक्दैन ।’

तेस्रो धारका नेताहरु एक्सनमा- १० बुँदे सहमती कार्यान्वयन नभएसम्म बैठक बहिष्कार

एमाले एकतागर्न अघि बढाइएको १० बुँदे प्रस्ताव कार्यान्वयन नभएपछि एमालेको तेस्रो धारका १० नेतानिकटका केन्द्रिय सदस्यहरु आक्रोशित बनेका छन् ।शुक्रबारबाट सुरु भएको एमाले केन्द्रीय समिति बैठकमा उनीहरुले १० बुँदे सहमती अक्षरस पालना नगरिएसम्म बैठकमा नबस्ने चेतावनी दिएका हुन् ।

पार्टी एकता गर्न बनाइएको १० बुँदे प्रस्ताव ढिलाई भएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।

१० बुँदे सहमती कार्यान्वयन नगरी विधान महाधिवेशनमा प्रतिनिधि छनोटबारे प्रस्ट धारणा निर्माण नभएसम्म बैठकमा नबस्ने उनीहरुको चेतावनी छ ।चाँडोभन्दा चाँडो एकता प्रस्ताव कार्यान्वयनको ग्यारेन्टी र विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधिबारे स्पस्ट धारण अघि बढाइनुपर्ने उनीहरुको माग छ ।

तेस्रो धारका नेताहरु झपट रावल, भानुभक्त जोशीलगायतले यस्तो दवाव दिइरहेका छन् ।

माधव नेपाललाई साथ नदिई एमालेमै रहेका तेस्रो धारका नेताहरुमा भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।उनीहरुलाई १० बुँदे सहमती अक्षरस पालना नभएसम्म बैठकमा अनुपस्थित हुन पनि केन्द्रिय सदस्यहरुको चेतावनी छ ।

एमाले एकतागर्न अघि बढाइएको १० बुँदे प्रस्ताव कार्यान्वयन नभएपछि एमालेको तेस्रो धारका १० नेतानिकटका केन्द्रिय सदस्यहरु आक्रोशित बनेका छन् । शुक्रबारबाट सुरु भएको एमाले केन्द्रीय समिति बैठकमा उनीहरुले १० बुँदे सहमती अक्षरस पालना नगरिएसम्म बैठकमा नबस्ने चेतावनी दिएका हुन् ।

पार्टी एकता गर्न बनाइएको १० बुँदे प्रस्ताव ढिलाई भएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । १० बुँदे सहमती कार्यान्वयन नगरी विधान महाधिवेशनमा प्रतिनिधि छनोटबारे प्रस्ट धारणा निर्माण नभएसम्म बैठकमा नबस्ने उनीहरुको चेतावनी छ ।

चाँडोभन्दा चाँडो एकता प्रस्ताव कार्यान्वयनको ग्यारेन्टी र विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधिबारे स्पस्ट धारण अघि बढाइनुपर्ने उनीहरुको माग छ । तेस्रो धारका नेताहरु झपट रावल, भानुभक्त जोशीलगायतले यस्तो दवाव दिइरहेका छन् ।

माधव नेपाललाई साथ नदिई एमालेमै रहेका तेस्रो धारका नेताहरुमा भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।उनीहरुलाई १० बुँदे सहमती अक्षरस पालना नभएसम्म बैठकमा अनुपस्थित हुन पनि केन्द्रिय सदस्यहरुको चेतावनी छ ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ