एजेन्सी। भारतमा एउटा उपभोक्ता अदालतले गलत कपाल काटिदिएका कारण एउटा सैलुनलाई दुई करोड भारतीय रुपैयाँ तीन करोड २० लाख नेपाली रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको छ। कपाल काटिएकी महिलाले कपालसम्बन्धी सामग्री बनाउने कम्पनीहरूबाट लामो कपालकै कारण काम पाउने गरेको अदालतको ठहर छ।
उक्त सैलुनले उनले भने विपरीत छोटो हुने गरी कपाल काटिदिएको थियो जसका कारण उनले ठूलो घाटा बेहोर्नुपरेको अदालतले उल्लेख गरेको छ।दिल्लीको एउटा होटेल समूहको हिस्सा रहेको उक्त सैलुनले फैसलाविरुद्ध पुनरावेदनमा जान पाउने छ।
तर उसले फैसलाबारे आफ्नो धारणा सार्वजनिक गरिसकेको छैन। ती महिलाले “आफूले अपेक्षा गरेको काम गुमाएको र ठूलो घाटा बेहोरेका कारण जीवनशैली नै पूरै परिवर्तन भएकाले प्रख्यात मोडल बन्ने उनको सपना चकनाचुर भएको” न्याश्नल कन्ज्युमर डिस्प्युट रिड्रेसल कमिसनले भनेको छ।
“कपाल काट्दा गरिएको लापरबाहीका कारण उनी गम्भीर मानसिक समस्या र आघातबाट गुज्रिएको एवम् काममा ध्यान दिन नसक्दा कामनै गुमाएको” उसले उल्लेख गरेको छ। सन् २०१८ मा ती मोडल कपाल काट्नका लागि उक्त होटेलमा पुगेकी थिइन र आफ्नो कपाल काट्ने विषयबारे कर्मचारीलाई स्पष्ट निर्देशन दिएकी थिइन्।
तर हेअर स्टाइलिस्टले उनको कपालको अधिकतम हिस्सा काटिदिएका थिए। अदालतको काजगात अनुसार उनको कपाल “जम्मा चार इन्च” रहने गरी काटिएको थियो। “उनले ऐनामा आफूलाई हेर्न छोडिन। उनी जनसम्पर्क अधिकृत हुन् र उनले बैठक अनि अन्तरक्रियामा सहभागी हुनुपर्ने हुन्छ।
तर छोटो कपालका कारण उनले आफ्नो आत्मविश्वास गुमाइन्,” अदालतको फैसलामा भनिएको छ। जब उनले सैलुनसमक्ष गुनासो गरिन उनलाई कपालको निःशुल्क स्याहार गरिदिने प्रस्ताव गरिएको थियो।
भारतमा ‘कपाल चोर’को आतंक
भारतमा हरियाणा र राजस्थान राज्यहरुमा ५० जना भन्दा बढी महिलाहरुले आफूहरु होशमा नरहेको बेला कसैले कपाल काटीदिएको भनी उजुरी गरेका छन्। प्रहरीले यी रहस्यमय घटनाको समाधान खोज्न संघर्ष गरिरहेको छ भने महिलाहरु आतंकीत र चिन्तित छन् भन्छन् बीबीसका विकास पाण्डे।
‘अदृश्य हजामको हमला’ भनेर चर्चा भैरहेको महिलाहरुको कपाल काटिने घटना सबैभन्दा पहिला गत जुलाई महिनामा राजस्थान राज्यमा भएको बताइएको थियो।अहिले हरियाणा र दिल्लीमा त्यसरी महिलाहरुलाई थाहै नहुने गरी कपाल काटिएका रहस्यमय घटनाका ताजा विवरणहरु आइरहेका छन्।
पिडित महिलाहरुले कुनै घटनामा रंगीन कपडा लगाएका प्रौढ पुरुष जिम्मेवार भनेका छन् त कुनैमा महिला।कपाल काटिएको घटनाका पिडितहरु अझै पनि आतंकीत छन् र तिनका परिवारजनले तिनीहरुलाई एक्लै नछाडी साथ दिइरहेका छन्।
त्यस्तो घटनाको उजुरी आएको गुडगावं क्षेत्रका प्रहरी प्रवक्ता रविन्दर कुमार भन्छन्, “प्रहरीले त्यस्ता घटनाहरुका सम्बन्धमा छानविन थालेको छ। यि अनौठा घटनाहरु हुन् । “घटनास्थलमा कुनै सुराग मिलेको छैन, पीडीतहरुको चिकित्सा परिक्षण गर्दा पनि कुनै असामान्य नतिजा देखिएको छैन।
“पिडीतहरु लगायत कसैले पनि ति आक्रमणकारीहरुलाई राम्ररी देखेको भनेर बताउन सकेका छैनन्।”ति प्रहरी प्रवक्ताका अनुसार विभिन्न क्षेत्रका प्रहरीहरुले घटनाको चुरोसम्म पुग्न आपसी तालमेलको संयोजन गरिरहेका छन्। यो सबै जारी रहंदा विभिन्न प्रकारका हल्लाहरु पनि ति क्षेत्रमा फैलिरहेका छन्।
प्रतिक्रिया