आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

तालिबानले भन्यो कठोर सजायहरू फेरि शुरू, के हुन्छ अब ?

प्रकाशित
0.9K
SHARES

एजेन्सी। तालिबानको संस्थापकमध्येका एक नेताले यसअघिको तालिबानको शासनकालकै नियम पुनः फर्किन सक्ने बताएका छन् ।तालिबानको प्रमुख कानुन कार्यान्वयनकर्तासमेत रहेका मुल्लाह नूरुद्दिन टुराबीले अफगानिस्तानमा फाँसी तथा अंगभङ्गजस्ता कानुन कायम रहन सक्ने बताएका हुन् ।

यद्यपि सार्वजनिकस्थानमा भने यस्तो सजाय नदिइनसक्ने उनको भनाइ छ।एसोसिएट्स प्रेस एपीसँगको अन्तर्वार्ताको क्रममा उनले अफगानिस्तानको नयाँ शासनमा कुनै किसिमको हस्तक्षेप नगर्न अन्तर्राष्ट्रिय समुदायलाई पनि चेतावनी दिएका छन्।

‘सबैले हामीले स्टेडियममा सजाय दिने गरेको भन्दै हाम्रो आलोचना गर्दै आएका छन् तर हामीले कहिले पनि उनीहरुको नियम र सजायको विषयमा केही भनेका छैनौं’, उनले भने, ‘कसैलाई पनि हाम्रो कानुन कस्तो हुनुपर्छ भन्ने अधिकार छैन । हामी इस्लामलाई पछ्याउँछौं र कुरानअनुसार नै हाम्रो कानुन बनाउँछौं ।’

अगष्ट १५ मा तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै अहिले विश्व समुदायले नै उसले अफगानिस्तानमा यसअघिको जस्तै कठोर किसिमको नियम लगाउँछ कि सुधारिएको नियम लगाउँछ भन्ने नियालिरहेका छन् ।

टुराबी यसअघिको तालिबानको शासनकालमा कानुनमन्त्री थिए । उनी अहिले उमेरले ६० को दशकमा छन् । उनले यसअघिको पालाको जस्तै सजाय पुनः दोहोरिने बताए ।‘हात काटिदिनु सुरक्षाको हिसाबले निकै आवश्यक छ ।

यस किसिमको सजाय सार्वजनिक स्थलमा गर्ने वा नगर्ने भन्ने विषयमा मन्त्रिपरिषद्मा अध्ययन भइरहेको छ र नयाँ नीति बनाइनेछ ।’टुराबीले यसपटकको तालिबानको शासनमा केही परिवर्तन भने हुने बताए ।

यद्यपि विगतमा सार्वजनिक स्थलहरूमा दिने गरिएका मृत्युदण्डको आलोचना भएको कुरा तुराबीले खारेज गरे। उनले भने, “हाम्रो कानून कस्तो हुनुपर्छ भन्नेबारे अरूले भन्नु पर्दैन।”

गत अगस्ट १५ मा अफगानिस्तानमाथि नियन्त्रण कायम गरेयता तालिबानले विगतको भन्दा नरम शासन गरिने बताउँदै आएका छन्। तर देशभरि मानव अधिकार उल्लङ्घन भएका भनिएका थुप्रै घटनाहरू बाहिर आएका छन्।

हेरातमा प्रतिष्ठित महिलाहरू, घरबाहिर हिँडडुल गर्न पाउने स्वतन्त्रता पक्षधर र पोशाकसम्बन्धी नियम पालना गर्न अस्वीकार गर्ने महिलाहरूको खोजी गर्दै तालिबान लडाकुहरू हिँडेको पाइएको अधिकारवादी संस्था ह्युमन राइट्स वाचले बिहीवार जनाएको थियो।

काबुलमाथि तालिबानले नियन्त्रण कायम गर्नुभन्दा केही दिनअगाडि बाल्खमा तालिबानका एक न्यायाधीश हाजी बदरुद्दीनले इस्लामिक कानूनको कठोर व्याख्यालाई आफूले समर्थन गर्ने बीबीसी संवाददाता सेकन्दर कर्मानीलाई बताएका थिए।

विगतका कामका कारण संयुक्त राष्ट्रसङ्घले आर्थिक प्रतिबन्ध लगाएका व्यक्तिहरूको सूचीमा रहेका तुराबीले सार्वजनिक स्थलमा सजायहरू दिने वा नदिने विषयमा मन्त्रिपरिषद्‌मा छलफल भइरहेको र त्यसबारे नीति बनाइने बताए।

सन् १९९० को दशकमा काबुलका खेलकुद रङ्गशालाहरूमा अथवा इदगाहमा मृत्युदण्डका सजाय दिने गरिन्थ्यो। त्यस बेला तुराबी न्यायमन्त्रीका साथै सदाचार विस्तार तथा दुराचार नियन्त्रण मामिला प्रमुख थिए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ