आज : गते

ताजा शिर्षकहरु

ओलीलाई अर्को टेन्सन थपियो, तेस्रो धारका नेताहरुले चाले कडा कदम

प्रकाशित
1.2K
SHARES

काठमाडौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अर्को टेन्सन थपिएको छ । पार्टी एकता गर्दा भएका १० बुँदे प्रस्ताव कार्यान्वयन नभएको भन्दै १० नेताका कारण ओलीलाई टेन्सन भएको हो । १० बुँदे कार्यन्वयन नभएको भन्दै एमालेको तेस्रो धारका १० नेतानिकटका केन्द्रीय सदस्यहरु आक्रोशित बनेका छन् ।

शुक्रबारबाट सुरु भएको एमाले केन्द्रीय समिति बैठकमा उनीहरुले १० बुँदे सहमती अक्षरस पालना नगरिएसम्म बैठकमा नबस्ने चेतावनी दिएका हुन् ।पार्टी एकता गर्न बनाइएको १० बुँदे प्रस्ताव ढिलाई भएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।

१० बुँदे सहमति कार्यान्वयन नगरी विधान महाधिवेशनमा प्रतिनिधि छनोटबारे प्रस्ट धारणा निर्माण नभएसम्म बैठकमा नबस्ने उनीहरुको चेतावनी छ ।चाँडोभन्दा चाँडो एकता प्रस्ताव कार्यान्वयनको ग्यारेन्टी र विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधिबारे स्पस्ट धारण अघि बढाइनुपर्ने उनीहरुको माग छ ।

तेस्रो धारका नेताहरु झपट रावल, भानुभक्त जोशीलगायतले यस्तो दवाव दिइरहेका छन् । माधव नेपाललाई साथ नदिई एमालेमै रहेका तेस्रो धारका नेताहरुमा भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

उनीहरुलाई १० बुँदे सहमती अक्षरस पालना नभएसम्म बैठकमा अनुपस्थित हुन पनि केन्द्रिय सदस्यहरुको चेतावनी छ । उनीहरुको चेतावनीपछि उनीहरु एमालेमा नबस्ने संकेत मिलेको विश्लेषकहरु बताउछन् ।

यसैगरि, नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सुदूरपश्चिमका नेताहरूले आफ्नो इन्चार्ज को हो भन्दै प्रश्न गरेका छन् । सुदूरपश्चिममा दुई जना नेताले आफू इन्चार्ज भएको भन्दै आएका छन् । शुक्रबार बैठक शुरू भएलगत्तै झपट रावलले सुदूरपश्चिममा १० बुँदे सहमति कार्यान्वयन हुन नदिइएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

उपाध्यक्ष भीम रावल र अर्का नेता भानुभक्त जोशीले पनि १० बुँदे सहमति कार्यन्वयनमा असमानता देखिएको भन्दै समान कार्यान्वयनको लागि अध्यक्ष केपी शर्मा ओलीको जवाफ मागेका थिए ।तीन नेताले १० बुँदेबारे प्रश्न राखेपछि अध्यक्ष ओलीले उनीहरुलाई मुखभरीको जवाफ दिएका छन् ।

ओलीले केन्द्रीय कमिटी बैठकलगत्तै स्थायी कमिटी बसेर सुदूरपश्चिममा देखिएको समस्या समाधान गर्ने बताए । आजको बैठक विधान मस्यौदा र विधान महाधिवेशनमा केन्द्रित रहेकाले यसमै छलफल गर्न भन्दै ओलीले लगत्तै स्थायी कमिटी बसेर रावलको मागको सम्वोधन गर्ने बताएका थिए ।१० बुँदे सहमति सुदूरपश्चिममा लागू हुन सकेको छैन ।

उपाध्यक्ष रावलले आफू जेठ २ अघिको प्रदेश संयोजक रहेकाले सोही पदमा हुनुपर्ने बताएका छन् । तर, लेखराज भट्ट नेकपा एकता प्रक्रियाबाट आएकाले उनी इन्चार्ज छन् । भीम रावल, भानुभक्त जोशी र झपट रावल माधव नेपाल समूह छाडेर एमालेमा रहेका नेता हुन् । अर्कोतर्फ लेखराज भट्ट, कर्ण थापालगायतले १० बुँदे जस्ताको तस्तै लागू नहुने बताएका छन् ।

यसैगरि , नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन असोज १५–१७ सम्म गोदावरीमा आयोजना हुँदैछ । उक्त विधान महाधिवेशनमा प्रस्तुत गर्ने गरी पार्टीले ६९ पृष्ठ लामो राजनीतिक प्रतिवेदनको मस्यौदा छलफलमा ल्याएको छ ।

दस्तावेज भनेको भाषिक लालित्य नभएर सिङ्गो पार्टी र देशलाई अगाडि बढाउने भिजनसहितको तत्कालीन र रणनीतिक दिशानिर्देश हो । भनिन्छ– गल्ती स्वीकार नगरी सुधारको पहिलो पाइला पनि चाल्न सकिन्नँ । एमालेको राजनीतिक प्रतिवेदनको मस्यौदामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अरुका लम्बेतान समस्याबारे लामा लामा व्याख्या गरेका छन् तर, आफ्नो तर्फबाट गल्ती भएको स्वीकार गरिएको छैन ।

एमालेले मान्ने द्वन्द्वात्मक भौतिकवादी दर्शनले एकको दुईमा विभाजनको कुरा गर्छ । त्यो भनेको कुनै पनि व्यक्ति वा संस्था पूर्ण हुँदैन । यो त सकार र नकारको समष्टि हो । यसको अर्थ, गल्ती कमजोरीरहित मान्छे वा संस्था हुनै सक्दैन ।

त्यस्तै, एमालेले आदर्श मान्ने माक्र्सवादी दर्शनले भन्छ– वस्तुको विकास अथवा विनाशका लागि बाह्य भन्दा आन्तरिक कारण प्रधान हुन्छ । दुई तिहाई बहुमत नजिकको नेकपा विभाजन भयो । हुँदाहुँदै एमाले पार्टी नै विभाजन भयो । दुईवटा प्रदेश सरकार मात्र होइन, संघीय सरकारकै नेतृत्व पनि पार्टीले गुमाइसक्यो । यी सबै घटनाक्रममा मुख्य र शक्तिशाली नेतृत्वले लिनुपर्ने जस÷अपजसको हिस्सा कति हो ? यो सवालमा राजनीतिक प्रतिवेदन मौन देखिन्छ ।

एमाले अझै पनि राष्ट्रवादी शक्ति हो र ओली सबैभन्दा राष्ट्रवादी नेता हुन् । लिम्पियाधुराको नक्सा, जयशंकरको धम्की र नाकाबन्दीको प्रतिरोधसम्मका घटनाहरुलाई जोडेर एमालेलाई राष्ट्रवादी शक्तिको पगरी गुथाउन दस्तावेजले यथाशक्य प्रयास गरेको देखिन्छ ।
ओलीले दस्तावेजमा आफ्ना सबै कदमलाई जायज भनेका छन् ।

विभाजन र असफलताका दोष सबै अरुको पोल्टामा हाल्न मिठासपूर्ण भाषाको सहायता लिएका छन् । यस्तो लाग्छ– ओली ठीकठाक छन् । उनको नेतृत्व शैली पनि ठीकठाक छ । उनका लागि कुनै आत्मसमीक्षाको जरुरी छैन । आत्मसमीक्षा गर्नुपर्छ भने ओली र एमालेबाहेक बाँकी अरुले गर्नुपर्छ ।

दस्तावेज समस्याहरुको चौतर्फी विश्लेषणले भरिएको छ तर त्यसलाई जन्माउने ‘रुट कज’बारे मौन छ । व्यवस्थापन परामर्शदाता जोसेफ युरान ‘परेटो प्रिन्सिपल’को वकालत गर्छन् । इटालियन अर्थशास्त्री भिलफ्रेडो परेटोको नाममा बनेको यो मान्यताले भन्छ– प्राकृतिक रूपमा संसारका ८० प्रतिशत असर २० प्रतिशत कारणबाट निर्देशित हुन्छ ।

यो भनेको हाम्रा १०० सामाजिक समस्यामा सबैभन्दा सजिला कुनै २० समस्यालाई हल गर्ने हो भने बाँकी ८० प्रतिशत समस्या त्यसैको असरस्वरुप आफैं समाधान हुन्छन् ।
परेटो प्रिन्सिपललाई साक्षी राखेर हेर्दा एमाले दस्ताबेजले साना साना कामबाट ठूलो प्रभाव सिर्जना गर्ने उद्देश्य राखेको पाइँदैन । ठूला कुरा गर्ने तर सानाभन्दा साना असरदार काम गर्ने प्रतिवद्धताबाट पनि चुकिरहने कम्युनिष्ट विरासतलाई यो राजनीतिक प्रतिवेदनले शक्तिशाली निरन्तरता दिएको छ ।

दस्तावेज समस्याको कार्य–कारणबारे मौन छ भने यसले संरचनात्मक वा प्रणालीगत परिवर्तनको एजेन्डालाई सम्बोधनको संकेत पनि गरेको छैन । अहिलेको राजनीतिक प्रणाली, संवैधानिक व्यवस्था, राजनीतिक संस्कार आदिलाई यथावत राख्दा पनि एमाले सत्तामा आए गज्जब गर्न सक्छ भनेर स्थापित गर्न दस्तावेजले मेहनत गरेको देखिन्छ ।

प्रतिक्रिया