आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अदालतभित्र गो’ली चल्यो तीन जनाको मृत्यु, विश्वभर तरङ्ग

प्रकाशित
501
SHARES

एजेन्सी। भारतको राजधानी नयाँदिल्लीस्थित एक अदालतभित्र गोली चल्दा तीन जनाको मृत्यु भएको छ।शुक्रबार दिउँसो दिल्लीको रोहिनी अदालतभित्र गोली चल्दा तीन जना मारिएको हिन्दुस्तान टाइम्सले जनाएको छ। दुई जना बन्दुकधारी व्यक्तिहरूले वकिलको लुगा लगाएर अदालत परिसर प्रवेश गरेका थिए।

ती दुई बन्दुकधारीले दिल्लीका ‘मस्ट वान्टेड ग्याङ्स्टार’ जितेन्द्र गोगीलाई गो ली हानेका थिए। प्रहरीले दोहोरो गो ली चलाउँदा ती बन्दुकधारी पनि मारिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

अदालतको २०७ नम्बर कोठामा उक्त घटना भएको थियो। जितेन्द्रलाई न्यायाधीशसमक्ष पेश गर्दा एक्कासी गो ली चलेको थियो। त्यहाँ भएका व्यक्तिहरू आत्तिएपछि भागदौड मच्चिएको थियो। जितेन्द्र गोगी सन् २०२० मार्चमा पक्राउ परेका थिए।

यसैबीच पछिल्लो एक अध्ययनअनुसार भारतका सबै धर्मावलम्बीहरूमा जन्मदर घट्दो क्रममा छ । सन् १९५१ यता धार्मिक सोच र धर्म बुझ्ने तरिकामा आएको परिवर्तनको यो एउटा उदाहरण हो । धार्मिक विश्वासका आधारमा धेरै सन्तान जन्माउने प्रचलन अहिले नकार्न थालिएको छ ।

भारतमा हिन्दु र मुस्लिमले कुल ९४ प्रतिशत जनसंख्या ओगटेका छन् । बाँकी ६ प्रतिशत शिख, इशाई, बौद्ध र जैन लगायत छन् । भारतको पछिल्लो जनगणनाले धार्मिक सोचमा आएको परिवर्तन समेत प्रष्ट पारेको छ । सन् १९४७ मा हिन्दु बाहुल्य क्षेत्रको रूपमा भारत तथा मुस्लिम बाहुल्य क्षेत्रको रूपमा पाकिस्तान विभाजन भएपछि जनसंख्या तीव्र रूपले बढेको थियो ।

सन् १९५१ मा भारतको जनसंख्या ३६ करोड १० लाख थियो, २०११ मा १ अर्ब २० करोड पुग्यो । यस बीचमा हरेक धार्मिक समुदायको जन्मदर धेरै थियो । हिन्दुको संख्या ३० करोड ४० लाखबाट ९९ करोड ६० लाख र मुस्लिमको जनसंख्या ८० लाखबाट २ करोड ८० लाख भएको थियो ।

सन् २०११ को जनगणना अनुसार १ अर्ब २० करोडमध्ये ७९ करोड ८० लाख हिन्दु थिए । यो संख्या संसारमा रहेका कुल हिन्दुहरूको ९४ प्रतिशत हो । मुस्लिमको संख्या १४.२ प्रतिशत थियो । इन्डोनेसियापछि संसारको धेरै मुस्लिम समुदायको बसोबास गर्ने देशको रूपमा भारत रहेको थियो ।

भारतमा भन्दा पाकिस्तानमा मुस्लिमको जनसंख्या करिब २ करोड बढी छ । बङ्गलादेश मुस्लिमको संख्या चौथो धेरै भएको देश हो । हिन्दु बाहुल्य देश संसारमा भारत र नेपाल मात्र हुन् ।सन् २०११ मा ३० हजार भारतीयले आफू नास्तिक रहेको र कुनै पनि धार्मिक समुदायमा विश्वास नगर्ने जनाएका थिए । भारतको जनसंख्या आगामी सन् २०३० सम्ममा चीन भन्दा बढी हुने अनुमान छ ।

भारतमा २०१५ मा मुस्लिममा सबैभन्दा बढी जन्म दर थियो । मुस्लिममा २.६ प्रतिशत जन्मदर रहँदा हिन्दुमा २.१ र जैनमा १.२ प्रतिशत थियो । यो लगभग सन् १९९२ कै स्वरूपमा रहेको छ । सो समयमा मुस्लिमको जन्म दर ४.४ प्रतिशत तथा हिन्दुको जन्मदर ३.३ प्रतिशत थियो ।

सन् १९९० को सुरुमा औसतमा ३.४ जन्मदर रहेकोमा २०१५ मा २.२ पुगेको छ भने मुस्लिमको जन्मदर ४.४ बाट घटेर २.६ पुगेको छ । अन्य समुदायको जन्मदर हिन्दु र मुस्लिमको भन्दा कम छ । गएको ६० वर्षमा मुस्लिमले भारतमा ओगटेको कुल जनसंख्या ४ प्रतिशतले बढेको छ । हिन्दुको जनसंख्या यसै ढङ्गले घटेको छ ।

बीसौँ शताब्दीमा भारतको आर्थिक वृद्धिदर व्यापक बढे पनि जनसंख्या वृद्धि दर पनि त्यसैअनुरूप बढ्दो छ । धेरै विज्ञको मत के छ भने जनसंख्या वृद्धिसँगै शिक्षा र स्वास्थ्यमा खर्च बढेको छ । यसले अन्य क्षेत्रलाई असर पारेको छ । सन् २०१७ मा स्वास्थ्य मन्त्रालयले परिवार नियोजनका लागि थप कार्यक्रम तय गरेको थियो । सन् २०२५ सम्ममा धेरै जन्मदर भएको ठाउँका लागि छुट्टै जनचेतना कार्यक्रम भारत सरकारले जनाएको छ ।

भारतको जनसंख्या अध्ययन गरिरहेकी स्टेफन क्रामरले अहिले जन्मदर घटे पनि पनि अन्यको तुलनामा मुस्लिम महिलाले धेरै जन्माउने गरेको बताउँछिन् । जन्मदरमा आएको गिरावटमा धार्मिक सोचमा आएको परिवर्तनले कति प्रभाव पारेको छ भन्ने यकिन गर्न मुश्किल नै हुनेछ । परन्तु, अन्य देशमा जस्तो बसाइसराइँ तथा धार्मिक कारणले मान्छेको आगमनले भारतको जनसंख्यालाई खासै प्रभाव पारेको छैन ।

सन्तान जन्माउने उमेरमा आएको परिवर्तनसँगै जन्मदरमा पनि कमी आएको छ । सबै धार्मिक समुदायमा प्रथम गर्भाधानको उमेर पनि बढ्दो क्रममा छ ।

जनसंख्यामा शिक्षाले पनि पछिल्लो समय त्यतिकै प्रभाव पारेको छ । उच्च शिक्षाको क्रममा महिलाको बिहे गर्ने उमेर बढ्दै गएको छ र यसले पहिलो बच्चा जन्माउने उमेर पनि बढाएको छ । अध्ययनअनुसार आर्थिक अवस्थाले जन्मदरमा प्रत्यक्ष प्रभाव पारेको छ । गरिब घरमा धेरै बच्चा जन्माए काममा सघाउ हुने धारणा छ ।

भारतमा अहिले महिलाले औसतमा आफ्नो जीवनमा २.६ जना बच्चा जन्माउने गरेका छन् । यो अमेरिकाको भन्दा धेरै हो । अमेरिकामा यो दर १.६ छ । तर, भारतमा १९९२ को ३.४ तथा १९५० को ५.९ भन्दा अहिलेको दर धेरै कम हो ।

अन्य देशभन्दा भारतमा रहेको फरक के हो भने कुनै पनि धार्मिक समुदायमा आबद्ध नरहेको जनाउनेको संख्या भारतमा विरलै पाइयो ।

संसारमा हिन्दुमध्ये ९४ प्रतिशतको बसोबास भारतमा छ, जैनमध्येका अधिकको बसोबास पनि भारतमै छ । यसैगरी, ९० प्रतिशतभन्दा बढी शिखको बसोबास भारतमै छ । यी सबै शिखहरू पन्जाबमै छन् । चीनमा कुनै पनि धर्ममा आबद्ध नहुनेको संख्या धेरै छ ।

सन् २०१५ मा २०१० देखि २०५० को चार दशकमा आउने परिवर्तनको अध्ययन रिपोर्ट सार्वजनिक भएको थियो । यो चार दशकमा संसारको जनसंख्या कुन रूपले अघि बढ्ला र धार्मिक समुदायको उपस्थिति कस्तो रहला भन्ने अनुमान गरिएको थियो ।

‘प्यु’ रिसर्च सेन्टरको अनुमानअनुसार सन् २०५० सम्ममा संसारमा क्रिस्चियको संख्या सबैभन्दा धेरै हुनेछ वा क्रिस्चियन र मुस्लिमको संख्या बराबरीकै हाराहारीमा हुनेछ । अहिले फ्रान्स र अमेरिकामा कुनै समुदायमा आबद्ध नहुनेको संख्या बढ्दो क्रममा छ । अन्य देशमा पनि कुनै धार्मिक सम्प्रदायमा आबद्ध नहुनेको संख्या बढ्दै गएर यसले ठूलो हिस्सा ओगट्ने उक्त रिसर्चको निष्कर्ष छ ।

बौद्ध धर्मावलम्बीको संख्या २०५० मा पनि बराबरी नै रहने उक्त सर्वेक्षणमा जनाइएको छ भने हिन्दु र यहुदीमा केही प्रतिशतले वृद्धि हुने प्रक्षेपण छ । युरोपको समग्र जनसंख्यामा १० प्रतिशत मुस्लिमले ओगट्ने प्रक्षेपण छ । सन् २०१० मा तीन चौथाई क्रिस्चियन रहेकोमा २०५० मा क्रिस्चियनको उपस्थिति घटेर दुई तिहाइ हुनेछ ।

अहिले अमेरिकामा क्रिस्चियनपछि सबैभन्दा धेरै संख्या यहुदीको छ । सन् २०५० सम्ममा यो अवस्था रहने छैन । सो समयमा क्रिस्चियन पछि धेरै संख्या मुस्लिमको हुनेछ । संसारको हरेक १० क्रिस्चियनमध्ये चार जनाको बसोबास अफ्रिकाको सबसहारा क्षेत्रमा हुने छ ।

सन् २०१० को तथ्यांकअनुसार संसारमा क्रिस्चियनको संख्या ३१ प्रतिशत र मुस्लिमको २३ प्रतिशत थियो । सन् २०१० देखि २०५० मा जनसंख्या ५० प्रतिशतले वृद्धि हुने अनुमान छ । यस बीचमा क्रिस्चियनको संख्या पनि ३५ प्रतिशतले वृद्धि हुने अनुमान उक्त सर्वेक्षणको छ । मुस्लिमको जनसंख्या ७३ प्रतिशतले वृद्धि हुने अनुमान छ ।

चीन, थाइल्यान्ड र जापान जस्ता देशको कम जन्मदरको कारण बौद्धहरूको जनसंख्या यथावतै रहने अनुमान छ । हिन्दुको संख्या ३४ प्रतिशतले र यहुदीको संख्या १६ प्रतिशतले बढ्ने प्रक्षेपण छ । कुनै पनि धर्ममा आबद्ध नहुनेको संख्या सन् २०१० मा १६ प्रतिशत रहेकोमा २०५० मा यो घटेर १३ प्रतिशत पुग्ने प्रक्षेपण छ । अमेरिकामा भने कुनै सम्प्रदायमा आबद्ध नहुनेको संख्या २६ प्रतिशतले बढ्नेछ ।

‘प्यु’ ले भारतमा नयाँ नीति अवलम्बन गरेर जनसंख्या वृद्धि दर नियन्त्रण गरेको जनाएको छ । सन् १९९० देखि विभिन्न संस्थासँग काम गरेको भारतमा यसको असर देखिन थालेको छ ।

अहिले विविध कारणले भारतको जनसंख्या वृद्धि दर कम भए पनि सबै धार्मिक समुदायमा यो घट्नुले सन्तान उत्पादनलाई धार्मिक प्रसङ्गसँग जोड्ने क्रम भने हट्दै गएको छ ।

प्रतिक्रिया