आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नारायणहिटी दरबारबाट श्रीपेच चोर्न खोज्ने व्यक्ति पक्राउ, को हुन् उनि ?

प्रकाशित
1K
SHARES

काठमाडौ। नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिएको श्रीपेज चार्न खोज्ने एकजनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । शुक्रबार बिहान श्रीपेज निकाल्न खाेज्ने ती व्यक्तिलाई सुरक्षामा खटिएका नेपाली सेनाले पक्राउ गरेको हो।

नारायणहिटी सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले श्रीपेज निकाल्न खोज्ने व्यक्तिलाई निर्यन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए। बिहान अवलोकन गर्ने पुगेका पश्चिम रुकुम मसिकोट ११ का खिमबहादुर घर्तीले सिसा फुटाएर श्रीपेज निकाल्ने प्रयास गरेका थिए । सिसा फुटाउँदा उनको हात समेत काटिएको छ।

नौ महिनापछि खुलेको नारायणहिटी दरबार संग्रहालय दस दिनमा २ हजार ६ सय २२ जनाले अवलोकन गरेका छन् । तीमध्ये सार्क मुलुकका दुई र अन्य मुलुकको एक जना मात्र छन् ।नारायणहिटी दरबार संग्रहालयमा राखिएको तत्कालीन राजाको श्रीपेच ।

त्यसबापत संग्रहालयले प्रवेश शुल्कबाट ४ लाख ३८ हजार रुपैयाँ आम्दानी गरेको संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताए कोभिड–१९ फैलिएयता बन्द रहेको संग्रहालय राजा वीरेन्द्रको निवास श्रीसदनसहित गत साताबाट सार्वजनिक गरिएको हो ।

अहिले दैनिकजसो २ सय ६२ जनाभन्दा बढीले अवलोकन गर्ने गरेका छन्। स्वास्थ्य मापदण्ड अपनाएर आगन्तुकलाई प्रवेश गराइएको छ ।प्रवेश शुल्कबापत प्रतिविद्यार्थी ५० रुपैयाँ, सर्वसाधारणलाई जनही दुई सय, सार्क मुलुक तथा चीनका पर्यटकलाई जनही पाँच सय तथा अन्य मुलुककालाई एक हजार रुपैयाँ लिने गरिएको छ ।

नौ वर्षमुनिका र ज्येष्ठ नागरिकलाई प्रवेश नि:शुल्क रहेको छ। दरबार संग्रहालयको ५२ मध्ये ३२ कक्ष खुला गरिएका छन् । बाँकी कक्ष केही महिनाभित्र खुला गर्ने तयारी भइरहेको तर सरकारबाट कुनै बजेट प्राप्त नहुँदा समस्या परेको कार्यकारी निर्देशक दाहालले बताए ।

केही महिनापछि स्वर्गीय राजा वीरेन्द्रको अध्ययन कक्ष, सैलुन कक्षक, अध्ययन कक्ष र सिनेमा हललगायत सर्वसाधारणका लागि खुला गर्ने तयारीमा छौं,’ धेरै काम बजेटकै कारण रोकिने स्थितिमा रहेको उल्लेख गर्दै दाहालले भने, ‘तर चालु आर्थिक वर्षभित्र नारायणहिटी संग्रहालयको बजेट शून्य छ । सात करोड रुपैयाँ बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयसँग सहमति माग्यौं । अहिलेसम्म प्रक्रिया अघि बढेको छैन ।’

संग्रहालयको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्माण चरणबद्ध अघि बढाएको उनले जनाए । तर, बजेटकै कारण खुला गरिएका नारायणहिटीको छानो जीर्णोद्धार कार्य अधुरो छ । त्यसैगरी भरखरै सार्वजनिक गरिएको श्रीसदनको समेत छानो कमजोर छ । तीन तलाको भवनमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन र अधिराजकुमारी श्रुति बस्दथे ।

लामो कम्पाउन्ड छिचोलेर १२ कोठे यस भवन प्रवेश गर्न सकिन्छ । दक्षिण मोहडाको श्रीनिवासको भुइँतला ढोकाको दायाँबायाँ राजपरिवारका विभिन्न फोटाहरू सजाइएका छन् । पूर्वतर्फ बैठक कक्ष र खानपान गर्ने डायनिङ हल रहेको छ । बायाँतर्फका दुई कक्षमा राजा र रानीको कार्यालय छन् ।

प्रवेश ढोकाबाट सिधै उत्तरभित्तातर्फ भर्‍याङ रहेको छ । बीच तला उक्लिँदै गर्दा राजा महेन्द्र रानीद्वय रत्न र इन्द्रको फोटो देखिन्छ । यो तला राजा र रानीको कक्ष हो । पूर्वतर्फ रानी ऐश्वर्यको ड्रेसिङ तथा शृंगार कोठा, शृंगार पूजा कक्ष छन् भने पश्चिमतर्फ राजा वीरेन्द्रको पोसाक कक्ष, दम्पतीको खोपी छन् ।

माथिल्लो तेस्रो तला पूर्वतर्फ श्रुतिको सुत्ने, पढ्ने, पेन्टिङ गर्ने र झुलिने खुला ठाउँ छ । पश्चिमतर्फ नीराजनको पढ्ने, सुत्ने र व्यायाम कक्ष छन् । राजपरिवारले प्रयोग गरेका एभ्रो विमान र हेलिकप्टर दरबार संग्रहालय परिसर पुर्‍याइएको छ । ‘यसलाई खुल्ला आकाशमुनि राखिएको मात्र छ,’ दाहालले भने, ‘यसलाई व्यवस्थित गर्न र बगैंचाहरूको सौन्दर्यकरण बाँकी नै छ ।’

काठमाडौं महानगरपालिका वडा नं. १ मा रहेको नारायणहिटी दरबार परिसर ७ सय ५४ रोपनी क्षेत्रफलमा फैलिएको छ । परिसर उत्तरतर्फ सेनाको एक पृतना कार्यालय छ । मध्य भागमा महेन्द्र मन्जिल छ । पूर्वतर्फ गणतन्त्र स्मारक र पश्चिमतर्फ परराष्ट्र मन्त्रालयको राहदानी विभाग छ।

नारायणहिटी रेखदेखको बिषयमा प्रहरी सेनाबीच रडाको

नारायणहिटी दरबार संग्रहालय छिर्नासाथै दाहिनेपट्टि नेपाल प्रहरीको एउटा कार्यालय देखिन्छ, महानगरीय प्रहरी नारायणहिटी सुरक्षा गारद गुल्म । जसको नामले नै संग्रहालयको समग्र सुरक्षाको जिम्मा प्रहरीले लिएको बुझाउँछ । प्रहरी गुल्म कार्यालय पार गरनिसक्दै दायाँबायाँ प्रहरीका दुईवटा सुरक्षा सेन्ट्री पोस्ट छन् ।

यही क्षेत्र भएर संग्रहालय प्रवेश गरिन्छ। भित्र छिरेपछि भने नेपाली सेनाका सुरक्षा पोस्ट भेटिन्छन् । पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी राजदरबार छाड्नासाथै यस क्षेत्रको सुरक्षाको जिम्मा कसको हुने भन्नेमा राज्यका दुई प्रमुख सुरक्षा निकाय नेपाली सेना र नेपाल प्रहरीबीच मतभेद देखिएको थियो, जुन अहिलेसम्म सल्टिएको छैन । यद्यपि, खुला रूपमा दुवै निकाय यसबारेमा टिप्पणी गर्न चाहँदैनन् ।

दरबार क्षेत्र सरकारी सम्पत्तिमा परिणत भइसकेकाले त्यसको सुरक्षा राज्यको ‘सिभिलियन’ निकायले लिनुपर्ने प्रहरीको तर्क छ । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाल भन्छन्, “सार्वजनिक सम्पत्ति भएपछि त्यसको सुरक्षा गर्ने जिम्मा स्वतः प्रहरीको हुन्छ । संसारभरिको अभ्यास यही हो ।” तर, सेनाले भने राजा हटे पनि उक्त जग्गा नेपाली सेनाकै भएकाले आफूहरू नारायणहिटीबाट नहट्ने अडान लिएको छ, जसले गर्दा नारायणहिटीको सुरक्षा प्रहरी र सेनाले आ-आफ्नो क्षेत्र छुट्याएर गररिहेका छन् । नारायणहिटीको दक्षिण गेटदेखि पश्चिम गेटसम्मको बाहिरी घेरा प्रहरी सुरक्षामा छ भने राजदरबारको कोर क्षेत्र सेनाको सुरक्षामा चलेको छ ।

संग्रहालय भवनका लागि सेनाका आठवटा सेन्ट्री पोस्ट छन् । त्यसबाहेक संग्रहालयदेखि उत्तरको पूरा भाग सेनाको उपत्यका पृतना र गण बसेको छ । एकै क्षेत्रमा दुई सुरक्षा निकायको उपस्थितिले कमान्डिङ कन्ट्रोलमा समस्या उत्पन्न हुन सक्ने जोखिम रहेको सुरक्षा विश्लेषकहरू बताउँछन् । पूर्वसचिव मोदराज डोटेल भन्छन्, “यस्तो अवस्थामा राम्रो संयोजनको अभाव भयो भने खतरा हुन सक्छ ।” तर, आ-आफ्नो क्षेत्र छुट्याएकाले त्यस्तो समस्या हालसम्म नआएको गुल्मका प्रहरी निरीक्षक कृष्णबहादुर राजभण्डारी बताउँछन् । भन्छन्, “तर, भित्रका कुरा हामीलाई केही पत्तो हुँदैन ।”

राजदरबारको बगैँचासमेत सर्वसाधारणले नियाल्न पाउँदैनन् । यो उद्यान सेनाको तालिम गर्ने क्षेत्र नजिकै रहेकाले मानिसको आवतजावत बढ्दा काममा बाधा हुने भन्दै सेनाले रोकेको हो । “कम्तीमा पनि टाढैबाट औँलाले देखाउन भए पनि दिनु भन्दा पनि सेना चलमलाएन,” संग्रहालय प्रमुख लेखबहादुर कार्कीको कथन छ । कार्कीको भनाइले सेना संग्रहालयप्रति टसमस नहुने अडानमा रहेको बुझिन्छ ।

गणतन्त्र घोषणा भएर नारायणहिटी राजदरबार राज्यको सम्पत्तिमा परण्िात भएको आधा दशक पार गरे पनि यसको सुरक्षाको जिम्मेवारी नेपाल प्रहरीको मातहतमा आउन सकेको छैन । पूर्वी मूल गेटको ताल्चासाँचो लिएर मात्रै प्रहरी बसिरहेको अवस्था छ । एसएसपी खनालका अनुसार सेनालाई सरकारले ठाउँ उपलब्ध गराएर नारायणहिटीको सम्पूर्ण सुरक्षा जिम्मा प्रहरीलाई सुम्पने भद्र सहमति बनेको थियो

। “त्यो भद्र सम्झौता कार्यान्वयन हुने हो भने अहिले नारायणहिटीको सुरक्षा प्रहरीमा आउनुपथ्र्यो,” उनी भन्छन् । खनालले ३० जेठ ०६५ मा सेनाबाट नारायणहिटी दरबारको सुरक्षाको जिम्मेवारी बुझेका थिए ।नेपाल प्रहरीका प्रवक्ता एसएसपी गणेश केसी प्रहरी प्रधान कार्यालयले यसबारेमा कुनै धारणा बनाइनसकेको बताउँछन् । “सरकारले जे निर्णय गर्छ, त्यही कार्यान्वयन हुन्छ,” उनी भन्छन् ।

साँचोको सेरोफेरो: नेपाल गणतन्त्र घोषणा भएपछि ०६५ जेठ अन्तिममा राजा ज्ञानेन्द्र नारायणहिटी दरबारबाट बाहिरिँदा सिंगो मुलुक खुसीमा डुबे पनि देशका प्रमुख दुई सुरक्षा अंग नेपाल प्रहरी र नेपाली सेनाबीच भने दरबारको साँचो कसले राख्ने भन्ने विषयमा मतान्तर थियो । प्रहरी राजाको सम्पत्ति राज्यको भइसकेकाले त्यसको सुरक्षा सिभिल प्रहरीले गर्नुपर्ने लबिङमा थियो भने नेपाली सेना साँचो आफैँ राख्ने दाउमा थियो ।

राजा निस्किएपछि त्यहाँको सम्पत्ति कसले रेखदेख गर्ने भन्नेमा गृह मन्त्रालयको सुरक्षा समितिमा सेना, प्रहरी र सशस्त्र प्रहरीका प्रमुख तथा प्रतिनिधिबीच लामो समय छलफल चलेको थियो । त्यही बेला नेपाल प्रहरीले आफू सिभिल प्रहरी भएकाले सुरक्षाको जिम्मा आफैँले लिने प्रस्ताव गरेको थियो । सशस्त्र प्रहरीले समेत चासो देखाएको थियो ।

तर, प्रहरीले चलाखी गरेर सुरक्षा समितिमा प्रस्ताव लग्नासाथै नारायणहिटीको दक्षिणी मूल गेटमा प्रहरी खटाएको थियो । “त्यतिबेलासम्म सेनालाई राजाको नजिकको विश्वसनीय शक्तिका रूपमा हेरिन्थ्यो । त्यसैले सेनालाई सुरक्षाको जिम्मा दिँदा त्यहाँ सम्पत्ति सुरक्षित नहुन सक्छ भनेर सबैलाई मनाइयो,” समितिको बैठकमा सहभागी एक जना उच्च प्रहरी अधिकारी भन्छन् ।

प्रहरीले संग्रहालयसहित नारायणहिटीभित्र सुरक्षा पोस्ट खडा गर्ने प्रस्ताव गरेको थियो । तर, सेनाले मूल गेटभन्दा दुई सय मिटर भित्रसम्म मात्रै प्रहरीको पहुँच दियो । सुरक्षा समितिका अधिकारीहरूसँग सेनाका सेन्ट्री बसेका ठाउँमा समेत प्रहरी बस्ने मौखिक सहमति भएको थियो । प्रहरी निरीक्षकको कमान्डमा १ सय २६ प्रहरी नारायणहिटी दरबारको बाहिरी परसिरको सुरक्षामा खटिएको छ ।

कोर क्षेत्र भने अझै पनि सेनाकै कब्जामा छ । दक्षिण मूल गेटदेखि पश्चिम राहदानी विभागसम्मको सुरक्षा गुल्मले हेर्ने गरेको छ । “भित्री भागमा हाम्रो उपस्थिति छैन,” प्रहरी निरीक्षक राजभण्डारी भन्छन्, “नामचाहिँ नारायणहिटी सुरक्षा छ, कामचाहिँ राहदानी सुरक्षा भइरहेको छ ।”
सेनाका कारण सकस
नारायणहिटीमा रहेको सेनाको ब्यारेक सुरक्षाको विषयमा मात्रै सीमित छैन । संग्रहालयसँग पनि द्वन्द्व बढेको छ, सेनाको । त्यहीँको ब्यारेकसमेत विस्थापित गर्ने पक्षमा रहेको संग्रहालय सेनाले थप जग्गामा दाबी गरेपछि झनै झस्किएको हो । सिंहदरबारमा रहेको सेनाको घोडचढी पल्टन र ब्यान्ड गुल्मलाई नारायणहिटीमा स्थानान्तरण गर्ने निर्णय भएपछि संग्रहालयको मौलिकता गुम्ने भन्दै संग्रहालय कार्यालयले यसको विरोध गररिहेको छ । सेनाले नारायणहिटीमा थप १ सय ७४ रोपनी जग्गासमेत मागेको छ ।

२ असार ०६५ को मन्त्रिपरिषद् बैठकले नारायणहिटी दरबार क्षेत्रलाई ऐतिहासिक संग्रहालयको रूपमा विकास गर्ने निर्णय त गर्‍यो तर घुम्न जानेहरूले अहिलेसम्म नारायणहिटीका महत्त्वपूर्ण पाटो हेर्न पाउँदैनन् । नारायणहिटीको ६० प्रतिशतभन्दा बढी क्षेत्र नेपाली सेनाले ओगटेको छ । सेनाकै नियन्त्रणका कारण दरबारका कतिपय कुरा आगन्तुकलाई संग्रहालयले देखाउन पाएको छैन ।

साना-ठूला गरी झन्डै आधा दर्जन हेलिकप्टर बस्न सक्ने क्षमताको हेलिप्याड नारायणहिटी घुम्न जाने सर्वसाधारणले हेर्न पाउँदैनन् । त्यो हेलिप्याड सेनाको तालिम गर्ने थलोमा परिणत भएको छ । राजा तथा राजपरिवारको सुरक्षार्थ खटिने सुरक्षाकर्मीलाई तालिम दिने फायरङि रेन्ज पनि सेनाकै अधीनमा छ । “दरबारको सुरक्षा कसरी हुन्थ्यो भन्ने सुरक्षाको मोडालिटी सर्वसाधारणलाई देखाउन मिल्ने गरी मात्रै सेनाको उपस्थिति बनाउनुपर्छ । ब्यारेक नै राख्नु जरुरी छैन,” संग्रहालयका प्रमुख कार्की भन्छन् ।

ठाउँ छाड्नु त टाढाको कुरा भो, सेनाले नयाँ भौतिक संरचनासमेत थपेको छ नारायणहिटीभित्र । आठ-आठ कोठे दुईवटा एकतले भवन निर्माण केहीअघि मात्रै सकिएको छ । ७ ससंग्रहालयलाई व्यवस्थित बनाउन सरकारले गठन गरेको नारायणहिटी संग्रहालय गुरुयोजना तयारी समितिलाई समेत सेनाले ६ महिनासम्म राय-सल्लाह दिएन । ०६९ फागुनमा सरकारले ०७० सालभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरेको थियो

। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बैठकमा समितिले ६ महिनाअघि राय प्रतिक्रिया दिन नारायणहिटी दरबार क्षेत्रको नक्सासहित सेनालाई दिएको थियो । तर पनि सेनाले जवाफ दिन त परै जाओस्, नक्सासमेत गायब बनाइदिएको संग्रहालय प्रमुख कार्की बताउँछन् । सेनाले वास्ता नगरेपछि समितिले सेनाको असहयोगसहितको प्रतिवेदन बुझाउने तयारी गररिहेको छ । “सेनाको व्यवहारले नै समयमै प्रतिवेदन बुझाउन सकिएन,” कार्की थप्छन्, “यी सबै कुरा समेटेर गुरुयोजना बुझाउने तयारीमा छौँ ।

प्रतिक्रिया