आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

महासचिव भुषालले यस्तो घोषणा गरिदिएपछि झस्किए माधव नेपाल, प्रचण्ड ठुलो तनावमा

प्रकाशित
1.6K
SHARES

काठमाडौ। नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव डा. वेदुराम भुषालले गरेको सार्वजनिक घोषणाले सो पार्टीका अध्यक्ष माधव नेपाल समेत झस्किएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको व्यापक दबाबपछि केही नेताहरुलाई लिएर नयाँ पार्टी खोलेका र केही दिनमै माओवादीलगायतसँग एकता गर्ने अध्यक्ष नेपालको रोडम्याप भन्दा बाहिरको अभिव्यक्ती महासचिव भुसालको आएको हो ।

भुसालको घोषणापछि प्रचण्डलाई झन् ठूलो तनाव हुने देखिएको छ । माधव नेपाल लगायतको पार्टीसँग एकता गरेर आगामी चुृुनावमा एक नम्बरको पार्टी बनाउने रणनीति बनाएका प्रचण्डलाई धक्का लाग्ने देखिएको छ ।

महासचिव भुसालले नेकपा एमालेले नीति र विचारको हिसाबले गलत बाटोमा गएपछि आफूहरुले विद्रोह गरेको स्पष्ट पारेका छन् । तर, एमाले नफुटाएको उनको दाबी छ ।हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले एमाले र आफूहरुको पार्टीमा धेरै फरक रहेको सुनाए ।

उनले आफूहरु समाजवादी क्रान्तिको दिशामा अघि बढेको पनि सुनाए । र, यो नै आफूहरुको मूल कार्यदिशा हुने पनि उनले जनाए । उनले एमाले अझैपनि समाजवादतर्फ जान नचाहेको टिप्पणी गरे ।

यसैगरि , शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन विज्ञलाई सरकारमा ल्याउने योजनाअनुरुप कानूनविद अधिवक्ता गोविन्द बन्दीलाई मन्त्री बनाउनेबारे सत्तारुढ गठबन्धनमा छलफल शुरु भएको छ ।

अधिवक्ता गोविन्द बन्दी अन्तरराष्ट्रिय कानुनका जानकार मानिन्छन् । उनी अन्तरराष्ट्रिय समुदायले पनि पत्याएका कानूनविद हुन् । यसअघि ओली सरकारका पालामा उनलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रमुख बनाउने तयारी भए पनि उनलाई जिम्मेवारी दिइएको थिएन ।

मन्त्रिपरिषद् विस्तारको पूर्वसन्ध्यामा वरिष्ठ अधिवक्ता गोविन्द बन्दीले नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट बढाएका छन् । बुधबार मात्रै उनले माधव नेपालसँग दुई पटक भेट गरे ।

नेपाल निकट स्रोतका अनुसार बन्दी नेपाललाई भेट्न बिहानै नेकपा एसको पार्टी कार्यालय पुगेका थिए । त्यस्तै बुधबार साँझ पनि उनले नेपालसँग भेट गरेका छन् ।

मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनको बैठक साढे ५ बजेपछि बोलाइएको थियो । तर, माधव नेपाल दुई दिनदेखि जारी केन्द्रीय कमिटी बैठकलाई साढे चार बजेतिरै स्थगित गराएर निस्किएका थिए । त्यो एक घण्टाको बीचमा नेपाल र बन्दीबीच भेटघाट भएको स्रोतले बतायो ।

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनका लागि भन्दै माधव नेपाल स्वयं उनलाई मन्त्री बनाउन चाहन्छन् । नेकपा एमाले विभाजन हुनुभन्दा अगाडि नै सत्तारुढ गठबन्धनका नेताहरुलाई एकजना कानूनी पृष्ठभूमिका गैरसांसदलाई मन्त्री बनाउन आग्रह गरेका थिए ।

उक्त कुराको जानकारी प्रधानमन्त्री एवम कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारीको अनौपचारिक छलफलमा गराएका थिए। ‘माधवजीले संसद बाहिर रहेका एकजना कानूनविदलाई मन्त्री बनाउनुपर्यो भन्नुभएको छ’ भनेर देउवाले नेताहरुलाई सुनाएका थिए ।

बन्दीलाई यसअघि केपी ओली सरकारका पालामा सत्य निरुपण आयोगको अध्यक्ष बनाउन खोजिएको थियो । तर तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानेका थिएनन् । बन्दीले माओवादी नेताहरुलाई अप्ठेरो पर्ने खालका द्वन्द्वकालीन मुद्दाहरु अदालतमा लगेका कारण प्रचण्डले उनीसँग ‘कम्फरटेबल’ महशुस गरेका थिएनन् ।

तर पछिल्लो समय दुवै संसद विघटनका मुद्दामा बन्दीले ओलीविरुद्ध अदालतभित्र र बाहिर माहौल सिर्जना गरेकाले प्रचण्ड पनि उनीसँग प्रभावित भएका छन् । बन्दीको माधव नेपालसँग पारिवारिक नातासमेत छ । नेपालका सम्धी सोमप्रसाद पाण्डे र गोविन्द बन्दी साँढु दाइ-साँढु भाइ हुन् ।

कुनै समय एमालेमा योगेश भट्टराई र रामकुमारी झाँक्रीलाई धेरैले आइडल नेता मान्थे । योगेश एमाले सचिव भए भने रामकुमारी केन्द्रीय सदस्य थिइन् । दुवै अखिलको अध्यक्ष हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका नेता हुन् ।

तर, पछिल्लो समय एमाले विभाजन भएपछि योगेश र रामकुमारी अलग अलग बाटो लागेका छन् । योगेश एमालेमै बसेका छन् भने रामकुमारी नेकपा एकीकृत समाजवादीमा छिन् ।

एमाले विभाजन भएपछि बनेको एकीकृत समाजवादीको सचिव भएसँगै रामकुमारीको चर्चा फेरि चुलिएको छ । उनलाई महासचिवको दाबेदार मानिँदै आएको थियो । तर, माधवकुमार नेपालले तत्काल बेदुराम भुसाललाई महासचिव बनाएपछि रामकुमारी सचिवमा बसेकी छन् ।

सचिव भएसँगै अब योगेश भट्टराई र रामकुमारीको पदीय हैसियत बराबर भएको छ । योगेश मन्त्री बनिसकेका छन् । रामकुमारी पनि एक दुई दिनभित्रै मन्त्री बन्ने दौडमा छिन् । सम्भवतः रामकुमारीले शिक्षा मन्त्रालयको जिम्मा पाउने चर्चा छ ।

एमालेमा रहँदा केन्द्रीय सदस्यमै खुम्चिएर बस्न बाध्य रामकुमारी अब पदाधिकारी हैसियतमा पुगेकी छन् । यदि भविष्यमा एमाले र एकीकृत समाजवादीबीच एकता भएमा रामकुमारीको बढुवा हुने निश्चित छ । साथै, मन्त्रीको पोर्टफोलियो पनि उनको बढ्ने छ ।

 

प्रतिक्रिया