आज : गते

ताजा शिर्षकहरु

अफगानिस्तानबाट विमानसहित भागेका १४३ जना एयरफोर्स पाइलट ताजिकिस्तानमा बन्धक

प्रकाशित
684
SHARES

काठमाडौ। अफगानिस्तानमा तालिबानले आफ्नो नियन्त्रण बढाइरहेका बेला ठूलो संख्यामा अफगानी सेनाका जवान त्यहाँबाट भाग्ने प्रयास गरिरहेका थिए । अफगानिस्तान एयरफोर्सका करिब १४३ जना पाइलट यस क्रममा आ–आफ्नो जहाज लिएर देश छोडेर भागेका थिए ।

तर, ती सबै पाइलटहरु अहिले ताजिकिस्तानको पहाडी क्षेत्रमा गएर फसेका छन् । अहिले उनीहरुले आफूहरुलाई सुरक्षित ठाउँसम्म पुग्ने व्यवस्था गरिदिन अमेरिकासँग सहयोग मागेका छन् ।

यो समूहमा कैयौं यस्ता पाइलटहरु छन् जसलाई अमेरिकाले प्रशिक्षण दिएको थियो । यिनैमध्ये एक पाइलटले ताजिकिस्तानको पहाडी क्षेत्रबाट समाचार एजेन्सी रोयटर्ससँग सम्पर्क गरेका छन् । ताजिकिस्तानको राजधानी दुशान्बेबाट केही दूरीमा यी सबै पाइलटलाई बन्दी बनाएर राखिएको छ । यी पाइलटहरु १६ वटा एयरक्राफ्टबाट यहाँ पुगेका थिए ।

तर त्यहाँ पुगेपछि उनीहरुको फोन जफत गरियो । पहिले उनीहरुलाई एउटा विश्वविद्यालयमा राखियो त्यसपछि अर्कै ठाउँमा लगियो । एक महिनादेखि यी सबै यसैगरी डराएर बसिरहेका छन् ।

सबैले अमेरिकासँग आफूहरुलाई पनि अन्य अफगान सैनिकलाई जस्तै अमेरिकाको भिसा दिन र त्यहाँबाट बाहिर निकाल्न अमेरिकासँग आग्रह गरेका छन् । यी पाइलटहरुका अनुसार उनीहरुले ताजिकिस्तान सरकारसँग त्यहाँबाट बाहिर जाने विषयमा कुरा गर्दा हरेक पटक उनीहरुलाई प्रतिक्षा गर्न मात्र भनिन्छ ।

यो ठूलो समूहबाहेक केही यस्ता पाइलट पनि छन् जो ताजिकिस्तानको राजधानी दुशान्बेमा सरकारी भवनमा बसिरहेका छन् । कुनै पनि पाइलटलाई यो थाहा छैन कि उनीहरुलाई अलग किन राखिएको छ ।

१५ अगष्टमा तालिबानले काबुलमा नियन्त्रण गरेपछि यहाँबाट ठूलो संख्यामा अफगान सेनाका सदस्य भागेका थिए । तालिबानको सरकारले अन्य देशहरुसँग त्यहाँ गएका अफगानिस्तानका लडाकु विमानहरु फिर्ता मागेको छ ।

खाटसहित दम्पत्ति अपहरण प्रकरणः चार शंकास्पद पक्राउ, अपहरितको अवस्था अज्ञात

गुन १० मा मोहत्तरीको पिपरा गाउँपालिका ५ का मुसाफिर झा र उनकी पत्नी गितादेवी झा सुतेको खाटसहित बेपत्ता भए। प्रहरीले उनीहरुको अपहरण भएको हुन सक्ने अनुमानमा खोजी कार्य शुरु गर्यो। तर, घटनाको करिब एक महिना बितिसक्दा पनि उनीहरुको अवस्थाबारे प्रहरीले कुनै संकेतसम्म पाउन सकेको छैन।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)समेतको अगुवाईमा घटनाको अनुसन्धान भइरहेको छ। यहीबीचमा प्रहरीले महत्वपूर्ण सफलता हाहत पारेको छ। सो घटनामा संलग्न रहेको आरोपमा ४ जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको छ।

मोहत्तरी प्रहरी प्रमुख एसपी दिनेश आचार्यका अनुसार महोत्तरीको पिपरा गाउँपालिका ५ का ५२ वर्षीय रामबाबु यादव, उनका छोराद्वय २६ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीय राजेन्द्र यादव तथा भारत विहारको मधुवनी घर भइ महोत्तरीकै बनौलीमा बस्दै आएका हरेन्द्र ठाकुरलाई सार्वजनिक गरेको छ।

एसपी आचार्यले डिसी नेपालसँग भने, ‘घटनाका मुख्य योजनाकार ठाकुर रहेको हाम्रो अनुसन्धानको निष्कर्ष छ।’ उनले जग्गा किचलो प्रकरणमा यो अपराधिक घटना भएको प्रहरी निष्कर्षमा पुगेको बताए। तर, आइतबार सार्वजनिक गरिएका चारै आरोपीले आरोप भने अस्वीकार गरेका छन्।

एसपी आचार्यले भने, ‘उनीहरुले आरोप स्वीकार गरेको अवस्था छैन। तर, हामीले फेला पारेको प्रमाणले उनीहरुलाई घटनामा संलग्न रहेको पुष्टि हुन्छ। पोलीग्राफ परीक्षणमा पनि चारै जनाको रिपोर्ट नेगेटिभ आएको छ।’

आरोपीहरु पक्राउ परे पनि अपहरित झा दम्पत्तिबारे भने कुनै जानकारी नभएको उनले जानकारी दिए। प्रहरी उनीहरुको खोजीका केन्द्रित रहेको उनको भनाइ छ। घटनास्थलमा रगतसमेत देखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ