आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

जबजको फूइँहाक्ने माधवकुमार नेपाललाई किन गन्हाउन थाल्यो जबज ?

प्रकाशित
710
SHARES

काठमाडौँ। पत्रकार सितको  एक अन्तर्वार्तामा तत्कालीन एमालेका नेता माधवकुमार नेपालले कोटेश्वर स्थित आफ्नै निवासमा गौरवका साथ भनेका थिए, ‘जबजको पहिलो हकदार मदन भण्डारी हुन् भने दोस्रो हकदार म हुँ ।’ मदन भण्डारीको हत्यापछि लगतै लामो समय एमालेको नेतृत्वमा रहेका माधव कुमार नेपालले जनताको बहुदलीय जनवादमा आफ्नो हक जताउनु स्वभाविक थियो।

तर उक्त अन्तर्वार्ता दिएको एकवर्ष पुरा नहुँदै समय परिस्थितिले माधव कुमार नेपाल यस्तो स्थानमा पुगेका छन् की जबजलाई फुटेको आँखाले समेत हेर्न चाहँदैनन् । नेपालले तयार गरी नेकपा (एकीकृत समाजवादी) पार्टीको अध्यक्षको हैसियतले पेश गरेको लामो प्रतिवेदनमा कहीँ कतै जबजको उच्चारण गरेनन् । उनले प्रस्तुत गरेको प्रतिवेदनमा केन्द्रीय कमिटीमा हिम्मत गरेर केही नेताहरुले जबजको कुरा उठाएका छन् ।

नेपालले आफ्ना कार्यकर्ताहरुलाई थुम्थुमाउनका लागि जवजलाई थप विकसित गर्दै लैजाने भनेर मिलाए । जवजलाई थप विकसित गर्दै लाने भनेको नै बैज्ञानिक समाजवाद हो भनेर मौखिक रुपमा भन्न त सकेनन् । तर उनको प्रतिवेदनमा बैज्ञानिक समाजवादलाई गौरबका साथ उठाएका छन् ।

यो घटनाले जनताको बहुदलीय जनवादलाई मिल्काएर बैज्ञानिक समाजवाद तर्फ फड्को मार्न लागेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपाललाई पहिलो गासमै ढुङ्गा परेजस्तै भएको छ । नेपालले केन्द्रीय कमिटिमा पेश गरेका लामो प्रतिवेदनमा जवजको गन्ध नै थिएन । जवजको गन्ध नपाएपछि केन्द्रीय कमिटीका केही नेताहरुले माधव नेपालको प्रतिवेदनको राजनीतिक सिद्धान्तमा प्रश्न उठाउनु स्वभाविक हो । धेरैले जवजलाई अहिले पनि पच्छाउन आवश्यक छ कि भनेर अध्यक्ष नेपाललाई सम्झना गराए ।

नेपालले आफ्ना कार्यकर्ताहरुलाई थुम्थुमाउनका लागि जवजलाई थप विकसित गर्दै लैजाने भनेर मिलाए । जवजलाई थप विकसित गर्दै लाने भनेको नै बैज्ञानिक समाजवाद हो भनेर मौखिक रुपमा भन्न त सकेनन् । तर उनको प्रतिवेदनमा बैज्ञानिक समाजवादलाई गौरवका साथ उठाएका छन् ।

जवजलाई अंगालेर हिडिरहेका जगन्नाथ खतिवडा लगायतका नेतालाई केपी ओली र माधव कुमार नेपालको व्यक्तित्वको टकरावले सिद्धान्तमा घृष्णा गर्न नहुने सन्देश दिए । जुन कम्यूनिष्टहरुको लागि मियो पनि हो । कम्युनिष्टहरुलाई नेपालमा विदेशी सिद्धान्तमा लाग्ने भन्ने आरोप लाग्ने गरेको थियो । जसलाई मदन भण्डारीले एउटा सिद्धान्त बनाएर कम्युनिष्टहरु पनि आफ्नै माटोमा सिद्धान्त बनाउन सक्दछन् भन्ने सन्देश दिए । त्यही सिद्धान्त दिएकाले पनि उनको हत्या भएको भन्ने बहस अझै सेलाएको छैन ।

नेकपा एकीकृत समाजवादी भित्र व्यक्तिगत रिसिइवीका कारणलाई मात्र जोड दिने चरित्रका नेताहरु मात्र गएका रहेनछन्, यसमा जबजलाई गाइडलाईनमा राखेर अघि बढ्नेहरुको जमात पनि रहेछ भन्ने कुरा यसको केन्द्रिय कमिटीमा भएको जबजको छलफलले प्रमाणित गरेको छ ।
नेपालले प्रस्तुत गरेको प्रतिवेदनको वैचारिक पाटोमा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्नु आजको आवश्यकता हो भनिएको छ । तर प्रा.डा. सुरेन्द्र केसीले नेपालको कम्युनिष्टहरुको बारेमा गरेको विद्यावारिधीको निष्कर्षमा नै नेपालमा सक्कली कम्युनिष्ट छैनन् भन्ने आएको केसीले सार्वजनिक रुपमा बताएका छन् ।

त्यसैले माधवकुमार नेपाल आफू लामो समय पार्टीको महासचिब र अध्यक्ष हुँदा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गरेत रु भन्ने प्रश्न गर्नु स्वभाविक हुन्छ । तर नेपाले अगाडी उल्लेख गरेका छन्, ‘आज नेपाली कम्युनिष्ट आन्दोलनमा जुन गलत विचार र विकृति विसङ्गति फैलिएको छ त्यसलाई परास्त नगरी कम्युनिष्ट आन्दोलनको रक्षा हुन सत्तैन ।’ कम्तिमा उनले कम्युनिष्टमा विकिृति आएको स्वीकार गर्नु भएको छ । तर धेरै समय कम्युनिष्टको नामले नेपालमा हालीमुहाली गर्ने व्यक्ति को भन्दा माधव कुमार नेपाल भन्ने गरिन्छ । त्यसो भए आफूले कम्युनिष्टलाई गलत विचार र विकृति पसाउन सहयोगी भूमिका निर्वाह गरें, मलाई माफ गर्नुस भन्न सक्छन् रु अहँ आफ्नो गल्ती स्वीकार गर्ने पक्षमा नेपाल छैनन् ।

नेपालले आफ्नो प्रतिवेदनमा ‘यतिबेलाको हाम्रो वैचारिक कार्यभार व्यापक रूपमा राजनीतिक तथा सैद्धान्तिक अध्ययन र प्रशिक्षण सञ्चालन गर्नु हो ।’ भनेका छन् । उनले थपेका छन्,‘ त्यसका निम्ति पार्टीका दस्तावेजहरूको साथै विभिन्न प्रकारका अध्ययन सामग्री तयार गर्ने, नियमित रूपमा पार्टी स्कूल सञ्चालन गर्ने, पार्टीले अगाडि सार्ने नीतिगत विषयका दस्तावेजहरूउपर विभिन्न ढङ्गले छलफल चलाउने, विभिन्न प्रकारका अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गर्ने र सहभागीहरूबाट सुझाव लिने आदि कार्य गरिने छ ।

तर अब कुन कम्युनिष्ट सिद्धान्तको लागि गोष्ठी र बहस गर्दछौं । के जबज गलत रहेछ भन्ने प्रमाणित गर्नका लागि हो या माओवादीलाई नौलो जनवादबाट बैज्ञानिक समाजवादमा झारेका छौ अब हामी जबजबाट माथी उक्लिएर बैज्ञानिक समाजवादमा जाऔ र कालन्तरमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी एक आपसमा विलय हौं भन्ने गरी अघि बढ्न खोजेको देखिन्छ । तर यसो गरियो भने माओवादी केन्द्रमा रहेका जनमोर्चाको टीम विच्किने देखिन्छ भने यता जबजलाई काखी च्याप्ने जमातहरु माधवकुमार नेपालसंगै विच्किने देखिन्छ ।

माधव नेपाल आफै सिद्धान्त बनाउने हैसियतमा रहेनछन् भन्ने त उनले पेश गरेको प्रतिवेदनमा विदेशी सिद्धान्तको कपिपेष्टबाट चाल पाइएको छ । माक्र्सवाद, लेलिनवादलाई अहिलेपनि नेपालको माटो सुहाउँछ भनेर गौरब गर्नु सिद्धान्तमा खडेरी लागेको हो भन्ने सिवाय केही देखिदैन ।
नेपालको माटो सुहाउँदो सिद्धान्त न त माक्र्सवाद हो न त लेनिनबाद हो । न त माओवाद नै हो । नेपालमा अझैपनि आफूलाई कम्युनिष्ट हुँ भन्नेहरुले नेपाल सुहाउँदो सिद्धान्त नबनाउनु भनेको यहाँका गरिब, किसानलाई ढाँडेर कम्युनिष्टको नाममा भोट हसुर्ने र सत्तामा गएर भ्रष्टचारी बन्ने नै अन्तिम लक्ष्य हो कि भन्ने आशंका आम नागरिकले गर्न थालेका छन् ।

सिद्धान्तको व्याख्या गर्दै जाँदा नेपालले प्रतिवेदनमा लेखेका छन्, ‘ केपी ओली गुटले फैलाएका भ्रमलाई चिर्ने र त्यस गुटले गरेका राष्ट्रविरोधी, जनविरोधी र लोकतन्त्र विरोधी क्रियाकलापहरूको भण्डाफोर गर्ने अर्को एक महत्वपूर्ण वैचारिक कार्यभार हुनेछ। ’ उनको यो वाक्यले एकीकृत समाजवादी पार्टी त केपी   ओलीको विरोध गर्नका लागि पो खोलिएको रहेछ भन्ने देखियो । सिंगो पार्टीलाई कुनै अर्को पार्टी वा भनौ आफ्नै माऊपार्टीको अध्यक्षलाई गाली गर्न उनलाई सत्तोसराप गर्नका लागि खोलिएको हो भने यो पार्टी नभई रिसाहाहरुको झुण्ड हुन जान्छ ।
हुन त दैनिक १ हजार ४ सयमा एक छाक खाना खाने र एक रातको ६ हजार रुपैयाँ बास खर्च तिरेर चन्द्रागिरी हीलमा बसेर नेपालले कोरेको समाजवादको खाकालाई कुन रुपमा हेर्ने भन्ने प्रश्न पनि उठेकै हो ।

अर्को तर्फ उनको प्रतिवेदन एनजीओको प्रतिवेदन जस्तै देखिएको भन्ने पनि सकिन्छ । किनकी नेपालले प्रतिवेदनमा समाजमा व्याप्त अन्धविश्वास र कुरीतिलाई हटाउन सामाजिक सचेतना अभियान सञ्चालन गरिने उल्लेख गरेका छन् । उनले जातीय विभेद, छुवाछुतजन्य व्यवहार, महिला हिंसाजस्ता कुकृत्यका विरुद्ध जनचेतना अभिवृद्धि गर्ने कार्यमा पार्टीले अगुवाइ गर्ने बताएका छन् भने सन्देशमूलक नाटक, गीत, कविताजस्ता साहित्यको माध्यमबाट पनि अन्धविश्वास, कुरीति र विकृति विसङ्गतिका विरुद्ध अभियान चलाउने भनेपछि यो एनजीओले गर्ने गतिविधि भएन र ? यस्तो एनजीओ पार्टी पनि राजनीतिक पार्टी हो त ?

त्यसैगरी नेपालको प्रतिवेदनमा राजनीतिक रुपमा के गर्ने भन्ने सवालमा पनि केही भनाईहरु राखिएको छ । जसमा भनिएको छ, नेपाली जनताको कष्टसाध्य सङ्घर्षद्वारा स्थापित लोकतन्त्रको रक्षा गर्नु र यसलाई विकसित गर्दै समाजवादको दिशामा अगाडि बढाउनु यतिबेलाको हाम्रो मुख्य राजनीतिक कार्यभार हो रे । आफूसत्तामा छँदा यी कुरा कहाँ हराए नि रु अझ नेपालले त्यसका निम्ति नेपाली जनताले आफ्ना प्रतिनिधिहरू मार्फत आफै  बनाएको संविधानको रक्षा र पूर्ण कार्यान्वयन हुनुपर्दछ भनेका छन्।

उनले हामी त्यस कार्यमा पूर्ण निष्ठाकका साथ प्रयत्शील रहने छौं भनेका छन् । भनेपछि उनले गरेको राजनीतिक प्रस्तावमा अहिलेको संविधानलाई संरक्षण गर्ने पूर्ण कार्यान्वयन गर्ने भन्ने नै छ। उता प्रचण्डले यो संविधानको शासकीय स्वरुपमा परिवर्तन गर्नका लागि सडकमा आउन तयार छु भनिरहेको बेला माधव नेपाल भने दक्षिणपन्थी विचारमै सिमित भएको देखिन्छ।

यो संविधानको कार्यान्वयनको मोडल त अब दक्षिणपन्थी धार भइसक्यो । प्रगतीशील हुनका लागि त शासकीय स्वरुमा परिवर्तन गर्ने कुरा आउनु पर्ने हो । चाहे कार्यकारी राष्ट्रपति वा सामाजिक राजा सहितको कार्यकारी प्रधानमन्त्रीको निर्वाचन प्रणाली मध्ये एकमा जानु पर्ने हो । संसदीय व्यवस्था मै रहने र बैज्ञानिक समाजवादको कुरा गर्ने ? दुबै कुरा एउटै प्रतिवेदनमा आउनु भनेको माधव कुमार नेपालले सैद्धान्तिक जानकार भएर पार्टी फुटाएका रहेनछन् रु यिनी त केपी ओलीको सेखी झार्न कै लागि पार्टी फुटाउन अग्रसर भएका रहेछन् भन्ने प्रमाणित भएन र ?

नेपालले दक्षिणपन्थी वा यथास्थितिबादी कित्तामै बस्ने की प्रगतीशील भएर अगाडी बढ्ने भन्ने कुरालाई प्रतिवेदनमा ठोकेर भन्न सकेका छैनन् । यो प्रतिवेदन उनले हतारमा कपिपेस्ट गरेर वा आफुले खोलेको नयाँ पार्टीमा नयाँ विचार दिन सक्ने मानिसको अभाव भएर फितलो प्रतिवेदन ल्याएका हुन भने के नै प्रतिकृया दिनु र रु होइन भने कहिलेकाँही ‘म नेता हुँ नेता’ भनेर कुर्लिए अनुसार प्रतिवेदनको लेखाईले यिनी ‘यिनी नेता होइनन् रहेछन्, कसैले नेता बनाइदिएका रहेछन्’ भन्ने देखिन्छ।

उनको प्रतिवेदनलाई अगाडी पढ्दै जाँदा लाग्छ जोश हुँदा देखेनन् बुढेसकालमा सबै देख्दा रहेछन्। माधव कुमार नेपाल जतिखेर सत्ता र शक्तिमा थिए त्यति खेर नदेखेका कुराहरु अहिले देख्न थालेछन्। उनले प्रतिवेदनमा भनेका छन्, ‘राजनीतिमा व्याप्त भ्रष्टता, नातावाद, कृपावाद, दलाली, राजनीतिक पदहरूको खरिद बिक्री आदि कारणले आम रूपमा राजनीति प्रति वितृष्णा र विकर्षण फैलिएको छ।’ उनले भनेका छन्,‘ यो वितृष्णा र विकर्षणलाई हटाएर राजनीतिलाई शुद्ध पार्नका निम्ति भ्रष्टाचार, कुशासन, दलाली, कमिशनतन्त्र, नातावाद, कृपावाद आदि गलत कार्यका विरुद्ध राजनीतिक जागरण अभियान सञ्चालन गर्नु आवश्यक छ।

के यो सबै कर्म यिनले आफू एमालेको नेतृत्वमा हुँदा गरेनन् रु नतावाद कृपावादमा नेपाल चुर्लुम्म डुवेका होइनन् र ? अझ यितलाई सेचत यूवा फेरी चाहियो रे । प्रतिवेदनमा लेखेका छन्, ‘ देशको सचेत युवा पंक्तिलाई संलग्न गराएर राजनीतिक सचेतना र शुद्धिकरण अभियान सञ्चालन गरिने छ। अझ थपेर लेखेका छन्,‘ युवाहरूलाई पार्टीका विभिन्न तहमा जिम्मेवारी दिएर युवा नेतृत्व विकास गर्ने र राजनीतिमा युवाहरूको सकृय सहभागिता मार्फत राजनीतिक शुद्धिकरण अभियान सञ्चालन गरिने छ। फेरी यूवालाई राजनीतिमा होम्मिन लगाएर बेरोजगार बनाएर खाँडी मुलुक पठाउने र मानव तस्कर गर्नेहरुसंग कमिशन लिएर चुनाव लड्ने त होला ?

यूवाको व्यापार गर्न लाज लाग्नु पर्ने बेलामा फेरी त्यही यूवालाई राजनीतिक क्रियाकलापमा होम्मिन आह्वान गर्ने ? यूवाले त राजनीतिक होलिडे बनाएर आफ्नो व्यक्तित्व विकासमा लाग्नु पर्ने दिन आएको छ। सीप सिकेर स्वरोजगार हुने, उद्यमशील हुने दिन आएको छ । नेपाल भने फेरी पनि यूवालाई बेरोजगार नै बस, सडकमा ढङ्गा हान, रेलिङ् तोड् देशलाई अस्तव्यस्त बनाऊ र मलाई प्रधानमन्त्री बनाऊ भन्ने लाइनमै उनको प्रतिवेदन छ ।

दुई स्थानमा हारेका नेपाललाई देशको उन्नती गर्नकै लागि प्रधानमन्त्री बनाइएको थियो होला तर अहिले पनि उनी प्रतिवेदनमा लेख्छन्, ‘राजनीतिक क्षेत्रमा आएको परिवर्तन अनुरूप आर्थिक सामाजिक क्षेत्रमा परिवर्तन नहुँदा व्यवस्था बदलिए पनि देश बदलिएन भन्ने भान परेको छ ।’ अझ थप्छन्, ‘ यसको संवोधनका निम्ति आर्थिक सामाजिक रूपान्तरणका अभियान सञ्चालन गर्नु आवश्यक छ। त्यस अभियानको अगुवाइ हामीले गर्नुपर्दछ, गर्नेछौं।’ तिमीले र तिमीजस्तै देशमाराहरुले अगुवाई गरेर त अहिले देशको हालत यस्तो भएको छ । अझै अगुवाई गर्दछु भन्न कुन नैतिकताले दियो ?

नेपालको प्रतिवेदनमा कम्युनिष्ट पार्टीको इतिहास पनि छ । अरु धेरैलाई गद्दारको कित्तामा राखेर आफूमात्र चोखो भन्ने आशय प्रतिवेदनमा छ । तर आम नागरिकहरुले भन्ने गरेका छन् ‘माधव कुमार नेपालको आँखामा केपी ओली गद्दार, केपी ओलीको आँखामा माधवकुमार नेपाल गद्दार, तर आम नागरिकको आँखामा यी दुबै गद्दार

उनले प्रतिवेदनमा लेखेका छन्, देशभित्र रोजगारीका अवसर नहुदा ठूलो सङ्ख्यामा मुलुकको विज्ञ युवा शक्ति विदेश पलायन भैरहेको छ। मुलुकको युवा शक्तिलाई देशभित्रै रहेर विकास अभियानमा सरिक हुने वातावरण सिर्जना गर्नु आवश्यक छ।’ यस्तो प्रतिवेदन र भाषण गर्न थालेको तिम्रो त ४० बर्ष नाध्यो होला रु फेरी पनि यही पुरानो कुरा लेखेर बोलेर अझ नागरिकले पत्याउँछन् भनेको होला रु अब तिमीले देश र नागरिकका लागि होइन आफू र आफ्नाका लागि गरिरहेका छौ । धेरै गफ दिनु भन्दा आफ्नौ गल्ती महसुश गर र नयाँ सत्ता, नयाँ नेतृत्व अगाडी बढाऊ । आफू असफल नेता भएको चाल पाएका छौं तर बुझ पचाइरहेका छौं ।

उनले प्रतिवेदनमा धेरैभन्दा धेरै रोजगारीका अवसर सिर्जना गरेर मात्र त्यो आवश्यकता पूरागर्न सकिने छ भनेका छन् । रोजगारीका अवसर सिर्जना गर्न मुलुकमा ठूलठूला परियोजनाहरू सञ्चालन गर्नु आवश्यक ठानेका छन् । स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग धन्दाको स्थापना र कृषिको आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरण गर्नका निम्ति अभियान चलाइने बाचा गरेका छन् । त्यतिमात्र होइन, कृषि उत्पादनको बिक्रीको प्रत्याभूति गरिने र यसका लागि आवश्यक योजना बनाइने भनेका छन् । व्यापक रूपमा सहकारी अभियान चलाइने र स्वरोजगार सिर्जनाका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने बताएका छन्।

अझ चिल्लो कुरा थपेर यसो भनेका छन्, ‘ प्रबासमा रहेका नेपालीहरूको ज्ञान, सीप, अनुभव र पूँजीलाई राष्ट्रिय विकासको अभियानमा परिचालन गरिने छ। पार्टीले त्यस्ता अभियानको राजनीतिक नेतृत्व गर्नेछ। ’ हरेराम के सम्म लेख्न सकेका रु उनले थप भनेका छन्, ‘स्वयम् युवाहरूलाई सम्लग्न गराएर त्यस प्रकारका अभियान सञ्चालन गरिने छ। जलवायु परिवर्तन, जैविक असन्तुलन तथा वातावरणीय प्रदुषणका विरुद्ध जनचेतना अभिवृद्धि अभियान चलाइने छ।’

नेपालको प्रतिवेदनमा कम्युनिष्ट पार्टीको इतिहास पनि छ। अरु धेरैलाई गद्दारको कित्तामा राखेर आफूमात्र चोखो भन्ने आशय प्रतिवेदनमा छ। तर आम नागरिकहरुले भन्ने गरेका छन् ‘माधव कुमार नेपालको आँखामा केपी ओली गद्दार, केपी ओलीको आँखामा माधवकुमार नेपाल गद्दार, तर आम नागरिकको आँखामा यी दुबै गद्दार ।’ त्यसैले यो भन्न सकिन्छ जबजको स्वामित्व हत्याउन नसकेपछि नेपाललाई जबज नै गन्हाउन थालेको हो।

श्रोत: डिसी नेपाल।

प्रतिक्रिया