एजेन्सी। चिनियाँ र भारतीय सैनिकबीच भएको भिडन्तको नयाँ भिडियो सार्वजनिक भएको छ । यो भिडियोमा दुवै देशका सैनिक सीमामा हातपात गरिरहेका देखिएका छन् । भिडियो चिनियाँ मिडिया साउथ चाइना मर्निङ पोस्टले सार्वजनिक गरेको हो । यो भिडियो कहिलेको हो भन्ने आधिकारिक खुलासा भएको छैन तर यो मे महिनाभन्दा अगाडिको भएको मानिएको छ ।
किनकि यहाँ जति सैनिक देखिएका छन् त्यो संख्यामा सैनिक मे महिनाभन्दा अगाडि थिए । त्यसपछि दुवै देशले यहाँ सैनिक संख्या बढाएका छन् ।एससीएमपीका अनुसार यो भिडियो गलवान घाटी क्षेत्रको हो। झडपको भिडियोमा गलवान नदी स्पष्ट रुपमा देखिएको छ । भारत र चीनका सैनिक हात, खुट्टा र डण्डाले भिडेका देखिएका छन् ।
दुवै देशबीच भएको सहमति अनुसार यस क्षेत्रमा दुवै पक्षका सैनिकले हतियार प्रयोग गर्दैनन् । भिडियोमा केही सैनिकको हातमा राइफल पनि देखिन्छ तर उनहिरुले त्यसको प्रयोग गरेका छैनन् । चीनको सैनिक स्रोतले यो भिडियो केही महिना पुरानो भएको जनाएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भारतीय सैनिकले सीमा नाघेर ‘चिनियाँ सैनिकलाई आक्रमण गरेर दुई पक्षका सीमा सुरक्षा बलबीच गम्भीर शारीरिक सङ्घर्ष भएको’ बताएको समाचारमा जनाइएको छ।
बेइजिङले आफ्नो पक्षमा भएको क्षतिको पुष्टि गरेको छैन। तर भारतीय सेनाले चिनियाँ सैनिकहरू पनि हताहत भएको दाबी गरेको छ।भारतीय पक्षले यो घटनामा गोली नचलेको दाबी गरेको छ। केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको भारतीय पक्षको भनाइ छ। चीनको ग्लोबल टाइम्स पत्रिकाका अनुसार चिनियाँ विदेशमन्त्रालयले विद्यमान विवादलाई वार्ताबाट समाधान गरिने र त्यसका लागि दुवै देश तयार भएको जनाएको छ।
भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ।तर धेरैपछि सैनिकको मृत्यु हुनेगरी सङ्घर्ष भएको हो। दुई देशबीच सन् १९६२ मा युद्ध भएको थियो। त्यसमा भारत नराम्ररी पराजित भएको थियो।
चीनले आफ्नो ३८,००० वर्ग किलोमिटर क्षेत्र ओगटेको भारतको आरोप छ। त्यसका लागि हजारौँ चिनियाँ सैनिक आएको उसको दाबी छ।सीमाबारे दुई पक्षले तीन दशकमा पटकपटक वार्ता गरेका भए पनि कुनै समाधान फेला पारेका छैनन्। गत मे महिनामा दुई देशका सेनाबीच सिक्किमको सीमामा हात हालाहाल भएको थियो।
A new video has emerged which appears to show Chinese and Indian troops using fists and sticks in a battle along their disputed border pic.twitter.com/8Mbz7VQDiY
— South China Morning Post (@SCMPNews) September 10, 2020
प्रतिक्रिया