आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

टिकटक भिडियोले जेलको बास, साढे २२ लाख जरिवाना

प्रकाशित
797
SHARES

काठमाडौ। एक हाइप्रोफाइल बेली डान्सरले सामाजिक संजालमा अनैतिक र उत्तेजक भिडियो पोस्ट गरेको अभियोगमा ३ वर्ष जेल र साढे २२ लाख रुपैयाँ जरिवानाको सजाय पाएकी छिन् । मिश्रकी बेली डान्सर सामा एल मेसीलाई यहाँको अदालतले शनिबार ३ वर्ष जेल र ३ लाख इजिप्सियन पाउण्ड जरिवानाको सजाय सुनाएको अल जजीराले जनाएको छ ।

उनी गएको अप्रिलमा पक्राउ परेकी थिइन् । कायरोको एक अदालतले शनिबार फैसला सुनाउँदै उनीमाथि मानिसहरुसँग दुर्व्यवहार र अनैतिकताको लागि उक्साएको आरोपमा सजाय तोकेको हो । उनी अप्रिलमा सामाजिक संजालमा पोस्ट गरिएका भिडियो र तस्वीरहरुको जाँचको क्रममा पक्राउ परेकी थिइन् ।

उनले आफ्ना भिडियोहरु लोकप्रिय भिडियो शेयरिङ प्लेटफर्म टिकटकमा शेयर गरेकी थिइन् । यी भिडियोमा उनले सार्वजनिक रुपमा मानिसहरुको उत्तेजना बढाउने काम गरेको आरोप लगाइएको थियो ।

४२ वर्षकी यी बेली डान्सरले भने आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आफूलाई निर्दोष बताएकी थिइन् । उनले आफ्नो फोनबाट ती भिडियो चोरी गरिएको र उनको सहमतिबिना सामाजिक संजालमा शेयर गरिएको बताएकी थिइन् ।

कायरोको अदालतले शनिबार फैसला सुनाउँदै उनले अनैतिकता फैलाउने उद्देश्यले सामाजिक संजालमा ती भिडियो शेयर गरेको बताएको छ ।अदालतले उनले मिश्रमा परिवारको सिद्धान्त र मूल्य मान्यताको उल्लंघन गरेको ठहर गरेको छ ।

अदालतको यो फैसलाको विषयमा त्यहाँको संसदका एक सदस्य जोन तलाटले भने ‘स्वतन्त्रता र भ्रामकतामा ठूलो अन्तर छ । एल मेसी र अन्य महिलाहरु सामाजिक संजालमा भिडियो पोस्ट गरेर पारिवारिक मूल्यहरुलाई बर्बाद गरिरहेका थिए जो संविधानको विरुद्ध छ ।’

यसै गरि: साउथ अभिनेता थालापती विजयले आफ्नै आमाबुवा विरुद्ध अदालतमा मुद्दा हालेका छन्।

तमिल अभिनेता थालापती विजयले आफ्ना पिता एसए चन्द्रशेखर र आमा शोभासहित ११ जनाविरुद्ध सिभिल केस दर्ता गराएका छन् । उनले अदालतमा दर्ता गरेको मुद्दामा कसैलई पनि मानिसहरु जम्मा गर्न र कुनै पनि किसिमको बैठक गर्नको लागि विजयको नाम प्रयोग नगर्न आदेश दिन माग गरिएको छ ।

अब यो मुद्दामा २७ सेप्टेम्बरमा सुनुवाइ हुनेछ ।समस्या त्यतिबेला सुरु भएको थियो जब विजयका पिता एसए चन्द्रशेखरले विजय राजनीतिमा आउनुपर्ने दावी गरेका थिए । यसको लागि विजयका पिताले विजयको नामबाट पार्टी समेत दर्ता गराए ।

विजयका पिताले यो घोषणा समेत गरे कि उनका आफन्त पद्मनाभन पार्टीका अध्यक्ष र आफ्नी पत्नी शोभा कोषाध्यक्ष हुन् । विजयका पिताले आफू पार्टीको महासचिव भएको समेत घोषणा गरे ।

इण्डिया टुडेका अनुसार अहिले विजयले वक्तव्य जारी गर्दै आफूले यस्तो कुनै पनि पार्टी सुरु गर्नको लागि अनुमति नदिएको प्रस्ट पारेका छन् र ११ जनाविरुद्ध अदालतमा मुद्दा हालिदिएका छन् । उनले यी मानिसहरुलाई बैठक आयोजना गर्न र भीड जम्मा गर्नको लागि आफ्नो नामको प्रयोग गर्नबाट रोक्नको लागि यसरी मुद्दा हालेको बताएका छन् ।

प्रतिक्रिया