आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओलीलाई झट्का दिदै देउवा सरकारले गरिदियो यस्तो निर्णय, एमालेमा खैलाबैला

प्रकाशित
777
SHARES

काठमाडौं । सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाएको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सरकारको यो निर्णयसँगै भारत, चीन, अमेरिका, बेलायत, जापानलगायतका देशमा रहेका राजदूत फिर्ता भएका छन् । हाल भारतमा निलाम्बर आचार्य, अमेरिकामा डा. युवराज खतिवडा, चीनमा महेन्द्रबहादुर पाण्डे, बेलायतमा लोकदर्शन रेग्मी र जापानमा प्रतिभा राणा राजदूत छन् । राणा प्रधानमन्त्री शेरबहादुर देउवाकी सासु हुन् । यी सबै राजदूत अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नियुक्त भएका हुन् ।

एक मन्त्रीका अनुसार परराष्ट्र मन्त्रालयका कर्मचारीबाहेक राजदूतलाई फिर्ता बोलाइएको हो। मन्त्रिपरिषद्ले कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पेश गर्न स्वीकृति दिएको छ ।

त्यस्तै कोभिड–१९ व्यवस्थापन आदेश २०७८ स्वीकृत गर्ने र संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन जाने प्रतिनिधि मण्डलको गठन गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले कर्णाली करिडोर अन्तर्गत सल्लीसल्ला–सिमकोट खण्डको डुल्लीकुनादेखि लालीबगर सडकखण्डको ७ किमी र लैफुबद्री गाउँदेखि हुक्का खोलासम्म १३.५ किमी सडकखण्डको ट्रयाक निर्माणको जिम्मा नेपाली सेनाबाट गराउन स्वीकृति दिएको छ ।

त्यस्तै ओलीले शक्ति केन्द्रित नभएको र केही व्यक्तिहरुको स्वार्थले समस्या भएको प्रष्टीकरण दिए । उनको संकेत प्रचण्ड र माधव नेपालतिर थियो । ओली यतिमै रोकिएनन् । उनले कम्युनिस्ट पावर केन्द्रित नभएको दाबी त गरे नै । साथसाथै कांग्रेसको इतिहास नै खोतले ।

उनले कांग्रेसमा २००८ सालदेखि नै नेतृत्वमा शक्तिको लडाइँ चलेको, मातृका कोइरालाविरुद्ध सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुनुहुन्न भनेर बिपी कोइरालाले लडाइँको नेतृत्व गरेको स्मरण गराए ।

‘कांग्रेसमा ००८ सालदेखि नै पावरको लडाइँ चल्यो । बीपी कोइरालाले एक व्यक्ति एक पदको लागि नेतृत्व गरे । पछि उनै प्रधानमन्त्री र सभापति भए । नेतृत्व एउटै हुनुपर्छ नत्र कन्ट्राडिक्सन हुन्छ भन्ने भाष्य निर्माण गर्नुभयो,’ उनले भने ।

उनले अर्काको आलोचना गर्दा पूर्वाग्रह नराख्न कांग्रेसनिकट ढुंगानालाई आग्रहह गरे । ‘कहिले यता फर्किन्छ । कहिले उता फर्किन्छ । पूर्वाग्रहले कहिले निष्कर्षमा पुर्‍याउन सक्दैन । सही निष्कर्षमा पुग्न पूर्वाग्रह त्याग्नुपर्छ,’ उनले भने ।

ओलीले कम्युनिस्ट पावर केन्द्रित होइनन् भन्ने स्थापित गर्न मलेसियाका महाथिरदेखि भारतको पञ्चायतसम्मको उदाहहरण दिए । ‘महाथिरले, लि क्वानले पावर केन्द्रित गर्नुभयो । तर, उहाँहरू कम्युनिस्ट होइन । हामीले त गरेका छैनौं । भारतको पञ्चायतभन्दा त हाम्रो स्थानीय तह स्वतन्त्र छन्,’ उनले भने, ‘डेमोक्रेसी अरुले थोपरेको होइन, हामीले लडेर ल्याएको हो । हामी अतिथि लोकतन्त्रवादी होइन रैथाने लोकतन्त्र हो ।’

लोकतन्त्रका लागि कांग्रेसका कुनै नेताभन्दा कम सेक्रिफाइस आफूहरूले नगरेको उनको भनाइ थियो । ‘कांग्रेसले पनि गरेको छ । कांग्रेसको गरेको हुने ? हामीले गरेको केही नहुने हुँदैन । यस्तो हुनुपर्छ नेपालको डेमोक्रेसी भनेर एमालेले कोरेको खाका अरुसँग छैन । किनभने हामी जनताको बहुदलीय जनतावादबाट गाइड छौं । स्वस्थ बहुदलीय जनवादी व्यवस्था हाम्रो विशेषता हो,’ उनले भने ।

ओलीले नेपालमा फुटको इतिहास नराम्रो रहेको पनि उल्लेख गरे । ‘नेपालमा फुटको एउटा नराम्रो श्रृंखला छ । कांग्रेसभित्र पटक पटक भयो । कम्युनिस्ट पार्टीभित्र पनि भयो,’ उनले भने ।

प्रतिक्रिया