आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मोदीको दूत बनेर आएका एस जयशंकरलाई ओलीले थर्काए, भारतमा खैलाबैला

प्रकाशित
778
SHARES

काठमाडौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतका तत्कालीन विदेश सचिव एवम् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दूत एस जयशंकरलाई नमिठो स्वाद चखाएर पठाएको खुलासा भएको छ । संविधान जारी नगर्न धम्की दिदै नेपाल आएका जयसंकरलाई थर्काएर पठाएको खुलासा भएको छ ।

आइबार र सोमबार राजधानीमा चलेको पार्टीको स्थायी कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले ०७२ असोज ३ मा संविधान जारी गर्नु अघिको पृष्ठभूमि उल्लेख गर्दै भारतीय प्रतिनिधिको धम्कीका बाबजुद संविधान जारी गरेको उल्लेख गरेका छन्।

संविधान जारी हुँदैदेखि आफ्नो सरोकार र चासोलाई ध्यान नदिएको भनी असन्तुष्टी प्रकट गर्दै आएको भारत सरकारले संविधान निमार्ण भइसकेपछि जारी नगर्न प्रत्यक्ष दवाव सृजना गर्यो,’ ओलीले प्रतिवेदनमा लेखेका छन्,। ‘०७२ असोज १ गते विशेष दूत बनेर आएका भारतीय प्रतिनिधिले तत्कालीन प्रधानमन्त्री र राजनीतिक दलका नेताहरुलाई संविधान जारी नगर्न र आफ्नो सुझावका विपरित गरिएमा आफूहरुलाई स्वीकार्य नहुने एवम् परिणाम राम्रो नहुने धम्की दिएर फर्किए।’

अध्यक्ष ओलीले भारतको उक्त कदम स्वतन्त्र मुलुकको सार्वभौम अधिकारमाथिको हस्तक्षेप भएकाले आफूहरुले स्वीकार गर्न नसकेको बताएका छन्। संविधान जारी गरेकै कारण भारतले औषधीजन्य सामाग्री समेत रोकेर नाकाबन्दी गरेको र सो नाकाबन्दीलाई नेपाली कांग्रेसले नाकाबन्दी समेत भन्न नसकेको टिप्पणी ओलीको राजनीतिक प्रतिवेदनमा छ।

‘६ महिना अघिमात्रै विनाशकारी भुकम्पले थिलो थिलो परेको मुलुकमाथि भएको यस्तो व्यवहार अन्तर्राष्ट्रिय कानुन विपरित थियो। यो अमानवीय समेत थियो,’ उनले प्रतिवेदनमा लेखेका छन्,‘त्यो बेला नेपाली कांग्रेसले नाकाबन्दीलाई नाकाबन्दी समेत भन्न नसक्नेगरी लाचारी देखायो, मधेस केन्द्रीत दलहरुले तराईमा हिंसा र उत्तेजनाको श्रृंखलालाई जारी राखे।’तर त्यस बखतको आफ्नो नेतृत्वको सरकारले वाह्य दवावका सामु घुँडा नटेकेको ओलीको प्रतिवेदनमा उल्लेख छ।

यसै गरि , नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले राजनीतिबाटै सन्याश लिने योजना सुनाएका छन् । एमाले बिभाजन गरी नयाँ पार्टी गठन गरेका माधवकुमार नेपाललाई साथ दिएका खतिवडाले आगामी चुनावमा एमाले भन्दा ठूलो पार्टी बनाउन नसके राजनीतिबाट सन्यास लिने घोषणासहित यस्तो योजना अघि सारेपछि माधव नेपाल समेत झस्किएका हुन् ।

अब आउने चुनावमा एमाले भन्दा समाजवादी पार्टी ठुलो नभए म राजनीतिबाट सन्यास लिनेछु, बिरोधले दोहोर्याई तेहेर्याएर भनेका छन् । पछिल्लो पटक उनले शुक्रबार एक टेलिभिजन अन्तर्वार्तामा यस्तो घोषणा गरे । हेर्नुहोला, आउने चुनावमा केपीको पार्टीभन्दा हाम्रो पार्टी ठूलो हुन्छ, ठूलो भएन भने विरोध खतिवडाजी तपाईँले त मेरो कार्यक्रममा राजनीतिबाट सन्यास लिन्छु भन्नुभएको थियो भनेर सोध्नुहोला, म सन्यास लिन्छु,’ खतिवडाको भनाई छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,प्रचण्डको निगाहमा अध्यादेशमार्फत २० प्रतिशत कायम गराई दल गठन गर्नुभएका माधवका हस्ती खतिवडाको यो भनाईलाई उनकै जिल्लावासी मतदाताले भने अव सन्यास लिने योजनाको रुपमा यो भनाईलाई बुझेका छन ।

एमाले भन्दा ठूलो पार्टी त होइन, एमालेको हाराहारीमा १० प्रतिशत पनि पुग्दैन भन्ने उनलाई थाहा छ, त्यसैले अव सिधै राजनीतिबाट सन्यास लिने नभनी एमाले भन्दा ठूलो दल भएन भने सन्यास लिन्छु भनेर खतिवडाले आप्नो योजना अघि सारेका मतदाताको बुझाइ छ ।

२०४८ सालदेखि सांसद रहका माधव र झलनाथले २० बर्ष पार्टीको नेतृत्व गर्दा एक पटक पनि मन्त्री बनाउनु भएन । यसपटक भने माधवले मन्त्री बनाउने गरी खतिवडालाई एमालेबाट आफूतिर लगेका हुन् ।

प्रतिक्रिया