आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमालेका मेयरमाथि मुक्का बर्साउने युवक को हुन् ? ओली तनाबमा

प्रकाशित
368
SHARES

काठमाडौ। बुटवलका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक नेकपा एमालेकै कार्यकर्ता रहेको खुलासा भएको छ । एमाले रूपन्देहीका अध्यक्षसमेत रहेका मेयर सुवेदीलाई सोमबार पहिरो निरीक्षणका क्रममा बुटवल–३ ज्योतिनगरमा मुक्का हान्ने युवक गणेश पंगेनी अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य रहेको नेताहरुले बताएका छन् ।

उनी लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी हुन्। उनी पहिरो प्रभावित क्षेत्र बुटवल–३ ज्योतिनगरका बासिन्दा हुन् । पहिरोले ज्योतिनगरवासी विस्थापित र असुरक्षित हुँदा स्थानीय सरकारले चासो नदिएकाले आक्रोशित भएर उनले मुक्का हानेको बताएका प्रहरीले जानकारी दिएको छ ।

यता बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले आफूमाथि अचानक आक्रमण भएको बताएका छन् । उनलाई सोमबार बुटवलमा एक युवाले मुक्का प्रहार गरेका थिए । पहिरो पीडितको अवस्था बुझ्न पुगेका सुवेदीमाथि एक युवाले आक्रमण गरेका थिए ।

उनी नेकपा एमालेकै कार्यकर्ता रहेको बताइएको छ ।आक्रमणमा परेपछि पत्रकारहरुसँग कुरा गर्दै सुवेदीले भने, “हामीले यहाँको अवस्थाका बारेमा बुझ्न आएका थियौँ । अचानक ममाथि आक्रमण भयो । त्यसबेला मैले छेकेँ ।

धकेल्ने काम पनि भयो । यो अराजकता सिर्जना गर्ने काम हो । यो सरकारले छानबिन गर्ने विषय हो ।” मेयरले छानविनकै माग गरेपछि एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीलाई समेत तनाव हुने देखिएको छ ।

यसै गरि, प्रधानमन्त्री शेरबहादुर देउवालाई अहिले आफ्नै सरकार ‘टोक्नु न बोक्नु’ जस्तो भएको छ । देउवा प्रधानमन्त्री भएको आज ७० दिन भएको छ । उनले अझै पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

सत्ता साझेदार दलहरुबीच कुरा नमिल्दा देउवा अन्योलमा छन् । उनले आफ्नो पार्टी नेपाली कांग्रेसबाहेक अरु ५ वटा दललाई चित्त बुझाउनुपरेको छ । देउवाले भदौ १ गते राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि जनता समाजवादी दल ९जसपा० पनि विभाजन भएको थियो ।

देउवालाई प्रधानमन्त्री बन्दा ५ वटा दलले समर्थन गरेका थिए, उनले साउन ३ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदा १ सय ६५ मत पाएका थिए । जसपा त्यसपछि विभाजन भएर महन्थ ठाकुर र राजेन्द्र महतोहरुले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरिसकेका छन्, यो पार्टीका सांसदको पनि देउवालाई समर्थन रहेको थियो । देउवाले एकातिर आफ्नै पार्टीभित्रबाट पनि सरकार सञ्चालन, सरकारको प्राथमिकतालगायतका विषयमा प्रशस्त छलफल गर्न सकेका छैनन् ।

देउवा पार्टीको महाधिवेशनमा बढी केन्द्रित भएकाले पनि उनी सरकार सञ्चालनमा अलमलिएका छन् । पटक पटक सरकार चलाउँदा असफल भएको भनेर आरोप लागेका देउवाले त्यो आरोप चिर्ने राम्रो अवसर पाएका भए पनि व्यवहारमा उतार्न सकेका छैनन् । सत्तारुढ दललाई विश्वासमा लिन नसक्दा देउवा निकै तनावमा छन् ।

सबै पार्टीको स्वार्थ पूरा गर्न उनले सकेका छैनन् । राजनीतिक संस्कार नबस्दा र सत्तारुढ दलबीच कुरा नमिल्दा उनी पनि बीचमा संकटमा पर्ने खतरा बढदै गएको छ । अवस्था असहज बन्दै गए उनी मंसिरभन्दा अघि नै प्रतिनिधिसभाको निर्वाचन गर्ने दाउमा रहेको देउवानिकटले बताउँदै आएका छन् ।

उनी आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने र फेरि पनि संसदीय दलको नेता भएर प्रधानमन्त्री बन्ने लाइनमा छन् । उनी पार्टीको यो महाधिवेशनमा सभापति हुने तयारी गरिरहेका छन् । उनी आफूले सभापति जित्ने निश्चित भएपछि मात्र केन्द्रीय महाधिवेशन गर्ने दाउ गरेका छन्।

प्रधानमन्त्री बन्न त्यति हतार नगरेका देउवालाई सर्वोच्च अदालतको असार २८ गतेको परमादेशले प्रधानमन्त्री बनाइदिएको थियो । उनले प्रमुख प्रतिपक्षी दलको पनि सहमतिमा संसद चलाउन सकेका छैनन् ।

देउवालाई सरकारमा टिक्न नदिन प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनेक चलखेल गर्दै आएका छन् । उनी अरुलाई प्रधानमन्त्री बनाउँछु भनेर नयाँ सहमति गर्ने प्रयासमा छन् ।

प्रतिक्रिया