आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चिनियाँ जासुसी ड्रोन जपानको आकाशमा, विश्वभर तरङ्ग

प्रकाशित
1.3K
SHARES

एजेन्सी। जापानमा चीनको मानवरहित विमान पठाउने खतरा रहेको एक समाचार एजेन्सीले जिकिर गरेको छ । जापानले यसलाई क्षेत्रीय स्थिरता खतरामा पर्ने अर्थमा लिएको छ । चीनले मानवरहित विमान क्षमताको उपयोग गर्दै परिष्कृत रूपमा सैन्य ड्रोन पठाउनेतर्फ ध्यान केन्द्रित गरेको साउथ चाइना मर्निङ पोस्टले समाचार दिएको छ ।

जापान र चीनबीच लामो समयदेखि मनमुटाब रहँदै आएको छ । समाचारअनुसार अगस्ट महिनाको अन्तिममा जापानको छेउमा तीनवटा चिनियाँ सैन्य ड्रोन पुगेको देखिएको थियो । टोकियोले चिनियाँ गतिविधिको अनुसन्धान गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

जापानी अधिकारीहरूले चीनको सान्सी वाई–८क्यु मेरिटाइम पेट्रोल प्लेन तथा सान्सी वाई–९जेबी इलेक्ट्रोनिक इन्टेलिजेन्स एयरक्राफ्टसमेत छेउछाउ आएको जानकारी दिएका छन् । यद्यपि, यो ठाउँमा ड्रोन पठाउने मुलुक चीन मात्र नभएको जापानी अधिकारीहरूको भनाइ छ । गत मे मा अमेरिकाले उत्तरी जापानको गौम बेसबाट एमक्यु–४सी ट्राइटन ड्रोन मिसावा बेसमा सारेको थियो ।

चीन अफगानिस्तान सरकारसँग अन्तरक्रिया गर्न तयार : चीन सरकारले अफगानिस्तानको तालिबान सरकारसँग अन्तरक्रिया गर्न तयार रहेको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले अफगानिस्तानको नयाँ सरकारलाई चीनले बधाई दिएको र सहकार्य गर्न इच्छुक रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय समुदायले तालिबान सरकारलाई मान्यता दिएका छैनन् । अमेरिकाले तालिवान सरकारको भूमिकाका आधारमा उसलाई व्यवहार गर्ने बताउँदै आएको छ । अरू मुलुक पनि पर्ख र हेरको अवस्थामा छन् । चीन र पाकिस्तानले तालिबानसँग सहकार्यका लागि हात अघि बढाएका छन् ।

तालिबान सरकारलाई अफगानिस्तानस्थित चिनियाँ राजदूतले बधाई दिएका थिए । ‘अफगानिस्तानमा रहेको चिनियाँ दूतावास विगतमा जस्तै सहज रूपमा काम गरिरहेको छ । हाम्रो राजदूतावास अफगानिस्तानको नयाँ सरकारसँग सम्पर्क र संवादमा छ,’ प्रवक्ता जाओले भनेका छन् ।

यही अगस्ट ३१ मा अमेरिकी सेनाको औपचारिक फिर्ता हुनुभन्दा दुई साताअघि तालिवबान समूह काबुल पुगेको थियो भने त्यही असापासमा चीन सरकारले तालिवबान नेताहरूसँग संवाद गरेको थियो। सेप्टेम्बर ६ मा तालिबानले पन्जशिर प्रान्तमा विजय हासिल गरेपछि पूरै अफगानिस्तान उसको नियन्त्रणमा छ । त्यसपछि तालिबानले मोहम्मद हसन अखुन्दको नेतृत्वमा अन्तरिम सरकार गठन गरेको छ ।

यसै गरि , बेलायती संसद्को ‘अल पार्टी ग्रुप अन चाइना’सम्बन्धी बैठकमा सहभागी हुन चिनियाँ राजदूत झेङ झेगुयाङ्लाई बुधबार रोक लगाइएपछि बेलायत र चीनको सम्बन्ध चिसिएको छ। चीनले बेलायतका सात सांसदलाई प्रतिबन्धित सूचीमा राखेको प्रतिरोधमा बेलायतको संसद्ले चिनियाँ राजदूतलाई चीनको सिन्जियाङ्सम्बन्धी विषयमा आयोजित बैठकमा जान रोक लगाएको हो।

चीनले यो निर्णयको कडा विरोध गरेको छ भने बेलायतले बचाउ गरेको छ। बेलायतको हाउस अफ कमन्स तल्लो सदनका सभामुख लिन्डसे होयलले चिनियाँ राजदूतलाई संसदीय बैठकमा सहभागी हुन रोक लगाएका छन्। उनको निर्णयमा हाउस अफ लर्डस् माथिल्लो सदनका सभामुख जोन म्याकफेलले समर्थन जनाएका छन्।

‘हाम्रा सातजना सांसदलाई प्रतिबन्धित सूचीबाट हटाएपछि यस्ता बैठकमा चिनियाँ राजदूतलाई बोलाउन सकिन्छ। तर, अहिले उनलाई बोलाउनु हाम्रो संसद्को अपमान हो,’ हाउस अफ कमन्सका सभामुख होयललाई उदृत गर्दै छ गार्जियनले समाचार प्रकाशित गरेको छ।

यसअघि बेलायत, क्यानाडा, अमेरिका, युरोपियन युनियनले सिन्जियाङ प्रान्तमा मानवअधिकारसँग सम्बन्धित विषयमा सात चिनियाँ अधिकारीहरूलाई प्रतिबन्धित सूचीमा राखेका थिए ।

चीनले बेलायती संसद्को निर्णयलाई भिडन्तको निमन्त्रणा भन्दै कडा प्रतिवाद गरेको छ। ‘चिनियाँ राजदूतलाई रोक लगाउने निर्णय भिडन्तको निम्ता हो। यो निर्णय चिनियाँ र बेलायतका जनताको आधारभूत हित र चाहनाको विपरीत छ,’ बेलायतस्थित चिनियाँ राजदूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो अन्तराष्ट्रिय प्रोटोकलको पनि उल्लंघन हो ।’

बुधबार चिनियाँ राजदूतलाई बोलाएको संसदीय समूह चीनप्रति सकारात्मक धारणा राख्ने सांसदहरूको समूह हो । अल पार्टी एमेन्टरी ग्रुप (जसले चिनियाँ राजदूतलाई बोलाएको थियो) का सभापति रिचार्ड ग्राहमले छलफलपछि सरेकोमा क्षमा मागेका छन्। कन्जर्भेटिभ पार्टीका सांसदले चिनियाँ राजदूतलाई बैठकमा रोक लगाउने निर्णयको स्वागत गरेका छन् ।

अफगानी नागरिकका लागि तालिवानसँग सम्पर्कमा रहन राष्ट्रसंघीय उच्च आयोगको अनुरोध

शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगले अफगानिस्तानको अवस्थाबारे विश्व समुदायको ध्यानाकर्षण गराएको छ। यहाँको अवस्था दिन प्रतिदिन खराब हुँदै गएको भन्दै सो निकायले अफगानिस्तानका नागरिकहरूका लागि पनि तालिवानहरूसँग सम्पर्कमा रहिरहन आग्रह गरेको हो।

हाल इस्लामाबादको भ्रमणमा रहेका शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्च आयुक्त फिलिपो ग्रान्डीले अफगानिस्तानमा मानवीय सहायताको खाँचो रहेको बताए। उनले भने– ‘हामी पनि अफगानिस्तानमा मानवीय सहायताको कामका लागि अहिले संलग्न भइरहेका छौँ र अरू पनि विश्वसमुदाय यहाँको अवस्थाबारे जानकार रहने र आवश्यक सहयोगका लागि लाग्नुपर्छ।’

हाल अफगानिस्तानको आन्तरिक प्रशासनसँग संलग्न भएर आफूहरूले काम गरेको धारणा उनले राखे। उनले अफगानिस्तानमा अहिले पनि ठूलो संख्याका महिला तथा बालबालिकाका लागि सहायताको खाँचो रहेको बताए।

‘यसका लागि विश्व समुदाय चनाखो नहुने हो भने यहाँको अवस्था झन् बिग्रँदै जाने पनि उनले बताए। अहिले अफगानिस्तानमा धेरै कुराको खाँचो छ, यहाँका नागरिकलाई खाना, औषधि, वास तथा अन्य सबै चिजहरू चाहिएको छ,’ उनले भने। उनका अनुसार यहाँको आर्थिक अवस्था झन् नाजुक भएको छ। यहाँ आर्थिक संकट आइसकेको उनले बताए।

प्रतिक्रिया