आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पार्टी फुटको पिडा निको नहुदै नेकपा एमालेमा अर्को ठूलो बज्रपात

प्रकाशित
752
SHARES

काठमाडौ।  नेकपा एमालेमाथि अर्को बज्रपात भएको छ । स्थापनाको ३१ वर्षपछि नेपाल कम्युनिस्ट पार्टी एमाले निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन विधिवत रूपमा फुटेको छ। माधव नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी एककिृत समाजवादी पार्टीनिकट कर्मचारीले एमालेनिकट कर्मचारी संगठनलाई फुटाएर नयाँ कर्मचारी संगठन निर्माण गरेका छन्।

यद्यपि दुवै पक्षले संगठनको नाम एउटै राखेका छन्। दुवै पक्षले संगठन नफुटेको र एकले अर्कोलाई कारबाही गरेको दाबी गरेका छन्। दुवैले संगठनको नाम नेपाल निजामती कर्मचारी संगठन नै दाबी गरेका छन्।दुवै पक्षले आधिकारिक ट्रेड युनियनको अध्यक्षमा छुट्टाछुट्टै नेतृत्व पठाएका छन्।

२०७३ जेठमा आधिकारिक ट्रेड युनियनको चुनाव हुँदा सबैभन्दा बढी भोट ल्याएको एमालेनिकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठनले अध्यक्ष पद पाएको थियो। दोस्रो भोट ल्याएको नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनले महासचिव पद पाएको थियो।

आफूले पाएको अध्यक्ष पदमा नेपाल निजामती कर्मचारी संगठनले पुण्य ढकाललाई पठाएको थियो। ढकाल उपसचिव पदमा बढुवा भएपछि रिक्त ठाउँमा आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेल कार्यबाहक अध्यक्ष नियुक्त भएका थिए। पोखरेल माधव नेपालनिकट मानिन्छन्।

केपी ओलीनिकट कर्मचारीहरूले भोला पोखरेललाई फिर्ता बोलाई पोखरेलको ठाउँमा ओलीनिकट अध्यक्ष केदार देवकोटाले आफैंलाई सिफारिश गरेका छन्।यता नेपालनिकट कर्मचारीहरूले आधिकारिक ट्रेड युनियनको अध्यक्षमा कर्मचारी संगठनका पूर्वअध्यक्ष तथा माधव नेपालनिकट मोहन घिमिरललाई सिफारिश गरेका छन्।

यसै गरि , नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार ढाल्ने घोषणा गरेका छन् । सरकार ढालेर आफूहरु एक साताभित्र सरकारमा सहभागी हुने उनले बताएका हुन् ।हिजो पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने – ‘१ र ३ नम्बर प्रदेशमा पनि केपी ओलीका प्युसोहरुको सरकार छ ।

अब त्यहाँ एक साताभित्र सरकार हटाएर हामी सरकारमा जान्छौं।‘गण्डकी प्रदेशमा हिजो हाम्रा पक्षका साथीहरुलाई जुन भेदभाव गरियो, अन्याय गरियो, टिकटबाट वञ्चित गरियो । हामीलाई उठ्नै दिइएन, पीडित बनाइयो,’अध्यक्ष नेपालले भने, ‘यहाँ पीडितहरुको एकता भएको छ।

यस्तै नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले आफू एकमात्र भए पनि नेकपा एमालेलाई भार पर्ने बताएका छन् । गण्डकी प्रदेशबाट नेकपा एकीकृत समाजवादीमा प्रतिनिधित्व गर्ने उनी एकमात्र संघीय सांसद हुन् । ‘गण्डकीमा माधव नेपाललाई कमजोर भनियो । उनीहरु ९एमाले० १२र१३ जना छन्।

’ पोखरामा आइतबार आयोजित विचार गोष्ठी तथा कार्यकर्ता भेलामा सांसद श्रेष्ठले भने, ‘प्रतिनिधि सभामा आफू एक्लो भए पनि म एक्लै भारी पर्नेछु । गण्डकीमा माधव पक्षलाई तत्कालीन समयमा कुनै टिकट नदिएकै कारण कमजोर हुन पुगेको उनले बताए । उनले अब भने गण्डकीबाटै नेकपा एकीकृत समाजवदीको विजयको बिगुल फुकिसकेकोसमेत दाबी गरे ।

‘गण्डकीका १८ वटा क्षेत्रमा एउटा पनि टिकट दिइएन । अनि माधव नेपाल कसरी बलियो हुन्छ रु’ उनले भने, ‘आजदेखि नेकपा एकीकृत समाजवादीले बिगुल फुक्यो, आजदेखि देखाइदिन्छौं हामी कमजोर हो कि के हो भनेर ?

हामीले नयाँ पार्टी गठनको औचित्य पुष्टि गर्न सक्नुपर्छ : नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरू अब एमाले अध्यक्ष केपी ओलीको बारेमा टिप्पणी गरेर समय बर्बाद गर्ने पक्षमा नरहेको बताएका छन् । आफूहरूलाई मार्क्स र कम्युनिस्ट गुरुहरूले गफ गर्ने, ढाँट्ने, मानमर्दन गर्ने र छल्ने नभई इमान्दार भएर जनताको सेवा गर्ने संस्कार सिकाएको उनको टिप्पणी छ ।

आइतबार एकीकृत समाजवादी कास्कीले आयोजना गरेको विचार–गोष्ठी तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जनताले विश्वास गरेर झन्डै दुईतिहाइ मत दिँदादिँदै पनि संसद् र पार्टीलाई यो अवस्थामा ल्याउनेलाई जनताले नै सजाय दिने उनको भनाइ थियो ।

एमाले र देशको अवस्था किन यस्तो भयो भन्ने सोच्ने वेला भएको भन्दै उनले आफूहरूले नयाँ पार्टी निर्माण गर्नुको औचित्य पुष्टि गर्नुपर्ने बताए ।हावादारी गफ गर्ने बद्ख्वाइँ गर्ने हामीलाई फुर्सद छैन । हामीले काम गरेर देखाउनुपर्नेछ । नयाँ पार्टी स्थापनाको औचित्य पुष्टि गर्नुपर्नेछ,’ नेपालले भने, ‘अहिले एमालेको नाम लिनेबित्तिकै जनताले नाकमुख खुम्च्याउँछन् ।

इज्जत गुमिसक्यो, संविधानको धज्जी उडाइएको छ । यस्ताहरूको कुरा गरेर बस्ने र त्यस्तै हावादारी गफ गर्ने र हाम्रो पनि पुरानै पारा भए मान्छेले भन्नेछन्, जुन जोगी आए पनि कानै चिरेका । केही फरक देखाउने भन्नेमा प्रस्ट सोचका साथ अघि बढ्नेछौँ ।

अध्यक्ष नेपालले तत्काल कुनै पार्टीसँग पार्टी एकता नहुने प्रस्ट पारे । अहिले बाहिर अरूसँग एकता हुन्छ भनेर हल्ला चलाइएको भन्दै त्यस्तो एकता कसैसँग नहुने र आफूहरू आफ्नै शक्तिले अगाडि बढ्ने उनले बताए ।

प्रतिक्रिया