आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रातमा बारम्बार निन्द्राबाट बिउँझने मानिसहरुको असामायिक मृत्यु हुने तथ्य फेला पर्यो

प्रकाशित
3.1K
SHARES

एक अध्ययनका अनुसार रातमा बारम्बार निन्द्राबाट बिउँझिने महिलाहरुको कम उमेरमा मृत्यु हुने तथ्य फेला परेको छ । एक अध्यनका अनुसार रातिमा बारम्बार निन्द्राबाट बिउझिने मानिसहरुको कम उमेरमा मृत्तु हुने सम्भावना धेरै हुन्छ । करिब ८ हजार पुरुष र महिलाहरूमाथि गरिएको एक अनुसन्धानले उक्त तथ्य पत्ता लगाएको हो ।

अनुसन्धानकर्ताका अनुसार रातिमा बारम्बार निन्द्रा खुल्नुका विभिन्न कारणहरु हुन सक्छन् । यो मस्तिष्कको एक प्राकृतिक प्रक्रिया हो । हात गोडामा अचानक पीडा हुनु, दुख्नु, कुनै पनि प्रकारका ट्रमा वा सास फेर्न समस्या हुनु जस्ता समस्याले रातिमा निन्द्रा अचानक खुल्न सक्छ । यसका कारण पर्याप्त निदाउन सकिदैन । यसलाई (unconscious wakefulness) भनिन्छ ।

अष्ट्रेलियाको एडिलेड विश्वविद्यालयको नेतृत्वमा गरिएको अनुसन्धानमा यस्तो समस्या बारम्बार हुनुको पछाडि उच्च रक्तचाप वा अन्य स्वास्थ्यसम्बन्धी समस्या भएको पत्ता लागेको छ ।

अनुसन्धानको क्रममा तीनवटा अलग-लगत डाटाको प्रयोग गरिएको थियो । सहभागीहरुलाई एक रातभर निदाउँदा स्लीप ट्र्याकर लगाइएको थियो । सहभागी सबैलाई राति कति समय निदाउने र कति समयको लागि बिउँझिने भन्ने कुराको ख्याल राखिएको थियो । सहभागीहरुलाई ६ देखि ११ वर्षसम्म यो प्रक्रियाको विषयमा ध्यान दिएका थिए ।

उक्त अनुसन्धानका प्रमुख तथा लेखक एसोसिएट प्रोफेसर माथियास बोमर्ट र उनका सहयोगीहरुले पुरुषको तुलनामा महिलाहरु बढी बिउँझिने गरेको पत्ता लगाएको बताएका छन् । जसले गर्दा महिलाहरु हृदयरोगका कारण सानो उमेरमा नै ज्यान गुमाउँछन् । जुन महिला रातिमा धेरै बिउँझिन्छन् उनीहरुको सानो उमेरमा नै मृत्यु हुने सम्भावना ६० देखि १०० प्रतिशत हुन्छ ।

युरोपियन हर्ट जर्नलमा प्रकाशित निष्कर्शका अनुसार पर्याप्त निदाउने पुरुषहरूको हृदयरोगका कारण मृत्यु हुने सम्भावना २७ प्रतिशत र हृदयरोग लाग्ने सम्भावना ९.६ प्रतिशत हुन्छ । तर, जो व्यक्ति निन्द्राबाट धेरै बिउँझिन्छन् ती व्यक्तिहरुको हृदयरोगबाट मृत्यु हुने सम्भावना १३.४ प्रतिशत र अन्य कारणबाट मृत्यु हुने सम्भावना ३३.७ प्रतिशत हुन्छ ।

नेदरल्याण्डस्थित मास्ट्रिच युनिभर्सिटी मेडिकल सेन्टरका कार्डियोलोजी विभागमा एसोसियट प्रोफेसर तथा सह–लेखक डोमिनिक लिंजले महिला र पुरुषबीच यस्तो भिन्नता किन भएको हो भन्ने बारेमा स्पष्ट नभएको बताए । उनले रातिमा बिउझिँदा शरीरले कस्तो प्रकारको प्रतिक्रिया दिन्छ भन्ने बारे बुझ्न सकिने बताए । उनले ठूलो हुँदा, मोटो हुँदा वा घुर्ने समस्यालाई सजिल्यै हल गर्न नसकिएपनि बीएमआई र स्लीप एपनियालाई मोडिफाई गर्न सकिने बताए । जसले अराउजल बर्डन कम गर्न सकिन्छ ।

अपर्याप्त निन्द्राले हृदयसम्बन्धी विभिन्न समस्याहरु पैदा गर्छ । र यसबाट मृत्यु हुने सम्भावना पनि बढी हुन्छ । शरीरको चक्रमा रोकावट आउँदा सर्केडियन रिदम हुन्छ । जसले धमनीहरुमा बोसोको निर्माण गर्छ । जसले गर्दा निन्द्रा बिग्रिने समस्याले मुटुसम्बन्धी रोगहरु लाग्छ ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ