आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओलीको हालत खराब, नेपालले चाले यस्तो कडा कदम, के होला अब ?

प्रकाशित
709
SHARES

काठमाडौ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र एक नम्बर र वाग्मती प्रदेशका मुख्यमन्त्री हटाउने बताएका छन्। संविधान दिवसका अवसरमा आइतबार पोखरामा पार्टीको विचार गोष्ठी तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सातै प्रदेशमा एमालेभन्दा आफ्नो पार्टी बलियो रहेको बताए।

सुदूरपश्चिममा एक नम्बर पार्टी भएका छौं। दुई नम्बर प्रदेशमा केपी ओलीको पार्टीलाई पछाडि धकेलेर हामी अघि उभिएका छौं । कर्णाली प्रदेशमा टक्कर दिएर धूलो चटाइदिएका छौं,’ उनले भने, ‘१ र ३ वाग्मती प्रदेशमा एक हप्ताभित्र केपी ओलीको सरकारलाई हटाएर हामी सरकारमा जाने बारेमा सोचिरहेका छौं ।

यो पार्टीमा ९ प्रतिशत छ, ५ प्रतिशत छ भनेर झूटा प्रचार कसैले गर्छ भने त्यसलाई नपत्याउनुस् ।’ गण्डकी प्रदेशमा भने आफू पक्षधर नेता कार्यकर्तालाई विगतमा टिकटबाट बञ्चित गराएर माथि उठ्नै नदिइएको उनले बताए । भने, ‘यहाँ पनि पीडित छन्। देशभरिका पीडित–पीडित एकताबद्ध भएका छौं ।

गोर्भाचोभले रुसमा कम्युनिस्ट पार्टी र समाजवाद सिध्याएजस्तै त्यसको नेपाली चरित्र नेपालमा जन्मिएको भन्दै उनले चिन्ता व्यक्त गरे। उनले तत्काल एमालेमा फर्कने वा अन्य कुनै पार्टीसँग एकता गर्ने नभई आफ्नै शक्तिको भरमा अगाडि बढ्ने बताए। ‘हिजोको कुरा सम्झेर हुँदैन। त्यहाँको जम्मै ढोका बन्द भइसक्यो ।

हामीलाई फासीको सजाय दिइएको हुनाले ‘महाराजधिराजले’ आम माफीसमेत दिइसके । भोलिपल्ट फेरि सजाय दिए । फेरि मृत्युदण्डको सजाय दिएका छन्।, ओलीतर्फ इंगित गर्दै उनले भने, ‘त्यहाँ फर्केर जाने कुरा नसोच्नुहोस्। हामी यो पार्टीलाई अगाडि बढाउने छौं ।’ बाहिर प्रचार भएजस्तो माओवादीसँग एकता नहुने उनले स्पष्ट पारे।

नेपालले यही हप्तामा पार्टी सरकारमा सहभागी हुने बताएका छन् । संविधान दिवसका अवसरमा पार्टीको कास्की जिल्ला समितिले आज पोखरामा आयोजना गरेको गणतन्त्र एवं संविधान रक्षाका निम्ति पार्टीको भूमिका विषयक विचार गोष्ठी तथा कार्यकर्ता भेलामा उनले पार्टीका तर्फबाट केन्द्रीय सरकारमा मन्त्री पठाइने जानकारी दिए ।

अध्यक्ष नेपालले आगामी निर्वाचनसम्म अहिलेको पाँच दलीय गठबन्धनलाई कायमै राखिनेसमेत स्पष्ट पारे । उनले भने, “विगतको सरकारले जनताका पीडालाई राम्रोसँग सम्बोधन गरेन । अहिलेको गठबन्धनको सरकारले विगतका गल्तीलाई दोहोर्‍याउनु हुँदैन । गठबन्धन बलियो बनाउँदै जनताको सेवामा लाग्नु पर्दछ ।”

अध्यक्ष नेपालले पुनः एमालेमा फर्केर जाने कुरा नसोच्न कार्यकर्तालाई आग्रह गर्दै भने, “असली कम्युनिष्ट पार्टी हामी हौँ, अरुले कम्युनिष्ट पार्टीको मर्ममा चोट पुर्‍याएका छन्, पार्टीलाई थिलथिलो र बदनाम गरे । हिजोका कुरा सम्झेर हुँदैन, फर्केर जाने कुरा नसोच्नुहोस्, अब जम्मै ढोका बन्द भइसक्यो ।”

प्रचार गरिएजस्तो माओवादी केन्द्रसँग पार्टी एकता नहुने बताउँदै अध्यक्ष नेपालले कुनै पार्टीसँग एकता नगरी आफ्नै शक्तिका आधारमा अघि बढ्ने उल्लेख गरे । गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षतालगायतका परिर्वतनका उपलब्धिहरुको रक्षा गर्नु आवश्यक रहेको नेता नेपालले बताए।

प्रतिनिधिसभा विघटनका विरुद्ध सर्वोच्चको फैसला ऐतिहासिक र नेपालको इतिहासमा संविधानवादको कोसेढुङ्गाका रूपमा दर्ज हुने उल्लेख गर्दै उनले सर्वोच्चले संविधानको सही व्याख्या गरेको बताए । “संविधान मिच्ने छैनौँ, यसको पालना गर्नेछौँ तथा संविधानको मूल्य र मान्यताको रक्षा गर्दै यसको मर्म र भावनाको सही प्रयोग हाम्रो पार्टीले गर्नेछ”, अध्यक्ष नेपालले स्पष्ट पारे ।

कार्यक्रममा सो पार्टीका गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठ, प्रदेश सचिव प्रतापलाल श्रेष्ठ, प्रतिनिधिसभा सांसद कृष्णकुमार श्रेष्ठ, पार्टीका जिल्ला अध्यक्ष धनराज आचार्य, सचिव होमबहादुर नेपाली, उपसचिव पूर्ण लामालगायतले पार्टी सङ्गठन विस्तारमा केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले क्यासिनोलाई कर छुट दिने प्रेरणा कहाँबाट आयो भनेर सरकारलाई प्रश्न गरेका छन्। च्यासल स्थिति तुलसीलाल अमात्यको स्मृति भवनमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सरकारले विकासको मुल आधार यातायात कटौति गरी क्यासिनोलाई कर छुट दिनु हास्यास्पद भएको बताए।

उनले भने, ‘विकासको पहिलो पूर्वाधार सडक संजाल हो। सडकसञ्जाल कटौति गरेर क्यासिनोलाई कर छुटदिने रे। यो क्यासिनोलाई कर छुट दिने प्रेरणा कहाँबाट आयो। अर्को कुरा लगानी गरेको पैसाको स्रोत खोल्नु पर्दैन रे। कस्को लगानीहो त्यो स्रोत खोल्नु नपर्ने।

उनले सरकारले अहिले गरेको कुनै पनि काममा संविधानले भनेको समाजवादमा पुग्ने लक्षण नभएको बताएका छन्। ‘यसरी गयो भने कसरी पुगिन्छ समाजवादसम्म।’संविधान जारी गर्दाताका आफूलाई भौतिक आक्रमण गर्न खोजिएको र संविधान बनेपछि नाकाबन्दीका डटेर सामना गरेको ओलीले स्मरण गरे।

उनले भने, ‘हामीमाथि संविधान जारी गर्न खोज्दा भौतिक आक्रमण भए । माइकले हाने । सबै झेलेर संविधान जारी गराइयो, त्यसवापत नाकाबन्दी भयो त्यसको पनि डटेर, राष्ट्रिय स्वाभिमानलाई झुक्न नदिएर कुनै सम्झौता नगरी संविधानको रक्षा गरेर अघि बढ्यौं । मलाई गर्व छ त्यसको नेतृत्व नेकपा एमालेले गर्‍यौ।

प्रतिक्रिया