आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बलात्कारकाे उजुरी दिने भन्दै ५० लाख ‘बार्गेनिङ’, तीन महिला पक्राउ

प्रकाशित
469
SHARES

काठमाडौ। दाङमा प्रहरीले आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुरमा तीन महिलालाई पक्राउ गरेको छ । रक्सी (बियर) र चिया खाएकै भरमा बलात्कारकाे उजुरी दिन्छु भनेर धम्की दिइ एक पुरुषसँग ५० लाखबाट बार्गेनिङ सुरु गरेर १८ लाख रुपैयाँमा टुङ्ग्याइ पैसा असुल्ने तीन महिलालाई पक्राउ गरी आज आइतवार सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालीका १५ की २२ वर्षीया सीतादेवी थापा, त्यही ठाउँकी ३५ वर्षीया खुमा वली र घोराही ५ की ३२ वर्षीया सुस्मा परियार रहेका छन् । पक्राउ परेकामध्ये सीतादेवी थापा बस्दै आएको डेरा/कोठाबाट प्रहरीमा उजुरी दिने धम्की दिइ युवकबाट लिएकाे १७ लाख रुपैयाँकाे सिभिल बैंकको चेक एक थान र एक लाख रुपैयाँकाे एक थान चेक बरामद भएकाे प्रहरीले जनाएकाे छ ।

त्यही रकमकाे एक लाख रुपैयाँ थापाले ब्याजमा लगाइसकेकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसुर गरे तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना हुने कानुनी प्रावधान छ ।

सरकारी पदक विवादमा, चार पत्रकारद्वारा पदक अस्वीकार

संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्ने विभूषण, अलङ्कार र पदक विवादमा पर्न थालेका छन् । योग्यताको मूल्याङकनन नगरि राजनीतिक दलसँग सम्बन्धित रहेकै आधारमा पदक दिएको भन्दै चौतर्फी आलोचना भएको हो ।

एक पटक पनि नसोधिकनै विभूषण पाउनेको सूचीमा आफ्नो नाम राखेको भन्दै केही पत्रकारले पदक अस्वीकार गरेका छन् । पत्रकार कृष्णज्वाला देवकोटा, हरिबहादुर थापा, नारायण अमृत र कार्टुनिस्ट रविन सायमीले पदक नलिने घोषणा गरेका हुन् । उनीहरूले पदकको वितरण न्यायपूर्ण, विवेकपूर्ण र पारदर्शी हुनुपर्ने बताएका छन् ।

देश र समाजको सकारात्मक परिवर्तनमा भूमिका खेल्नेहरूलाई इज्जत र प्रतिष्ठाका साथ दिइने मान पदवी अहिले पञ्चायती शैलीमा वितरण गर्न लागिएको भन्दै उनीहरूले आलोचना गरेका छन् ।

यस पटक नाै सय तीन जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक घोषणा भएको छ । सरकारले सबैभन्दा माथिल्लो विभूषण नेपाल रत्न स्वर्गीय कृष्णप्रसाद भट्टराई (मरणोपरान्त) लाई, दोस्रो ठूलो विभूषण राष्ट्र गौरव मन्त्रिपरिषद्का पूर्वअध्यक्ष सुवर्णशम्शेर (मरणोपरान्त) लाई र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई प्रदान गरिने भएको छ ।

यस पटक विभिन्न दल निकटका व्यक्ति र संस्थादेखि पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका बुबा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालसम्मलाई पदक तथा विभूषणको घोषणा भएको छ ।

सिसिक्यामेराको निगरानीमा राजमार्ग:

पूर्व–पश्चिम राजमार्गको कैलाली–कञ्चनपुर खण्ड अब सिसिटिभी क्यामेराबाट निगरानी गरिने भएको छ । राजमार्गअन्तर्गत कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकी तथा अत्तरियादेखि त्रिनगर नाकासम्म जडान गरिएका १३८ वटा सिसिक्यामेरा आइतबारबाट सञ्चालनमा आएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले एक करोड ७१ लाखको लागतमा सिसिक्यामेरा जडान गरेको हो । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले अत्तरियामा आयोजित एक कार्यक्रममा ती क्यामेराबाट निगरानीको जिम्मा प्रहरीलाई हस्तान्तरण गरिन् ।

राजमार्गका संवेदनशील क्षेत्रमा सिसिक्यामेरा जडान भएसँगै आपराधिक क्रियाकलाप नियन्त्रण, अपराध अनुसन्धान तथा सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरीप्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेलले सिसिक्यामेराबाट निगरानी थालिएसँगै दुर्घटना र अपराध गरेर भाग्नेलाई पक्राउ गर्न सहज हुने बताए ।

राजमार्गको संवेदनशील क्षेत्र पहिचान गरेर ती क्षेत्रमा सिसिक्यामेरा जडान गरिएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता मोहन जोशीले राजमार्गमा बढी भिडभाड हुने क्षेत्र, दोबाटो, चौराहा, सार्वजनिक सम्पत्ति रहेको क्षेत्रलगायतका ठाउँमा क्यामेरा राखिएको जानकारी दिए ।

सातवटा ठाउँमा घुम्ने क्यामेरा जडान गरिएको उनले बताए । सिसिटिभी क्यामेरा जडान गरिएका क्षेत्रमा निगरानीका लागि १२ वटा स्टेसन राखिएका छन् । जोशीका अनुसार सिसिक्यामेरा जडान गर्न राजमार्गमा १०८.५६ किलोमिटर क्षेत्रमा केबल बिछ्याइएको छ ।

प्रतिक्रिया