आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्ड, माधवले देखाए पावर, राजनीतिमा बेग्लै तरङ्ग

प्रकाशित
467
SHARES

काठमाडौ। सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण ९ सय ३ जनालाई प्रदान गर्ने भएको छ । तर, यी ९ सय बढी नेपालीहरुमध्ये पदवी पाउने केही सीमित व्यक्तिहरु अहिले चर्चामा छन्। यसले सत्तामा रहेका राजनैतिक नेताहरुले कसरी पदकको अवमूल्यन गर्दै आफ्नालाई पदक दिलाउँछन् भन्ने पनि उदांगो भएको छ।

पछिल्लो समय काँध थापेर शेरबहादुर देउवालाई सत्तामा पुर्‍याएका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पहुँचका आधारमा आफ्नालाई पदक दिलाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसमा ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गरेकी हुन्।

तर, राष्ट्रपतिले सम्मानित गरिएको भनिए पनि यसरी पदक वितरणमा राष्ट्रपतिको भूमिका सहीछाप गर्ने मात्रै हुन्छ। पदकबाट सम्मानित गरिनेको सूची मन्त्रिपरिषदले तयार गर्ने हो र त्यसलाई राष्ट्रपतिले सदर गर्ने मात्रै हो । यसबाहेक सूचीमा थपघट गर्ने अधिकार राष्ट्रपतिलाई हुँदैन।

मनित्रपरिषदले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई राजनीतिक अभियन्ताको रुपमा प्रसिद्ध प्रबल जनसेवाश्री पदक प्रदान गर्ने निर्णय गरेको छ । यस्तै माधवकुमार नेपालका पिता स्व. मंगल कुमार उपाध्याय नेपाललाई साहित्यकारका रुपमा सम्मान गरिने निर्णय गरिएको छ।

सीता दाहालको योगदान नितान्त दाहाल परिवारलाई राजनीतिक रुपमा अगाडि पढाउन पृष्ठभूमिबाट सघाउनेबाहेक अरु देखिएको छैन । मंगलकुमार उपाध्याय नेपाल पनि नाम सुनिएका साहित्यकार होइनन्। पदबहरु वितरण गर्ने क्रममा व्यक्तिको राष्ट्रका लागि योगदान भन्दा पनि राजनैतिक आस्था र राजनैतिक लाभ दिलाउन सघाउनेहरुलाई प्राथमिकतामा राखिएको देखिएको छ।

सर्वोच्च पदक नेपालरत्न पूर्वप्रधानमन्त्री तथा सन्त नेता स्व. कृष्णप्रदास भट्टराईलाई प्रदान गरिने भएको छ । सम्भवतः उनलाई पदक दिने विषयमा कसैलाई आपत्ति नहोला र नेपाली जनताले उनको योगदानलाई सम्मान गर्नेछन्। यद्यपि उनी नेपाली कांग्रेसका पूर्व सभापति हुन्।

दोस्रो ठूलो मानपदवी राष्ट्र गौरव पदवीबाट पूर्वप्रधानमन्त्री झलनाथ खनाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व. सुवर्ण शमशेर राणालाई प्रदान गरिनेछ। झलनाथ खनाल नेकपा एमालेबाट विद्रोह गरेर अहिलेको सरकार गठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका र पार्टी विभाजन गरेर नेकपा एकीकृत एकीकृत समाजवादीमा गएका नेता हुन् भने सुवर्ण समशेर नेपाली कांग्रेसका पूर्व सभापति हुन्।

महाउज्ज्वल राष्ट्रदीप पदवीबाट सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई सम्मानित गरिनेछ । जबरा उनै हुन् जसले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने परमादेश दिएका थिए।

जबकि नेपालको संविधानमा अदालतले नाम तोकेरै प्रधानमन्त्री नियुक्त गर्ने कुनै प्रावधान छैन। रोचक त के भने उनको नाम गणेशमान सिंह पत्नी तथा चर्चित महिला नेतृ मंगललादेवी सिंह र स्वरसम्राट नारायणगोपालको भन्दा पनि माथि छ।

यसै गरि , सत्तारुढ गठबन्धनमा रहेका दल जनता समाजवादी पार्टी नेपाल जसपाले संविधान दिवस नमनाउने भएको छ।अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गरी संविधानमा अधुरो,अपुरो,त्रुटीपूर्ण विभेदकारी प्रावधान भएको भन्दै आईतबार संविधान दिवसको कार्यक्रममा बहिस्कार गर्ने बताएका छन्।संविधानमा मधेशी,आदीवासी,जनजाति,दलित,महिला,मुस्लिम,थारु समुदायहरुको माग सम्बोधन गर्न नसकेको आरोप लगाएका छन्।

‘संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायत्तता, समानुपातिक समावेशीकरणलगायतका प्रावधान पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा धेरै धाराहरुमा विभेदकारी प्रावधान राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवस २०७८ मा पनि भाग नलिने, विरोध गर्ने’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सबै दलहरुबीच राष्ट्रिय सहमति कायम गरी एमसीसी पास गर्नुपर्ने बताएका छन् ।विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतमा अरुण तेस्रो फर्केर जाँदा देश अन्धकारमा गएकोतर्फ ध्यान दिई पूर्वप्रधानमन्त्रीहरुबीच छलफल गरी यो विकासको योजनामा सहमति कायम गर्नुपर्नेमा जोड दिए।

नेता कोइरालाले साथीभाइसँग सल्लाह गरेर मात्र आफूले केन्द्रीय सभापतिको उम्मेदवारी घोषणा गर्ने बताए। उनले भर्खरै वडा अधिवेशन सुरु भएको, महाधिवेशन प्रतिनिधि, महासमिति र जिल्ला अधिवेशनपछि अध्यक्षको उम्मेदवारी घोषणा सार्वजनिक गर्ने प्रष्ट पारे।

उनले गठबन्धन दलका नेताले दुई प्रदेशमा मुख्यमन्त्री हाम्रो हुनुपर्छ भन्नु गैरजिम्मेवारी हो भन्दै प्रदेश नं १ वा बागमतीमध्ये एक प्रदेशमा मुख्यमन्त्री हाम्रो पार्टीको हुनुपर्छ भने । “वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म जानुपर्छ तर चुनावी तालमेलमा जानु हुँदैन”, उनले भने।

प्रतिक्रिया