आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चुनावमा पत्तासाफ हुने भएपछि नयाँ चाल चाल्दै प्रचण्ड

प्रकाशित
482
SHARES

काठमाडौ। नेकपा एमाले र नेपाली कांग्रेस फरक पार्टी हो। चिन्तन विचार फरक छ । तर कांग्रेस र एमालेबीच यस्तो मित्रता छ जो ठूलो नेतादेखि सानो कार्यकर्तासम्म झल्किन्छ । अहिले फरक गठबन्धनमा भए पनि एमाले र कांग्रेस वैमनश्यता त्यति देखिँदैन जति कम्युनिस्टहरुबीच छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सत्ता गठबन्धनले सरकार चलाइरहेको छ । गठबन्धनमा प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादव सहयात्री छन् । तर यिनै सहयात्रीको कारण प्रधानमन्त्री देउवा भने अफ्ठेरोमा पर्दै गएका छन् । उनलाई असक्षम बनाउनेगरी सहयात्रीहरु लागेका छन् ।

असक्षम भनेर आलोचना सुरु भइसकेको छ । सहयात्रीका कारण देउवाले आफ्नो स्पिरिटमा काम गर्न पाएका छैनन् । यतिसम्मकी दुई महिना कट्दा पनि मन्त्रीमण्डल विस्तार गर्न सकेका छैनन् । यो अवस्थामा कांग्रेस नेताहरुले सत्ता गठबन्धन छाडेर चुनावमा जानुपर्ने बहसमा उत्रिएका छन् ।

यहीँ बेला प्रमुख प्रतिपक्षी एमाले भने प्रधानमन्त्री देउवाप्रति सदासयता देखाएको छ। एमाले कार्यकर्तादेखि नेतासम्म देउवालाई प्रचण्ड ग्याङले असफल बनाउँदै लगेको भन्दै चिन्तित छन् । एमाले सचेतक शान्ता चौधरी गठबन्धनका कारण प्रधानमन्त्री देउवा अक्षमताको मार्गको गएको बताउँछिन् ।

‘गठबन्धनलाई खुसी बनाउन खोज्दा खोज्दै आफू अक्षमताको मार्गमा गएको पत्तै पाउनुभएनछ, लौ बर्बाद,’ चौधरीले चिन्ता व्यक्त गरेकी छन् ।त्यसैगरी एमालेकी विद्यार्थी नेतृ अस्मिता थापा आफ्नै सहयोद्धा सिध्याएका प्रचण्डले देउवामाथि पनि हमला थालेको भन्दै चिन्ता व्यक्त गरेकी छन् ।

‘प्रचण्डपथ आगो हो, कमरेड भन्ने गर्नुहुन्छ आगोसँग नखेल भस्म हुन्छौ, हुनपनि प्रचण्डपथले आफ्नै सहयोद्धा आलोकको सफाया गरो,बादल वैद्य बाबुरामहरुलाई धोबिघाट पुरायो।केपी ओलीलाई सिध्याउन नसकेपछि मादपलाई सडकमा ल्यायो ।

अब प्रचण्डपथले देउवा दाजुमाथि कान्तिपुरमार्फत हमला थाल्यो । बुझौं प्रचण्डपथ,’ उनले कांग्रेसीजनलाई सचेत हुन अनुरोध गरेकी छन् ।एमालेका अन्य नेता कार्यकर्ताले पनि प्रधानमन्त्री देउवा तथा कांग्रेसीजन गठबन्धनका नेताहरुबाट सचेत हुनुपर्ने सुझाव दिइरहेका छन् ।

आफ्नै पार्टीको सरकारलाई कोइरालाले भनेः सरकार अलोकतान्त्रिक छ। देउबा तनाबमा 

सत्तारुढ दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार अलोकतान्त्रिक हिसाबले अघि बढेको आरोप लगाएका छन्।विराटनगरमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले आफ्नै पार्टीको नेतृत्वको सरकारको आलोचना गरेका हुन्।

उनले संसद् छलेर अध्यादेशबाट देश चलाउनु लोकतान्त्रिक तरिका नभएको बताए। उनले भनेका छन्,‘‘चलिरहेको संसद् बन्द गरेर दल विभाजनसम्बन्धी अध्यादेश सरकारले ल्यायो, संसद् छलेर अध्यादेश त ल्याउनु हुँदैन नी। सरकार अलोकतान्त्रिक हिसाबले अघि बढ्दै छ भन्ने कुरा त देखिराख्या छ त।

कांग्रेस नेतृत्वकै सरकार भएपनि गलत कुराहरुको विरुद्धमा बोल्नैपर्ने कोइरालाको भनाइ थियो। सरकार गठन भएको ६७ दिन बित्दा पनि मन्त्रिपरिषद् विस्तार हुन नसक्नु र ५ जनाले सरकार चलाउन नसक्नुलाई लोकतान्त्रिक सरकार भन्न मिल्छ भन्दै कोइरालाले प्रश्न गरेका छन्।

यसै गरि,   नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एमालेमा फर्किएका नेताहरुलाई कमान्डर मान्न नसकिने बताएकी छिन्। शनिबार सिन्धुलीमा आयोजित कार्यक्रममा उनले अध्यक्ष माधवकुमार नेपालको साथ छाड्ने नेताहरुलाई युद्धबाट भाग्ने भगौडा जर्नेलको संज्ञा दिएकी हुन्।

उनीहरुलाई फेरि कमान्डर बनाउन र मान्न नसकिने उनको भनाइ छ। ‘युद्धबाट भाग्नेहरुलाई फेरि ल्याएर कमान्डर बनाउन सकिँदैन’ उनले भनेकी छिन्, ‘युद्धबाट भागेका युद्ध अपराधीजस्तालाई किमार्थ माफी गर्नु हुँदैन। तर सरेन्डर गरे भने ढोका खोल्नुपर्छ। संसारमा युद्ध अपराधीलाई माफी दिएको तमाम इतिहास छ।त्यसैले ढोका बन्द गर्नुहुन्न ।’

विगतमा माधवकुमार नेपाल समूहमा रहेका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृतकुमार बोहरा नेकपा एमालेमै फर्केका थिए।

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधव कुमार लक्षित टिप्पणी गर्दै पार्टीबाट फुटेर गएकाहरुले कुनै राजनीतिक हैसियत बनाउन नसक्ने दाबी गरेका छन्। नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक र राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधनका उनले एमालेबाट चोइटिएकाहरु मासिएर जाने बताएका हुन्।

पोखरेलले भनेका छन्,‘एमालेबाट चोइटिएर जानेहरु सकिन्छन्, मासिएर जान्छन्, विभाजनमा जानेहरुको भविष्य अन्धकारमा जान्छ। उनीहरुको भविष्य अँध्यारो सुरुङभित्र पसिसकेको छ।

प्रतिक्रिया