आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चिनियाँ नेतालाई मृत्युदण्ड, प्रधानमन्त्री ओलीले दिएका थिए रात्रीभोज

प्रकाशित
6K
SHARES

एजेन्सी।  नेपाली प्रधानमन्त्रीसँग भेटेका चिनियाँ नेतालाई मृ’त्युद’ण्ड, एमाले अध्यक्ष केपी शर्मा  बौद्धस्थित ह्यात होटेलमा रात्रीभोज दिएका थिए।

चीनको सान्सी प्रान्तीय सत्तारुढ कम्युनिष्ट पार्टीका पूर्वसचिवलाई अदालतले घु’स लिएको अभियोगमा मृ’त्युद’ण्डको फैसला सुनाएको छ । सचिव चाओ चङ्योङ् झण्डै १३ अरब १७ करोड रुपैयाँ बराबरको घुस प्रकरणमा मु’छिएको आ’रोप पुष्टि भएसँगै यति ठूलो द’ण्ड सजायँ तोकिएको हो ।

१२ औं नेशनल पिपुल्स कँग्रेस (संसद्) को आन्तरिक तथा न्यायिक समितिका उपाध्यक्ष एवम् सान्सी (ऐतिहासिक सिल्क रुटको प्रस्थान विन्दु र टेराकोटा संग्रहालय रहेको सियान शहर) का प्रान्तीय कमिटी सचिव चाओले थि’ए’न्चिन नगरपालिकास्थित नम्बर १ जनअदालत सामुन्ने आफ्नो अ’परा’ध स्वीकारेको बताइन्छ ।

प्राप्त समाचारअनुसार अदालतसमक्ष पुनरावेदन गरेमा सजायँ दुई वर्षसम्म निलम्बन हुनसक्ने छ । साथै जीवनभर राजनीतिक अधिकारबाट वञ्चित हुनेगरी निजी सम्पत्ति सबै ज’फत गरेर आजन्म कारावासको सजायँमा पनि परिणत हुन सक्छ । तर चाओले आफूले अदालतको निर्णय पालना गर्ने तर कहिँ कतै पुनरावेदन भने नगर्ने बताएका छन् ।

चाओले सन् २०१५ मा नेपाल भ्रमण गरेका थिए । उनलाई त्यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओलीले बौद्धस्थित ह्यात होटेलमा रात्रीभोज दिनुभएको थियो भने तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासँग त औपचारिक भेट नै भएको थियो । उनै चिनियाँ नेतालाई भ्रष्टाचारको आरोपमा जुलाई ३१ का दिन मृत्युदण्डको सजायँ सुनाइएको हो ।

 

यो पनि : बेइजिङले कोभिड प्रभाबित क्षेत्रबाट हुने आन्तरिक यात्रामा प्रतिबन्ध लगाउने

कोभिड–१९ को सङ्क्रमण भएका क्षेत्रहरूबाट चीन आएका यात्रीहरूमाथि प्रतिबन्ध लगाएर कोभिड–१९ महामारी फैलिन नदिन चीनको राजधानी बेइजिङले विभिन्न उपायहरू तय गरेको छ ।

ग्लोबल टाइम्सका अनुसार बेइजिङमा फर्कने योजना बनाएका मध्यम वा उच्च जोखिम भएका क्षेत्रका वासिन्दाहरूलाई हवाई तथा रेल सेवाका लागि टिकट बिक्री तत्कालका लागि रोकिनेछ । बेइजिङका अधिकारीहरुले मध्यम र उच्च जोखिमयुक्त क्षेत्रमा रहेका मानिसहरुका लागि स्वास्थ्य कोडलाई अझै जोखिमको क्षेत्र सङ्केत गर्ने ‘पहेँलो रङ’ मा राखिनेछ ।

स्वास्थ्य सङ्केत हरियो भएका स्थानका मानिसहरूले भने कुनै अवरोध बिना बेइजिङतर्फ जाने विमान वा रेलमा चढ्न दिइने छ । चीनका विभिन्न प्रान्त वा सहरबाट नै राजधानी बेइजिङ जान हरियो सङ्केत हुनुु जरुरी हुनेछ ।

चीनका थुप्रै शहरहरूमा पुनः कोभिड–१९ सङ्क्रमित भेटिन थालेपछि र उनीहरूमा समुदायबाटै सङ्क्रमण सरेको पुष्टि भएपछि चीनको राजधानीमा उच्च सतर्कताका लागि यो कदम चालिएको हो । चीनका १५ प्रान्त तथा नगरपालिकाहरूमा ५०० भन्दा बढी व्यक्तिमा ‘डेल्टा भेरियन्ट’ को प्रभाब देखिएको छ ।

बेइजिङको ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलले नान्जिङ, याङजाउ र झाङजियाजी जस्ता सङ्क्रमित भेटिएका र सङ्क्रमित रहेको १५ शहरबाट उडान भर्न रोक लगाएको घोषणा गरेको छ ।

विमानस्थलका उप महाप्रबन्धक वेन वुले भन्नुभयो, “बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलले नान्जिङ, याङजाउ र झाङजियाजी जस्ता १५ सहरबाट उडान मार्गलाई अर्को सूचना जारी नहुँदासम्मका लागि निलम्बन गरेको छ । वुले उडानमा लगाइएको प्रतिबन्ध सङ्क्रमण बिस्तार नहोस भनेर गरिएको बताउनुभयो ।

यसैबीच, नयाँ कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि बेइजिङ अन्तर्राष्ट्रिय फिल्म मेला स्थगित गरिएको स्पुतनिकले गत बिहीबारको घटनाको आधिकारिक बयान उद्धृत गर्दै रिपोर्ट गरेको छ ।

“देशका धेरै क्षेत्रहरूमा हालै महामारीको प्रकोपका कारण, सुरुमा अगस्त १४–२१ का लागि तय गरिएको ११ औं बेइजिङ इन्टरनेशनल फिल्म फेस्टिभल सामान्य सुरक्षा र स्वास्थ्यका कारण स्थगित गरिनेछ,“ मेला आयोजक समितिले जानकारी गराएको छ । तथापि, आयोजकहरूले यो मेला कहिले हुनेछ भन्नेबारे केही नबताएका स्पुतनिकले उल्लेख गरेको छ ।

विवाह गरीसकेकी वेहुली नवौं पटक बेहे गर्न लाग्दा पक्राउ, स्वास्थ्य जाँच गर्दा उड्यो होस्

पैसाको लागि मानिसले के सम्म गर्न सक्छ । तपाईले कल्पना गर्न सक्छु हुन्छ ? कसैले विवाहलाई नै ब्यवसाय बनाएको हुन्छ । भारतको पटियालामा एउटा त्यस्तै घटना भएको छ । ८ पटक विवाह गरेकी एक बेहुली पक्राउ परिन् । पटियालामा बस्ने यि युवती र श्रीमान सहितका उनका परिवारले विवाहलाई नै ब्यवसाय बनाएका थिए ।

यो कथा कुनै टिभी सिरियल भन्दा कम छैन। एक केटीको बिहे हुन्छ। विवाह पछि उनी राम्रो जीवन बिताउन चाहन्थिन्। तर पैसा राम्रो जीवन बिताउन को लागी आवश्यक थियो, र पैसा उनीसंग थिएन। त्यहीँबाट उसले अरु केहि सोच्न थालिन् । उनले विवाहलाई ब्यापार बनाउने निर्णय गरीन् ।

यो निर्णयसंगै घरका परिवारका सदस्य पनि परिवर्तन भए । श्रीमान् भाइ बने , सासु आमा बनिन् र नन्द अमाजू र भाउजूले दिदी बहिनीको भूमिका निभाउन थाले । त्यसपछि सबै मिलेर ति बेहुलीका लागि नयाँ बेहुला खोज्न थाले । यस्तो गरी गरी ति महिलाको विवाह ८ ठाउँमा हुन्छ । विवाह गर्दै वेहुलाको सम्पत्ती र पैसा लिएर वेपत्ता हुन्थिन् ।

तर जब नर्वौ विवाह गर्न लागेकी थिइन् उनको वास्तविकता खुल्छ । पक्राउ परेकी उनको स्वास्थ्य जाँच गरिन्छ । त्यसपछि सबैको होस् उड्छ । स्वास्थ्य जाँचवाट थाहा हुन्छ उनी त एचआइभी पोजेटिभ रैछन् । अनुसन्धानमा सहभागी प्रहरीका अनुसार उनले अझै धेरै विवाह गरेको हुनसक्छ । अझै ३ वटा जति विवाहको घटना प्रहरीमा आउन सक्ने ति अफिसरले बताएका छन् ।

मध्यरातमा पुरूषको ह’त्या, आरोपितलाई पक्राउ गर्न जाँदा प्रहरीमाथि हमला

पूर्वी चितवनको राप्तीमा छिमेकीले र’ड प्र’हा’र ग’र्दा एक जनाको मृ’त्यु भएको छ। मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नम्बर ९ शितलपानीका ५९ वर्षीय कान्छा लामा छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार छिमेकी ५० वर्षीय दशरथ मल्लले शुक्रबार राति पौने १० बजे बाटोमा हिँडिरहेको अवस्थामा र ड प्र हा र गरी ह,’त्या गरेका हुन्। प्रहरी उपरीक्षक ओम अधिकारीका अनुसार पुरानो रिसिइबीका कारण म,दि रा सेवन गरी ह,’त्या ग’रेको बुझिन आएको छ।

घटनापछि मल्ललाई पक्राउ गरेर ल्याउने क्रममा स्थानीयले ढुं गामुढा गरेका थिए। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फा’यर र अ श्रु ग्यास समेत प्र हार गरेको उनले बताए।

सोही क्रममा झ डप हुँदा प्रहरी निरीक्षक रोशन खड्कासहित पाँच प्रहरी र दुई स्थानीयबासी घाइते भएका छन्। खड्काको आँखामा चो ट लागेको छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरी उपरीक्षक अधिकारीले बताए। राति नै आरोपित मल्ललाई भरतपुर ल्याइएको छ। श व पो ष्टमार्टमको लागि भरतपुर अस्पताल लगिएको छ।

प्रतिक्रिया