आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

योगश भट्टराईलाई चिठ्ठा, ओलीले दिए यति ठूलो जिम्मेवारी

प्रकाशित
1.1K
SHARES

काठमाडौ।  नेकपा एमालेका सचिव गोगेश भट्टराईलाई चिठ्ठा परेको छ । अध्यक्ष केपी शर्मा ओलीले तेश्रो धारका नेताहरुलाई अपमान गरेको विषयमा बहस भइरहेका बेलामा भट्टराईलाई चिठ्ठा परेको हो । उनले असार २७ मा भएको १० बुँदे सहमतिलाई कार्यान्वयनमा लैजाने क्रममा नेकपा एमालेको प्रचार विभागको जिम्मेवारी सचिव भट्टराईलाई सुम्पिएका हुन् ।

योगेशले शुक्रबारदेखि औपचारिक रुपमा यो जिम्मेवारी सम्हालेका छन्। पार्टी केन्द्रीय कार्यालय थापाथली हाइटमा शुक्रबार बसेको प्रचार विभागको बैठकमा प्रदीप ज्ञवालीले भट्टराईलाई जिम्मेवारी हस्तान्तरण गरेका हुन्। १० बुँदे सहमति अनुसार पार्टीलाई सर्लक्कै २ जेठ २०७५ को अवस्थामा फर्काउने विषयमा विवाद चलिरहेका बेला योगेशले प्रचार विभागको जिम्मेवारी औपचारिक रुपमा सम्हालेका हुन्।

यद्यपि प्रवक्तामा भने अर्का सचिव प्रदीप ज्ञवाली यथावत रहेका छन्। ज्ञवाली २०७७ फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि माधवकुमार नेपाल समूहहरु नफर्किसकेको अवस्थामा एमाले बैठकबाट प्रचार विभाग प्रमुख र प्रवक्ता बनेका थिए।

फागुन २३ को फैसलापछि ब्यूँतिएको एमालेमा प्रवक्ता पद सिर्जना गरेर ज्ञवालीलाई जिम्मेवारी दिइएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट आएका नेताहरुलाई समेत ठाउँ राखेर त्यही अनुसार पार्टीलाई जेठ २ मा फर्काउने अडान लिएका छन्।

उनले खास गरी बागमती प्रदेश इन्चार्जबाट रामबहादुर थापा बादल र सुदूरपश्चिम प्रदेशबाट लेखराज भट्टलाई इन्चार्जको भूमिकाबाट हटाउन अस्वीकार गरिरहेका छन्। दुवै प्रदेशमा २०७५ जेठ २ को अवस्थमा अष्टलक्ष्मी शाक्य र भीम रावल इन्चार्जको भूमिकामा थिए।

माओवादीलाई पहिलो बन्न कसैले रोक्न सक्दैन : देवेन्द्र पौडेल

नेकपा माओवादी केन्द्रले पार्टी पुनर्निर्माण र रूपान्तरण गर्दै अघि बढ्ने सङ्कल्प गरेको छ । त्यसका लागि आफ्ना पार्टी संरचनालाई चलायमान बनाउनुका साथै जनतासँग प्रत्यक्ष जोडिने तथा कार्यशैली र व्यवहारमा फरक ल्याउने माओवादीका नेताहरू बताउने गर्छन् ।

तर, यसैबेला माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने पार्टीको भविष्यलाई लिएर गम्भीर र चिन्ताजनक अभिव्यक्तिहरू पनि दिने गरेका छन् । कहिले क्रान्ति त कहिले माओवादी विघटनको कुरा गर्ने प्रचण्डले किन यस्ता भावुक अभिव्यक्ति दिँदैछन् ?

यस्तै प्रश्नको जवाफ खोज्न रातोपाटीले माओवादी स्थायी समिति सदस्यसमेत रहेका नेता देवेन्द्र पौडेललाई सोधेको छ– के माओवादी साँच्चै पुनर्निर्माण र रूपान्तरण हुन लागेको हो ?

​लोकबहादुरको भाइबारे अनुसन्धान गर्न प्रदेश १ को प्रहरी टोली संखुवासभामा

संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा भएको सामुहिक हत्याकाण्डको थप अनुसन्धानका लागि प्रदेश १ प्रहरी कार्यालयबाट अनुसन्धान टोली संखुवासभा आइपुगेको छ । हत्याकाण्डपछि हराइरहेको रञ्जनाको मोबाइल लोकबहादुरको घरबाट बरामद भएपछि थप अनुसन्धानका लागि प्रदेश प्रहरीको टोली संखुवासभा आइपुगेको हो ।

प्रदेश नम्बर १ का प्रहरी प्रमुख डिआइजी अरुण कुमार बिसीका अनुसार हत्यामा भाइको संलग्नताबारे अनुसन्धान गर्न प्रहरी टोलीलाई संखुवासभा पठाइएको हो । हत्याको अनुसन्धान गरी बिराटनगर फर्किएको प्रहरी टोली लोकबहादुरको भाइ नरेश कार्कीको संलग्नताको खोजी गर्दै फेरि संखुवासभा फर्किएको हो ।

भदौ २१ गते बिहान भएको हत्याकाण्डपछि मृतक रञ्जना कार्कीको मोबाइल हराइरहेको थियो । सो दिन बिहान ५ः४४ बजे रञ्जनाको ओप्पो कम्पनीको मोबाइलको स्विच अफ भएको थियो । प्रहरीले उक्त मोबाइलको खोजी गर्ने क्रममा लोकबहादुरका भाइ नरेश कार्कीले उक्त मोबाइल चलाएको पाइएपछि नरेशलाई बुधबार नरेशलाई समेत नियन्त्रणमा लिइएको थियो ।

नरेशले उक्त मोबाइल कहाँबाट कसरी पाए भन्ने सम्बन्धमा थप अनुसन्धान गर्न अनुसन्धान टोली पुनः संखुवासभा फर्किएको हो । यद्यपि हत्याका आरोपी लोकबहादुरले अहिलेसम्म पनि हत्यामा आफ्नो मात्रै संलग्नता रहेको बताइरहेका छन् । तर घटनामा नरेश मतियार पो थिए कि भन्ने पाटोको अनुसन्धान गर्न अनुसन्धान टोलीलाई संखुवासभा पठाइएको डिआइजी बिसीले रातोपाटीलाई बताए ।

यसअघि हत्यामा नरेशको समेत संलग्नता रहेको वा हत्या हुँदै गर्दा नरेशले समेत देखेको समाचार बाहिर आएको थियो । तर प्रहरीले समाचार आएकै दिन विज्ञप्ति निकालेर कोही पक्राउ नपरेको स्पष्टीकरण दिएको थियो ।

पक्राउ परेको लोकबहादुरका भाइ नरेश कार्कीले भने उक्त मोबाइल आफ्नो घरमा भेटिएको बयान दिएकाले मोबाइलका सम्बन्धमा थप अनुसन्धानका लागि टोली पठाइएको प्रदेश प्रहरीले जनाएको छ । उक्त हत्याकाण्डमा मोबाइल फोन एउटा महत्वपूर्ण प्रमाणका रुपमा रहेको छ ।

प्रतिक्रिया