आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मलाई गोली हानेर मा’रिदिनु तर तालिबानको हातमा नसुम्पिदिनु

प्रकाशित
464
SHARES

एजेन्सी । अफगानिस्तानमा तालिबानको शासन सुरु भएपछि त्यहाँ कला र संस्कृतिसँग सम्बनिधत मानिसहरु अहिले भूमिगत भएका छन् वा भागेका छन् । अफगानिस्तानकी लोकप्रिय पपस्टार आर्यना सइद ती हजारौं मानिसहरुमध्ये एक थिइन् जो १५ अगष्टका दिन काबुल विमानस्थलबाट निस्केर विदेश जान चाहन्थिन् ।

सइदजस्तै लगभग एक लाख अफगानीहरुले अफगानिस्तान छोडिसकेका छन् जो संगीतकर्मी, कलाकार, पत्रकार, महिला खेलाडी हुन् ।सइद अहिले टर्कीमा छिन् । उनले भाइस वर्ल्ड न्यूजसँग कुरा गर्दै भनिन् ‘मैले हुनेवाला पतिसँग भनेकी थिएँ कि यदि तालिबानले मलाई घेरे भने मलाईै टाउकोमा गोली हानिदिनु ।

मैले आत्मघाती बम आक्रमण देखेकी छु यसबाहेक अन्य कैयौं खतरा देखेकी छु तर म सबैभन्दा बढी त्यसबेला आत्तिन्छु जब म सोच्छु कि तालिबानले मलाई जिउँदै समाते भने मेरो हालत के होला , म संगीत बनाउँछु, महिलाहरुलाई सहयोग गर्छु । म तालिबानको मुख्य निशाना हुन्थें ।’

सइद आफ्ना हुनेवाला पतिका कारण अफगानिस्तानबाट भागेकी थिइन् । उनका अनुसार अफगानिस्तानमा जतिबेला तालिबानको राज थियो, कुनै संगीत बज्दैनथ्यो । संगीतले कुनै देशको संस्कृति, पहिचान र जनताको बारेमा बताउने उल्लेख गर्दै उनले बिना संगीत कुनै देश जमिनको टुक्रा मात्र हुने बताइन् ।

तालिबानले १९९६ देखि २००१ को बीचमा संगीतका उपकरण नष्ट गरेको थियो, सिडी र क्यासेट नष्ट गरेको थियो र कुनै पनि संगीतलाई गैर इस्लामी घोषित गरेको थियो । पछिल्लो २० वर्षमा अफगानिस्तानमा कविता, फिल्म, संगीत र कलासँग सम्बन्धित गतिविधि निकै वृद्धि भएका थिए र अफगानिस्तानमा कैयौं नयाँ कलाकारहरु देखिएका थिए ।

पछिल्लो केही समययता देखिएका यी कलाकर्मीहरुसँग अफगानिस्तानको कला अब भने खतरामा परेको छ । तालिबानले फवाद अन्द्राबी नामका एक लोकप्रिय गायकलाई मारिदिएपछि अफगानिस्तानको कलाकर्मी समुदाय त्रसित छ । अहिले काबुलमा रहेको एक संगीत स्कुल बन्द गरिएको छ । केही समयअघि तालिबानले अफगानिस्तानका एक लोकप्रिय हास्य कलाकारलाई पनि मारेको थियो ।

पछिल्लो समय अफगानिस्तानका कलाकर्मीहरुले आफूले सृजना गरेका कलालाई नष्ट गरिरहेको रिपोर्ट पनि सार्वजनिक भएका छन् । सइदले भने अझै पनि संगीत सिर्जना जारी राख्ने बताएकी छिन् । इस्तानबुलमा रहेर संगीत सिर्जना गरिरहने र तालिबानका विषयमा आफ्ना अनुभव सार्वजनिक गरिरहने बताउँदै उनले भनिन् ‘यो निकै संवेदनशील समय हो । विश्वले अफगानिस्तानलाई यति सजिलै बिर्सन सक्दैन ।

तालिबान शासनको एक महिना, जनजीवन कस्तो छ ?

अफगानिस्तानको उज्बेकिस्तान सीमामा एउटा कार्गो ट्रेन हालै घोषणा गरिएको ‘इस्लामिक इमिरात’मा प्रवेश गर्छ। उज्बेक झण्डा नजिकै तालिबानको सेतो र कालो झण्डा फहराइरहेको छ। केही व्यापारीहरूले तालिबान सत्तामा फर्केको कुराको स्वागत गरेका छन्।

गहुँ बोकिरहेको ट्रकका चालकले मलाई भने, “पहिले प्रहरी ‘चेकपोइन्ट’हरूमा घुस खुवाउनुपर्थ्यो। अहिले त्यस्तो केही छैन। म काबुलसम्म एक पैसा नतिरी ट्रक चलाउन पाउँछु।”तालिबानले अफगानिस्तानमा नियन्त्रण जमाएको ठिक एक महिना पुगेको छ। अहिले त्यहाँ नगद अभाव छ र मुलुकले ठूलो आर्थिक सङ्कट भोगिरहेको छ।

व्यावसायिक समुदायका एक श्रोतले अफगानी आयातकर्ताहरूले रकम तिर्न नसकेकाले व्यापारको तह निकै खस्केको हामीलाई बताएका छन्। हेरातन बन्दरगाहमा तालिबानी भन्सार प्रमुख मौलवी साइदले व्यापार प्रवर्द्धन गर्न कर कम गर्न लागेको र धनी व्यापारीलाई देश फर्कन प्रोत्साहन गर्ने जनाएका छन्।

उनी भन्छन्, “त्यसले रोजगारी सिर्जना गर्नेछ र पछि व्यवसायीहरूलाई पुरस्कृत पनि गरिनेछ।” मोटरबाट एक घण्टाको दूरीमा रहेको देशको चौथो शहर मजर-ए-शरिफमा बाहिरबाट हेर्दा स्थिति सामान्य जस्तो देखिन्छ तर धेरैजना आर्थिक समस्या झेलिरहेका छन्।

म यहाँको निकै मेहनत गरेर बनाइएको निलो रङको मस्जिद पुगेँ। तालिबानले नियन्त्रणमा लिने बित्तिकै आइपुगेको थिएँ त्यस बेला युवा युवतीहरू सेल्फि लिइरहेका थिए। अहिले तालिबानले महिला र पुरुषका लागि मस्जिद आउने समय फरक बनाइदिएको छ।

महिलाहरू बिहान जान पाउँछन् र पुरुषहरू त्यसपछिको जुनसुकै समयमा। हामी गएका बेला त्यहाँ निकै महिलाहरू यता उता गरिरहेका थिए। एक महिलाले डराइ डराइ भनिन्, “यहाँ ठिकै छ, शायद मानिसहरूलाई नयाँ व्यवस्थामा बानी पर्न समय लाग्छ।”

मैले एक जना स्थानीय तालिबान नेता हजी हकमतलाई भेटेँ। आलोचकहरूले उनलाई त्यहाँको संस्कृति मासेको आरोप लगाएका छन्। उनको जवाफ, “होइन, पश्चिमा प्रभाव यहाँ २० वर्षदेखि रहँदै आएको छ। अफगानिस्तानमाथिको नियन्त्रण एक विदेशी शक्तिबाट अर्कोमा ४० वर्षसम्म रह्यो। हामीले हाम्रो मूल्यमान्यता र संस्कार गुमाएका छौँ। हामी हाम्रो संस्कृति फर्काउन लागिपरेका छौँ।”

उनले बुझेको इस्लाममा महिला र पुरुष एक ठाउँमा घुलमिल गर्न प्रतिबन्धित छ। उनी तालिबानलाई जनताको समर्थन छ भन्नेबारे आश्वस्त छन्। तर उनी नजिकैकी एक महिलाले उनसँगै भएकी अर्की महिलालाई कानमा भनिरहेकी थिइन्, “यिनीहरू असल मान्छे होइनन्।”

ग्रामीण भेगमा तालिबानले भनेको इस्लामबारे त्यति धेरै प्रतिरोध नहुन सक्छ तर ठूला अफगान शहरहरू मानिसहरू उनीहरूप्रति सशङ्कित छन्। हजी हकमतले वर्षौँको ‘कुप्रचार’का कारण उनीहरूप्रति अविश्वास रहेको भन्छन्। तर आत्मघाती बम विस्फोट र शहरी क्षेत्रमा निशाना बनाएर गर्ने गरिएको हत्याका कारण पनि त्यस्तो वातावरण बनेको हो।

हामी मस्जिदबाट बाहिरिँदै गर्दा एउटा ठूलो रोमाञ्चित समूह सडक छेउमा थियो। हामी शहरको केन्द्रमा पुग्दा त्यहाँ गोली लागेका चारवटा शव राखिएका थिए। एउटा शवमाथि कागजको चिर्कटोमा मारिएका मानिसहरू अपहरणकारी रहेको र अरू अपराध गर्नेको पनि त्यस्तै हालत हुने सन्देश लेखिएको थियो।

चर्को घाममा मृत शरीरको गन्धबीच मानिसहरू एकभन्दा अर्को राम्रो फोटो खिच्ने धुनमा थिए। अफगानिस्तानका ठूला शहरमा हिंस्रक अपराध लामो समयदेखि प्रमुख समस्याका रूपमा रहँदै आएको छ। एक जना व्यक्तिले “ती व्यक्तिहरू अपहरणकारी थिए भने त्यस्तो सजाय दिनु ठिकै हो किनभने त्यसले अरूलाई पाठ सिकाउँछ” भने।

तर शहरका कैयौँ मानिस सुरक्षित महसुस गर्दैनन्। कानुनकी विद्यार्थी फर्जानाले हामीलाई भनिन्, “हरेक पटक घर बाहिर निस्कँदा जब तालिबान देख्छु म डरले थरथर काँप्छु।” उनी पढ्ने गरेको लगायतका निजी विश्वविद्यालयहरू खुला छन् तर सरकारी विश्वविद्यालयहरू बन्द छन्।

नयाँ तालिबान कानुन अनुसार एउटै कक्षामा पढ्ने महिला र पुरुष विद्यार्थीहरूबीच पर्दा लगाएर पढाउनुपर्छ। फर्जानाको प्राथमिकतामा त्यो पर्दैन। उनलाई चाहिँ तालिबानले महिलालाई काम गर्न दिँदैनन् भन्ने कुराले पिरोलेको छ जुन तालिबानले प्रतिबन्ध गरेको छ। अहिलेका लागि शिक्षक वा डाक्टर बाहेक अन्य पेशाका महिलाहरूलाई घरै बस्न भनिएको छ।

“अहिले त म निराश छु,” फर्जाना भन्छिन्, “तर भविष्यका लागि आशावादी बन्न म हर प्रयत्न गरिरहेकी छु।” यो भन्दा अगाडि तालिबानहरू शक्तिमा आउँदा उनीहरूले अहिलेको भन्दा कडा प्रतिबन्ध लगाएका थिए। उदाहरणका लागि त्यस बेला महिलाहरूलाई पुरुष सदस्यको साथ बिना घर बाहिर निस्कन मनाही थियो।

अफगान शहरहरूको अहिलेको ठूलो त्रास नै अन्तत: महिलाहरूका लागि त्यस्तै व्यवस्था गरिनेछ कि भन्ने रहेको छ। अहिले तालिबानले देशमाथि पूर्ण नियन्त्रण जमाएका छन् तर उनीहरूले धेरै बासिन्दाको मन जित्न बाँकी छ। हजी हकमत स्विकार्छन्, “देशमाथि सैन्य नियन्त्रण जमाउन गाह्रो काम थियो अब विधिको शासन कार्यान्वयन र त्यसको संरक्षण झन् मुस्किल छ।

प्रतिक्रिया