आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकी राष्ट्रपतिलाई अमेरिकामै तालिबान बनाएपछि हंगामा

प्रकाशित
625
SHARES

एजेन्सी। अमेरिकामा राष्ट्रपति जो बाइडेनको विरोध भएको छ। बाइडेनलाई तालिबानजस्तो बनाएर उनको विरोध गरिएको हो। अमेरिकाको पेन्सिल्भेनिया राज्यका विभिन्न ठाउँमा यतिबेला बाइडेनको फोटो देख्न सकिन्छ। राजमार्ग छेउछाउका होर्डिङ बोर्डमा बाइडेनलाई तालिबानजस्तो बनाएर उनको फोटो टाँसिएको छ।

फोटोमा उनलाई तालिबानको पोशाक र आरपीजी हतियार पहिराइएको छ। ती होडिङ बोर्डमा लेखिएको छ,‘मेकिङ तालिबान ग्रेट अगेन’ अर्थात् बाइडेनलाई तालिबानलाई फेरि महान् बनाउँदैछन्।

हिन्दुस्तान टाइम्सका अनुसार होर्डिङ बोर्ड राख्ने व्यक्ति रिपब्लिकन पार्टीका पूर्व सिनेटर स्कट वागनर हुन्। फक्स न्युजसँगको कुराकानीमा उनले हतार–हतार अफगानिस्तानबाट अमेरिका फर्किँदा तालिबानहरू बलिया भएको र यसमा अमेरिकी राष्ट्रपति बाइडेन जिम्मेवार रहेको बताएका छन्।

बाइडेनप्रति असन्तुष्टिकै कारण आफूले १५ हजार डलर खर्च गरेर यस्तो होर्डिङ बोर्ड लगाएको उनले बताएका छन्। दुई महिनासम्म ती होडिङ बोर्डको ठाउँ आफूले किनेको उनको भनाइ छ।

बलात्कारपछि हत्या आरोपीको टाउकोको मूल्य १६ लाख, मन्त्रीले भने ‘इन्काउन्टरमा मारिदिन्छौं’

तेलंगनाको हैदराबादमा केही दिनअघि ६ वर्षकी एक बालिकाको पहिले बलात्कार र त्यसपछि हत्या गरेर फरार आरोपीको पुलिसले खोजी गरिरहेको छ । यो घटनाले त्यहाँका जनता निकै आक्रोशित भएका छन् । उनीहरुले आरोपीलाई कडा सजाय दिन माग गरिरहेका छन् । यही बीच तेलंगना सरकारका मन्त्रीले ती आरोपीलाई इन्काउन्टरमा गोली हानेर मारिदिने बताएको एनडिटिभीको एक रिपोर्टमा जनाइएको छ ।

तेलंगना सरकारका श्रीम मन्त्री मल्ला रेड्डीले हैदराबादमा भएको यो घटनाबारे मिडियासँग कुरा गर्दै पीडितले छिटै न्याय पाउने बताए । मल्ला रेड्डीले भने ‘ हैदराबादकी बच्चीको हत्या गर्नेले कडा सजाय पाउनुपर्छ । हामी उसलाई गिरफ्तार गर्नेछौं त्यसपछि इन्काउन्टरमा मारिदिनेछौं ।’ मन्त्रीले छिटै पीडित परिवारलाई भेट्ने र उनीहरुलाई सहयोग गर्ने पनि बताए । परिवारलाई हरेक किसिमले सहयोग गर्ने बताउँदै उनले अगाडि बढेर इन्काउन्टरको कुरा गरे त्यसपछि आरोपीलाई नछोड्ने बताए ।

यो घटनाका विषयमा जनतामा बढ्दो आक्रोशका बीच सोमबार सांसद रेवाथ रेड्डीले पीडित परिवारलाई भेटेका छन् । हैदराबादसहित तेलंगनाका विभिन्न स्थानमा यो घटनालाई लिएर विरोध प्रदर्शन भइरहेका छन् । जनताको प्रदर्शन र जुलुश लगातार बढिरहेका छन् । जनताले मैनबत्तीसहित जुलुस निकालेर न्यायको माग गरेका छन् ।

घटना ९ सेप्टेम्बरमा भएको थियो । त्यस दिन ६ वर्षकी बालिकालाई पहिले बलात्कार गरेर हत्या गरिएको थियो । बालिकाको शव एउटा बन्द घरभित्र भेटिएको थियो । पुलिसले यस घटनामा दोषी भएको आरोपमा ३० वर्षका एक व्यक्तिको खोजी गरिरहेको छ । यी आरोपी बालिकाका छिमेकी भएको बताइएको छ । पुलिसले १५ टिम बनाएको छ र सबै टिमले यी आरोपीको खोजी गरिरहेको छ ।

मध्य प्रदेश र आन्ध्र प्रदेशमा पनि आरोपीको खोजी भइरहेको छ । हैदराबाद पुलिसले आरोपीको टाउकोको मूल्य १० लाख भारतीय रुपैयाँ (१६ लाख नेपाली रुपैयाँ) तोकेको छ । आरोपीलाई छिटो पक्राउ गर्न यो पुरस्कार घोषणा गरिएको हो । तृलंगनाको राजनीतिमा यो मुद्दाले ठूलो हलचल ल्याएको छ जसले गर्दा पुलिसमाथि पनि छिटो एक्सन लिन ठूलो दबाब परेको छ ।

प्रतिक्रिया