आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

तेस्रो धारका नेताहरुसँग आँट र विद्रोह गर्ने हैसियत अलिकति पनि देखिएन, माधव नेपाल

प्रकाशित
531
SHARES

काठमाडौं। नेकपा  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो दलमा युवा, सामाजिक क्षेत्र र अन्य दलका कार्यकर्ताको आकर्षण बढिरहेको बताएका छन् । प्रस्तावित समाजवादी प्रेस सङ्गठन नेपालसँग आबद्ध पत्रकारसँगको आज यहाँ आयोजित अन्तरक्रियामा उहाँले पार्टी जबजको मूल्यमान्यता कायम राख्दै सामाजिक न्याय, उत्पादनमा वृद्धि र समान वितरणका साथ वैज्ञानिक समाजवादको दिशातर्फ अघि बढ्ने बताए ।

उहाँले पार्टीमा सामाजिक चेतना वृद्धि, युवा हस्तान्तरण, विचार एवं सोचमा परिवर्तन, जनतासँग सम्बन्ध, आचरणमा सुधारमा जोड दिने कुरामा नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीसँग मतभेद बढेको बताउँदै ओलीले सङ्कटका बेलामा मात्र वार्ता र सम्झौताको कुरा गर्ने गरेको स्मरण गरे ।

आफूसँग असहमति राख्नेप्रति ओलीको असहिष्णु प्रवृत्ति रहने गरेको आरोप लगाउँदै नेता नेपालले त्यसको भण्डाफोर गर्नुपर्नेमा जोड दिनुभयो । उनले पार्टीमा तेस्रो धार भनिएकाहरु आँट र विद्रोह गर्न नसक्ने र अध्यक्षसँग गल्ने स्वभावका भनेर समेत आरोप लगाए ।

एक प्रसङ्गमा उनले भने, “पूर्वप्रधानमन्त्री नेपालले एमसीसी कम्प्याक्ट गर्दा नेपालले असंलग्न नीति परित्याग गर्न नहुने, कुनै सैन्य सङ्गठन र सुरक्षा छाताभित्र नरहने, नेपालले स्वतन्त्र निर्णय गर्न पाउनुपर्ने, बौद्धिक सम्पत्तिमाथि अधिकार र जग्गाको स्वामित्व तथा लेखापरीक्षण नेपालकै हुनुपर्ने तथा परियोजनामा नेपाली कर्मचारी र श्रमिक रहनुपर्नेमा स्पष्ट पारे ।

आगामी निर्वाचनसम्म पाँच दलीय मोर्चा कायमै राखिने बताउँदै उहाँले अध्यादेशलगायत विषयले सरकार विस्तारमा ढिलाइ भइरहेको स्वीकार गरे । वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ संयोजक तथा १५१ सदस्यीय कार्यसमिति रहने समाजवादी प्रेस सङ्गठन नेपाल दर्ताको प्रक्रियामा रहेको जानकारी पनि सो अवसरमा दिइएको थियो ।

यसै गरि , नेकपा एमालेका सचिब पृथ्वी सुब्बा गुरुङले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर प्रश्न उठाएका छन् । लुम्बिनी प्रदेशमा सत्ता परिबर्तनप्रति चिन्तित हुदै सचिब गुरुङले अध्यक्ष ओलीकै कारण एमाले खरानी बन्न सक्ने बताएका हुन ।

अध्यक्ष ओलीमा बिकसित भएको अहंकार, दम्भ र ब्यक्तिबादले पार्टी समाप्त हुन सक्ने खतरा उत्पन्न भएको उनको भनाई छ । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनबाट गम्भीर शिक्षा लिदै नेकपा एमालेले सामुहिक नेत्तृत्व प्रणालीलाई अपनाए पनि अध्यक्ष ओलीले यसको पालना नगर्दा पार्टी बिघटनको दिशातिर उन्मुख भएको उनको भनाई छ ।

‘हाम्रो मौजुदा बिधानले नै सामुहिक नेत्तृत्व प्रणालीलाई अंगीकार गरेको छ । तर अध्यक्ष ओली उत्तर कोरियाली कम्युनिष्ट पार्टीको प्रमुख जस्तो गरेर अघि बढ्न थालेपछि समस्या देखा परेको हो ।’ सचिब गुरुङ भन्छन् ‘ओलीको त्यस्तो ब्यक्तिबादी कार्यशैलीकै कारण एमालेलाई अपुरणीय क्षति भइसक्यो । अब त पार्टी खरानी हुन मात्र बाँकी छ ।’

अध्यक्ष ओलीको दम्भका कारण यसअघिको निर्बाचनमा प्राप्त भएको एमालेको बिरासत ढल्न सुरु गरेको सचिब गुरुङको भनाई छ । ‘एमाले ०७३ साल र ०७४ सालका निर्बाचनमा तीनै तहमा ठूलो दल आफ्नो बिरासत कायम ग¥यो । त्यसैले बहुसंख्यक स्थानीय सरकारसहित प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश गरी पाँच प्रदेशको सरकारको नेतृत्व गर्ने अबसर पायौं पनि ।

संघमा पनि स्पष्ट बहुमतका साथ सत्तासिन भयौं ।’ उनी भन्छन् ‘आज अध्यक्ष ओलीको अहंकार र एक्लै हिड्ने प्रबृतिका कारण संघ गुम्यो, गण्डकी गुम्यो, लुम्बिनी गुम्यो । अझै अरु गुम्नेवाला छन् ।’ साढे तीन बर्षमै यति ठूलो क्षति ब्यहोर्नुले एमालेको भबिश्य के होला भनेर चिन्ता गर्नु पर्ने बेला आउको उनको भनाई छ । ‘आफ्नो बहुमत नहुदा सत्तामा आउने जाने हुन्छ । तर अहिलेको अबस्था यस्तो होइन ।’ उनी भन्छन् ‘ओली कमरेड एक्लै हिड्ने दम्भ पाल्दाको परिणति हो, यो ।

अध्यक्ष ओलीको ब्यक्तिबादी दम्भकै कारण तीन सरकार गुमाई सकियो । यो यतिमै रोकिने देखिएको छैन ।’ एउटा ब्यक्तिको (ओली) कारण पार्टी र आन्दोलनले गम्भीर धक्का खान थालेकाले सबैले सोच्नुपर्ने बेला आएको उनको भनाई छ ।

नेकपा माओवादी केन्द्रसँग भएको एकीकरण टुटेपछि एमालेको ओरालो यात्रा सुरु भएको यथार्थलाई सबैले मनन् र आत्मसात गर्नु पर्ने उनको तर्क छ । अझ एमाले पनि सिंगो अबस्थामा नरहने हो भने त कम्युनिष्ट आन्दोलन नै क्षतबिक्षत हुने सचिब गुरुङको भनाई छ । अहिले भएको अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पानी बारबारको अवस्थालाई द्वन्द्वबादीढंगले हेर्नु पर्ने उनी बताउँछन् । ‘

आफ्नै पार्टीका अध्यक्ष ओली नेतृत्वको सरकार ढालेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनाउन माधब नेपालले भूमिका खेले भनेर आक्रोस पोख्ने मात्र होइन, नेता नेपाललाई ओलीले किन त्यहाँसम्म पु¥याए भनेर सोच्ने हो भने बिबादको समाधान भेटिन्छ ।’ उनी भन्छन् ।

प्रतिक्रिया