आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कानुनभन्दा माथि क्रसर डन: सरकार निरीह

प्रकाशित
295
SHARES

काठमाडौ। उच्च अदालत जनकपुरले २०७६ माघ २४ गते विपक्षीका नाममा उत्प्रेषण मिश्रित परमादेश जारी गर्दै गणेशमान चारनाथ नगरपालिका–८ स्थित संकटमोचन क्रसर उद्योगलाई तीन महिनाभित्र स्थानान्तरण गर्न–गराउन भन्यो। अदालतको आदेश अवहेलना गर्दै यो उद्योग अझै यथास्थानमा सञ्चालन भइरहेको छ ।

यस उद्योगलाई स्थानान्तरण गर्न प्रशासन, घरेलु र नगरपालिकाले अदालतको आदेश कार्यान्वयनमा बेवास्ता गरेका छन्। २०७५ चैत १२ गते घरेलु तथा साना उद्योग कार्यालय, धनुषाले नियम मिचेर गणेशमान चारनाथ नगरपालिका–८ स्थित राष्ट्रिय प्राथमिक विद्यालय चितहा, लवटोलीको पूर्वतर्फ संकटमोचन क्रसर उद्योग सञ्चालन गर्न अनुमति दियो। नागेन्द्र साह र मञ्जुकुमारी साह सञ्चालक रहेको यस उद्योगको पश्चिमतर्फ विद्यालय र घना बस्ती छ।

क्रसर मेसिन चलेका बेला धुलोले बस्ती र विद्यालय परिसर कुइरीमण्डल हुन्छ। कर्कस आवाजले त्यत्तिकै सताउँछ। क्रसरबाट उत्पन्न हुने कर्कस आवाजले पठनपाठनमा असर गरेपछि विद्यालयले घरेलु तथा साना उद्योग कार्यालयलाई पत्राचार गरेर निकास दिन भन्यो तर सुनुवाइ भएन। गाउँबस्ती र विद्यालयसँगैको सो क्षेत्रमा क्रसर उद्योग सञ्चालन गर्न नदिन स्थानीय र विद्यालय प्रशासनले निरन्तर घरेलुलाई आग्रह गरे।

गाउँका अगुवा घरेलुको कार्यालय पुगेर असहमतिसहित निवेदनसमेत दर्ता गराए। तर घरेलुले सो क्रसर उद्योगलाई त्यहाँबाट हटाउन पहल गरेन। उद्योगसँग टाँसिएको पूर्वतर्फको ४ ९ग० ६ नम्बर कित्ता जग्गाका धनी रामलोचन महतो हुन्। ‘चार किल्ला प्रमाणित गर्दा बुवा ९रामलोचन० को किर्ते हस्ताक्षर गरेर प्रमाण पेस गरिएको रहेछ,’ छोरा भगत महतोले भने ।

घरेलु तथा साना उद्योग कार्यालय, धनुषाका तत्कालीन प्रमुख सञ्जीव द्विवेदीले उक्त उद्योगलाई कानुनी प्रावधान पूरा गरेर अनुमति दिएको दाबी गर्दै स्थानीयको गुहार सुनेनन्। दर्ता अनुमति प्रदान गर्ने घरेलु, नियमन गर्ने प्रमुख जिल्ला अधिकारी कसैले पनि गुहार नसुनेपछि स्थानीय न्यायको ढोका ढकढक्याउन अदालत पुगे ।

कानुन मिचेर उक्त क्रसर उद्योगलाई दर्ता अनुमति दिइएको भन्दै स्थानीय भगत महतोले घरेलु तथा साना उद्योग कार्यालय, धनुषाm गणेशमान चारनाथ नगरपालिका, संकटमोचन क्रसर उद्योग र सञ्चालक साहलाई विपक्षी बनाएर उच्च अदालत जनकपुरमा रिट हाले। २०७६ माघ २४ गते उच्च अदालत, जनकपुरले विपक्षीका नाममा उत्प्रेषण मिश्रित परमाादेश जारी गर्दै क्रसर उद्योगलाई तीन महिनाभित्र त्यहाँबाट स्थानान्तरण गर्न–गराउन भन्यो । यो समाचार नागरिक दैनिकमा छ ।

आजदेखि दशैं तिहार लक्षित सहुलियत पसल सञ्चालनमा

सरकारले आज (शुक्रबार) देखि देशका विभिन्न स्थानमा दशैं/तिहार लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत सरकारले देशका ८५ स्थानमा पसल सञ्चालनमा ल्याएको हो । सहुलियत पसलमा दैनिक उपभोग्य वस्तुहरु बिक्रीमा राखिन्छ ।

ती पसलमा दाल, चामल, चिनी, नून र खानेतेल लगायतका वस्तु बिक्रीमा राखिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ।मन्त्रालयकी उपसचिव उर्मिला केसीले विगत वर्षमा जस्तै यो वर्ष पनि सहुलियत पसल सञ्चालन गर्न लागेको बताइन् । उनले दशैँदेखि छठसम्मको अवधिमा उपत्यकासहित देशभर सहुलियत पसल सञ्चालन हुने बताइन् ।

दशैं÷तिहारलाई लक्षित गर्दै व्यापार कम्पनीले देशभरका ४३ स्थानमा, कर्पोरेशनले ३२ र राष्ट्रिय दुग्ध विकास संस्थानले १० स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याउने भएका हुन् । व्यापार कम्पनी, कर्पोरेशन र दुग्ध विकास संस्थानले उपत्यकामा पनि सहुलियत पसल सञ्चालन गर्नेछन्।

आजदेखि सञ्चालनमा ल्याइएको सहुलियत पसल कात्तिक २४ गतेसम्म चल्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ । यस बीचमा व्यापार कम्पनी र कर्पोरेशनले घुम्ती पसल समेत सञ्चालनमा ल्याउनेछन् । व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले काठमाडौं उपत्यकासहित देशभरका ३७ जिल्लाबाट दशैं÷तिहार लक्षित व्यापार गर्ने बताइन् ।

यस्तै, उनले चाडपर्व आउँदै गर्दा खाद्यान्नको मूल्यमा अचाक्ली वृद्धि रोक्न सरकारी कम्पनीमार्फत व्यापार गर्न लागिएको प्रष्ट पारिन् । उनले भनिन्, ‘सहुलियतमा सामान बिक्री गर्दा बजारमा व्यापारीको मनोमानीमा हस्तक्षेप गर्न सहयोग पुग्छ । जसले मूल्यवृद्धि रोक्न सघाउसमेत पुग्छ ।’

यस्तै, कर्पोरेशनका निर्देशक कुमार राजभण्डारीले दशैं÷तिहारमा उपभोक्तालाई सस्तोमा सामान बिक्री गर्ने लक्ष्यसहित सहुलियत पसल सञ्चालनमा ल्याउन लागेको बताए । उनले ती पसलले धेरै उपभोक्तालाई नसमेटेपनि बजार मूल्यमा हस्तक्षेप गर्न सक्ने जानकारी दिए ।

व्यापार कम्पनीले उपत्यकाका रामशाहपथ, टेकु, नख्खु, सूर्यविनायक, कलंकी, थापाथली, बनेपा र कोटेश्वर लगायतका स्थानमा सहुलियत पसल सञ्चालन गर्दै छ । यस्तै, कर्पोरेशनले कालीमाटी (२), कोटेश्वर, सतुङ्गल, जावलाखेल र भक्तपुर लगायतका स्थानमा सहुलियत र घुम्ती पसल सञ्चालन गर्ने बताएको छ ।

यसबाहेक राष्ट्रिय दुग्ध विकास संस्थानले आफ्ना उत्पादन व्यापार कम्पनी र कर्पोरेशनमार्फत बिक्री गर्ने र आफ्नै कार्यलयमार्फत समेत बिक्री गर्ने महानिर्देशक रुद्रप्रसाद पौडेलले जानकारी दिए । संस्थानले काठमाडौं उपत्यकामा तीन स्थान र उपत्यका बाहिरका ७ स्थानबाट आफ्ना उत्पादन बिक्री गर्ने महानिर्देशक पौडेलले बताए ।

कुन सामानमा कति छुट ?

सरकारले सञ्चालनमा ल्याउने सहुलियत पसलमा दैनिक अत्यावश्यक वस्तुको मूल्यमा छुट दिइन्छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका संघ संस्था र पदाधिकारीबीच बसेको बैठकले दशैंमा छुटसहित अत्यावश्यक वस्तुको बिक्री वितरण गर्ने निर्णय गरिसकेको छ । सोहीअनुसार, व्यापार कम्पनी र कर्पोरशेनमार्फत मन्त्रालयले तोकेको छुट मूल्यसहित सामान बिक्री गर्ने बताइएको छ । यसका लागि व्यापार कम्पनी र कर्पोरेशनले आवश्यक तयारी समेत थालिसकेका छन् ।

कर्पोरेशनले नून प्रतिकिलो १८ र चिनी प्रतिकिलो ७९ रुपैयाँमा बिक्री गर्ने राजभण्डारीले जानकारी दिए ।

केमा कति छुट ? वस्तु छुट मूल्य (प्रतिकेजी-लिटर) नून – २ रुपैयाँ। दाल – ५ रुपैयाँ। चिउरा – ५ रुपैयाँ। आटा – ५ रुपैयाँ। तेल (तोरी) – ५ रुपैयाँ। तेल (सूर्यमुखी) – ५ रुपैयाँ। चिनी – ५ रुपैयाँ।  चामल – ५ रुपैयाँ।खासी/बोका (जिउँदो) – १० रुपैयाँ। सिमी – १० रुपैयाँ।  फापर – १० रुपैयाँ।  तेल (भटमास) – १० रुपैयाँ।

प्रतिक्रिया