आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कृषि मन्त्री शाही अर्की महिलासँग पनि लपक्कै, के होला अब ?

प्रकाशित
489
SHARES

काठमाडौ।  कर्णाली प्रदेशका कृषि मन्त्री कुर्मराज शाही फेरी विवादित बनेका छन् । आफ्नै स्वकीय सचिवकी श्रीमतीमाथि बलात्कार गरेको आरोप सेलाउन नपाउँदै अर्को स्क्यान्डल बजारमा आएको छ । उनको शुभकालिका गाउँपालिकाकी उपाध्यक्ष पम्फा शाहीसँग अबैध सम्बन्ध रहेको खुलासा भएको छ ।

बुधबार शाहीको टिकटक अकाउन्टबाट एउटा भिडियो अपलोड भएपछि स्थानीयले गरेको शंकालाई पुष्टि गरिदिएको छ । उक्त भिडियोमा कुर्मराज शाहीको तस्बिर प्रयोग गरिएको थियो, र राखिएको थियो रोमान्टिक गीत । एउटा पुलको रेलिङमा बिन्दास पोजमा उभिएका मन्त्री शाहीको तस्बिरमा पम्फाले राखेको गीतको बोल छ, ‘यो मुटुको धड्कन हौ तिमी, मैले फेर्ने हर सासमा छौ तिमी ।’

पम्फाले यो भिडियो पोष्ट गरेसँगै मन्त्री शाही र उनको सम्वन्धलाई लिएर टिकाटिप्पणी सुरु भएको छ । विभिन्न किसिमका प्रतिक्रिया आउन थालेपछि उनले भिडियो हटाएकी छन् । यस विषयमा हामीले पम्फासँग कुरा गर्दा उनले त्यो भिडियो आफ्ना छोराछोरीले हालिदिएको दावी गरिन् ।

‘मेरो छोराहरुले मोबाइल चलाइरहँदा अंकलको फोटो गएछ, पछि मैले डिलिट गर्न लगाएँ,’ उनले भनिन्, ‘आफूलाई त टिकटक चलाउन समेत आउँदैन ।’ पम्फाको परिवार कालिकोटको सदरमुकाम मान्ममा रहेको मन्त्री शाहीको घरमा बस्दै आएको छ । मन्त्री शाही आफू मन्त्री क्वार्टरमा बस्छन् भने उनकी पत्नी शुभकालिका गाउँपालिकामा रहेको अर्को घरमा बस्छिन् ।

पम्फा भन्छिन्, ‘हो, हामी सपरीवार ४ वर्षदेखि उहाँको घरमा बसिरहेका छौं । उहाँको घर नै हाम्रो जिम्मामा छ । उहाँ आएको बेला एउटै भान्सामा खान्छौं । हामी मिलेको देखेर फटाहा मान्छेहरुले पोइल लिन सक्छ भनेछन् । भन्नेले भन्दै गरुन् । हामीबीच नराम्रो सम्वन्ध केही छैन । उहाँले म र मेरो श्रीमानलाई छोरा बुहारीजस्तो गरेर राख्नुभएको छ ।’

उनले थपिन्, ‘यदि मेरो उहाँसँग त्यस्तो नराम्रो केही थियो भने मलाई परिवारले पनि त भन्थ्यो होला नि ।’मन्त्री शाहीका भुतपूर्व स्वकीय सचिवले आफूविरुद्ध अफवाह फैलाइरहेको उनको आरोप छ । गाउँपालिकाका उपाध्यक्ष पम्फालाई मन्त्री शाहीले नै गत स्थानीय चुनावमा टिकट दिलाएको चर्चा चल्ने गरेको छ ।

उनी उपाध्यक्ष निर्वाचित भएको बेला कालिकोटको मान्मस्थित खाँडाचक्रमा कुर्मराजले घर बनाइरहेका थिए । त्यही घरमा पम्फाको परिवार बस्दै आएको हो । पम्फा शाहीका श्रीमान शिक्षक छन् । उनीहरुका ८ र ९ वर्षका दुई छोरा छन् ।

गएको असारमा मन्त्री शाही र पम्फाबीच अवैध सम्वन्ध रहेको हल्ला व्यापक बनेको थियो । यसले टोलमा ठूलो रुप लिएपछि पम्फाले त्यो हल्ला गलत भएको भन्दै देवता छुवाछुत (देवताको मुर्ति छोएर कसम खाने) गरेकी थिइन् ।

यसै गरि: स्वास्थ्य सम्बन्धी महत्वपूर्ण तीन अध्यादेश निष्क्रिय भएपछि महामारी नियन्त्रणमा समस्या

नेपालमा कोरोना महामारी फैलिएका बेला विभिन्न बाधाअड्चन फुकाउन अघिल्लो सरकारले स्वास्थ्य सम्बन्धमा तीन वटा अध्यादेश ल्यायो। सरकारले ल्याएका अध्यादेशले काेराेना भाइरस राेकथाम तथा नियन्त्रणको लागि जनशक्ति परिचालन गर्ने, प्रहरी र सुरक्षा निकाय आवश्यक्ता अनुसार खटाउने, तत्कालै स्वास्थ्य सामग्री खरिद गर्नेलगायतका काममा सहजता बनाएकाे थियाे।

अध्यादेश आए पनि संसद चलेको ६० दिनभित्र संसदबाट पारित गरिसक्नु पर्छ। यदि पारित गरिएन भने अध्यादेश स्वतः निष्कृिय भएर जान्छ। गत बुधबार रातिदेखि नै स्वास्थ्यसम्बन्धि तीनवटा महत्वपूर्ण अध्यादेश निष्क्रिय भएका छन्।

स्वास्थ्य सम्बन्धी लाएका कोरोना संकट व्यवस्थापन अध्यादेश, औषधि (तेस्रो संसोधन) अध्यादेश, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धित (पहिलो) अध्यादेश निष्क्रिय भएका हुन्। अध्यादेश निष्क्रिय भएसँगै कोभिड १९ यूनिफाइड अस्पताल पनि अन्यौलमा परेका छन्।

कोरोना संक्रमणदर स्थिर भएका कारण कुनै पनि बेला तेस्रो लहर आउनसक्ने स्वास्थ्यकर्मीको भनाई छ। उनीहरुका अनुसार अब तेस्रो लहर आयो भने कानून नहुँदा रोकथाम तथा नियन्त्रणमा समेत बाधा आउने छ।

कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि आपत्कालीन समयमा सहजरुपमा खोप आपूर्तिका लागि ऐन संशोधन गरेर ल्याएका अध्यादेश निष्क्रिय हुँदा खोप आयात र खरिद तथा कोभिड व्यवस्थापनका लागि समस्या सृजना भएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक अनुप वास्तोला कानून नहुँदा सबै क्षेत्र प्रभावित हुनु स्वभाविक भएको बताउँछन्। उनले भने, ‘हामीले जसरी काम गरिरहेका थियौं बाधा अवश्य आउँछ। अर्को लहर नआउला, वा अब कोरोना महामरी समाप्त भयो भन्ने अवस्था त छैन नि।’

‘कोरोना महामारीमात्र होइन अन्य महामारी आउँदैनन् भन्ने के निश्चितता छ र ?’ उनले भने, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाका विषयमा बनेको कानून नहुँदा भरी अस्पतालको जस्तो अवस्था दोहोरिँदैन भन्ने के निश्चितता छ र? सरकारले यस्ता कुरामा समयमै ध्यान पु¥याउँनु पर्छ।’

कोभिड—१९ सङ्कट व्यवस्थापन अध्यादेश निष्क्रिय भएपछि कोरोना उपचार, व्यवस्थापनका लागि काम गर्न अन्योल सृजना भएको छ। अध्यादेशमार्फत सरकारले वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल बनाएको थियो। अहिले कोभिड युनिफाइड अस्पताल कानुनविहीन बनेपछि सो अस्पताललाई कसरी सञ्चालन गर्ने सम्बन्धमा पनि अन्यौलता सिर्जना भएको छ।

औषधि तेस्रो संशोधन अध्यादेश २०७८ निष्क्रिय भएपछि कोरोनाविरुद्धको खोप खरिदमा बाधा सृजना हुने भएको छ। अघिल्लो सरकारले खोप आयत तथा खरिदका लागि औषधि ऐन, २०३५ लाई संशोधन गरेर बैशाखमा औषधि तेस्रो संशोधन अध्यादेश ल्याएको हो । यो अध्यादेशले सहज रूपमा खोप तथा औषधि खरिद तथा आयातमा सहजता भएको थियो।

प्रतिक्रिया