आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

को हुन् कानुन मन्त्री ज्ञानेन्द्र कार्की, के हो राष्ट्रपतिसँगको नाता ?

प्रकाशित
5.4K
SHARES

काठमाडौ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सकारले प्रवक्ताको जिम्मेवारी तोकेको छ। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको मंगलबार राति बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले मन्त्री कार्कीलाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकेको हो।

कांग्रेस केन्द्रीय सदस्य रहेका कार्की सुनसरी–४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। २०६३ सालमा जलस्रोत मन्त्री बनेका कार्की २०७४ सालमा अर्थमन्त्री बनेका थिए। नेपाल विद्यार्थी संघको पूर्वअध्यक्ष समेत रहेका कार्कीले २०४७ सालमा कृष्णप्रसाद भट्टराई अन्तरिम सरकारको प्रधानमन्त्री बनेका बेला स्वकीय सचिव भएर काम गरेका थिए।

भोजपुरमा लगातार तीनपटक हारेपछि उनले सुनसरीबाट निर्वाचन जितेका हुन्। मन्त्री कार्की २०५६ को चुनावमा भोजपुर(१ बाट पुनः चुनाव लडे। त्यस बेला पनि उनलाई भाग्यले साथ दिएन। एमाले फुटेर हेमराज राई मालेको उम्मेवार बन्दा पनि उनले जित्न सकेनन्। पहिलो संविधानसभामा पनि कार्की भोजपुर(१ बाट चुनाव लडे।

यो चुनाव कार्कीका लागि हारको ह्याट्रिक बन्यो। त्यसपछि कार्कीले २०७० को दोस्रो संविधानसभा चुनाव लडेनन्। उनी समानुपातिकतर्फबाट सांसद बने। कार्की २०७४ सालमा सुनसरी क्षेत्र नम्बर–४ बाट विजयी भए। भोजपुरको सविकको देउराली गाविस–४ मा जन्मेका कार्की २०३३ सालदेखि कांग्रेसको राजनीतिमा लागेका हुन्। उनी ४ वर्ष जेल बसेका छन्।

राष्ट्रपतिकी आमा मिथिला पाण्डे ज्ञानेन्द्र कार्कीकी फुपूकी छोरी हुन्। राजनीतिक रूपमा सधैं अलग लाइनमा रहे पनि भण्डारी र कार्कीबीच दाजुबहिनीका रूपमा हार्दिकतापूर्ण सम्बन्ध छ। मंगलबार नै पद तथा गोपनीयताको सपथ लिएपछि मन्त्री कार्कीले सिंहदरबार पुगेर पदभाग्रहण गरे।

मन्त्री कार्कीलाई मन्त्रालयमा कर्मचारीहरूले स्वागत गरेका थिए। पदभार ग्रहण गर्दै मन्त्री कार्कीले कानुनी सहायतासम्बन्धी विषयमा हस्ताक्षर गरेका थिए। न्यायमा पहुँच नपुगेका व्यक्तिलाई कानुनी सहायता प्रदान गर्ने कार्यक्रम हाल ४७ जिल्लामा रहेकोमा ७७ जिल्लामै पुर्‍याउने निर्णयमा उनले हस्ताक्षर गरेका हुन्। त्यस क्रममा उनले विगतका अनुभव पनि उपयोग गर्दै अघि बढ्ने बताए।

ओली भेट्न बालकोट पुगे कानुनमन्त्री, संसद् खुलाउन आग्रह

प्रमुख प्रतिपक्षी दल एमालेले गरिरहेको संसद् अवरोध खुलाउने पहल गर्नका लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।

संसद अवरुद्ध भएको अवस्थामा सरकारले बजेटको प्रतिस्थापन विधेयक पारित गर्न नसकेपछि बिहीबारबाट सरकारी खर्च बन्द भएको छ । सरकारी खर्च नै बन्द भएको सत्ता र प्रतिपक्षी दुवैको आलोचना भइरहेका बेला कार्की प्रमुख प्रतिपक्षी दलका नेतालाई विश्वासमा लिने प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश लिएर ओलीलाई भेट्न गएका हुन् ।

मन्त्री कार्कीले प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई संसद अवरोध खुलाउन आग्रह गर्ने जानकारी दिएका छन् । एमालले सभामुखले पार्टी विभाजनका लागि भूमिका खेलेको भन्दै संसद् अवरोध गरिरहेको छ । संसद् अवरोध भएपछि सरकारले ल्याएको बजेट सम्बन्धी प्रतिस्थापन विधेयकमाथिको विचार गरियोस् भन्ने प्रस्ताव मात्र पारित भएको छ ।

अर्को बैठक आउँदो सोमबारका लागि बोलाइएको छ । उक्त बैठकमा पनि एमालेको अवरोध नहट्ने देखेपछि सत्ता पक्षले विपक्षीलाई सहमतिमा ल्याउने कोसिस गर्न थालेको हो ।

यसै गरि , नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)ले नयाँ स्याटेलाइट मिसनको तयारी गरेको छ । यसअघिको नेपाली स्याट-१ भन्दा तीन गुणा ठूलो स्याटेलाइट बनाउने तयारी सुरु गरिएको नास्टले जनाएको छ । ३यू क्युब स्याट मोडलको यो स्याटेलाइट नेपालमै निर्माण हुनेछ ।

नेपालमै स्याटेलाइट निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि परियोजना सुरु गर्ने तयारी भएको नास्टका प्रवक्ता सुरेशकुमार ढुंगेलले बताए । ‘यो दोस्रो मिसन नेपालीले नेपालमै बनाएको स्याटेलाइट हो भन्ने सन्देश दिनका लागि हो,’ उनले भने । स्याटेलाइट क्षेत्रमा नेपालको क्षमता अभिवृद्धि गर्ने योजना अनुरुप यो स्याटेलाइट निर्माण हुनेछ ।

इन्टरनेशनल इन्स्टिच्युट अफ स्पेस टेक्नोलोजी फर इकोनोमिक डेभ्लपमेन्ट(इन्सटेड)सँगको सहकार्यमा स्याटेलाइट निर्माण गर्ने तयारी भइरहेको नास्टका प्रविधि संकाय प्रमुख रवीन्द्र ढकालले जानकारी दिए ।

इन्सटेड थाइल्यान्डको किङ मोङकुट्स युनिभर्सिटी अफ टेक्नोलोजी अन्तर्गतको संस्था हो । ‘इन्सटेडसँगको सहकार्यमा हामीले स्याटेलाइट बनाउने तयारी गरिरहेका छौं,’ ढकालले भने,’परियोजनाको एमओयूमा हस्ताक्षार भएको छैन ।अब चाँडै नै गर्ने तयारी छ ।’

नेपाली स्याट-१ का निर्माणकर्ता आभास मास्केले परियोजनाको नेतृत्व गरिरहेका छन् । स्याटेलाइटको प्लेलोड बोर्ड(पीसीबी) नेपालमै बनाइने मास्केले इकान्तिपुरलाई बताए । उनका अनुसार पीसीबीमा तीनवटा मिसनहरु रहेका छन् । जस अन्तर्गत पीएक्स४ ओपरेटिङ सिस्टम मिसन, स्याटेलाइट सिस्टम अन चिप मिसन र ग्राउन्ड सेन्सर टर्मिनल मिसन फर ग्ल्यासिर लेक आउटब्रस्ट फ्लड(जीएलओएफ) मोनिटरिङ छन् ।

मिसनको नाम नेपालीस्याट-२ पदयात्री मिसन राखिएको मास्केले जानकारी दिए । नेपालमा केही भाग निर्माण गरिए पनि स्याटेलाइटको परीक्षणका लागि यहाँ सुविधा नभएकाले थाइल्यान्ड‍मा गरिने नास्टले जनाएको छ । कम खर्च र लागतमा यो स्याटेलाइट निर्माण हुने नास्टले जनाएको छ ।

बर्ड्स मिसन अन्तर्गत नानो स्याटेलाइट प्रक्षेपण गरेका मुलुकहरुबीच यो परियोजनाले सहयोग गर्ने प्रविधि संकाय प्रमुख ढकालले बताए । सबै काम समयमा नै हुन सके सन् २०२२ मा नेपालको नयाँ स्याटेलाइट प्रक्षेपण हुने उनले बताए । सम्झौता भएपछि मात्रै स्याटेलाइट मिसनबारे थप भन्न सकिने उनले जनाए ।

स्याटेलाइट निर्माणमा राष्ट्रिय क्षमता अभिवृद्धि गर्न यो परियोजनाले सघाउ पुर्‍याउने नास्टले जनाएको छ । हाल नास्टले व्यवसायिक स्याटेलाइटमा भन्दा अनुसन्धानात्मक क्षेत्रका लागि उपयोग हुने किसिमले काम अगाडि बढाएको हो । परियोजनाले स्पेस टेक्नोलोजीमा नेपाली युवाहरुलाई आकर्षित गराउने प्रवक्ता ढुंगेलले जानकारी दिए ।

प्रतिक्रिया