आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चीनको सिचुआनमा शक्तिशाली भूकम्प, के छ अवस्था ?

प्रकाशित
847
SHARES

एजेन्सी।  चीनको सिचुआनमा शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी अहिलेसम्म कम्तीमा तीन जनाको मृत्यु भएको र ६० जना घाइते भएका पुष्टि गरिएको छ। घाइतेहरु सवैको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरु मध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

देशको सिचुवान प्रान्त अन्तर्गत पर्ने लुक्षिन क्षेत्रमा भूकम्प गएको हो। भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको पनि अधिकारीहरुले जनाएका छन्। चिनियाँ भूकम्प प्रशासनले ८९० भन्दा बढी व्यवसायीक उद्धारकर्मीहरु परिचालन गरिएको र अन्य स्वयमसेवक तथा स्थानीय बासिन्दाहरु पनि खोजी तथा उद्धार कार्यमा खटिएको जनाइएको छ।

त्यसैगरी अरु चार हजार ६०० उद्धारकर्ताहरु तयारी अवस्थामा रहेको पनि प्रकोप व्यवस्थापन कार्यालयले जानकारी दिएको छ। प्रारम्भीक विवरणका अनुसार ७३७ घरहरु भत्कीएका छन भने ७२ घरको अधिकांश भाग क्षतिग्रस्त भएको छ। त्यसैगरी सात हजार २९० घरमा सामान्य क्षति भएको छ।

घर बाहेक अन्य भौतक संरचनाहरुमा पनि क्षति पुगेको देखिएको छ। खोजी तथा उद्धारसँगै क्षतिको विवरण संकलन गर्ने कार्य पनि भइरहेकाले पूर्ण विवरण आउन बाँकी नै रहेको अधिकारीहरुले जानकारी दिएका छन्।

यसै गरि ,अमेरिका, बेलायत र अस्ट्रेलियाले आफूविरुद्ध शीतयुद्धको मानसिकता राखेको चीनको आरोप

अमेरिका, बेलायत र अस्ट्रेलियाले विशेष सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। हिन्द महासागरमा चीनको बढ्दो प्रभावलाई टक्कर दिन त्रिदेशीय सुरक्षा सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतासँगै यी देशले अत्याधुनिक सुरक्षा प्रविधि आदानप्रदान गर्नेछन्।

हिन्द महासागरमा चीनको बढ्दो शक्ति र सैन्य उपस्थितिबाट तीन वटै देश चिन्तित छन्। सम्झौताले अस्ट्रेलियालाई पहिलोपटक आणविक शक्तियुक्त पानीजहाज निर्माण गर्न सहयोग गर्नेछ।

अउकस नाम दिइएको सो सम्झौतामा कृत्रिम गुप्तचरी, विशेष प्रविधि र साइबर समेटिएको छ। अमरिकी राष्ट्रपति जोन बाइडेन, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सम्झौतामा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार अस्ट्रेलियाले फ्रान्सेली मोडलको पानीजहाज निर्माण गर्न पक्रिया सुरु गरेको छ । अस्ट्रेलियाको जल सेनाका लागि १२ वटा जहाज निर्माण गर्न फ्रान्सले अर्ब डलर बराबरको सम्झौता गरिसकेको छ। यो अस्ट्रेलियाको रक्षा क्षेत्रमा अहिलेसम्मकै ठूलो सम्झौता हो।

चीनको प्रतिक्रिया
आफूलाई घेर्ने हिसाबले अमेरिका, बेलायत र अस्ट्रेलियाले सम्झौता गरेपछि चीन आक्रोशित भएको छ। यी राष्ट्रले खुलेआम आफूविरुद्ध मोर्चा बनाएको भन्दै चीनले यो कार्यले शीतयुद्धको मानसिकता झल्काएको प्रतिक्रिया जनाएको छ।

चीनले प्रविधि साटासाट गर्ने त्रिदेशी सम्झौताका बारेमा भनेको छ,‘यी कारणहरुले गर्दा नै अन्तर्राष्ट्रिय रुपमा हतियार प्रसारको रोकथाम प्रयासमा धक्का लागेको छ।’ अस्ट्रेलिया र अमेरिकाबीच परमाणु पनडुब्बी सम्झौता हुनुलाई चीनले गैरजिम्मेवारपूर्ण कदम पनि भनेको छ।चिनियाँ विदेश मन्त्रालयले तेस्रो देशलाई घेर्ने नीतिका साथ खडा गरिने क्षेत्रीय गठबन्धन बनाउन नहुने बताएको छ।

चीनको बढ्दो आक्रामकताविरुद्ध बनेको ‘चतुर्भुज सुरक्षा संवाद–क्वार्डिलेटेरल सेक्युरिटी डायलग’ क्वाड समूहमा आवद्ध राष्ट्रहरुलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी हप्ता राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा छलफलका लागि बोलाएका छन्।

रोयटर्सका अनुसार बाइडेनले क्वाडका नेताहरुका लागि व्यक्तिगत शिखर सम्मेलनको आयोजना गर्नेछन्। सम्मेलन आगामी हप्ता सेप्टेम्बर २४ मा ह्वाइट हाउसमा आयोजना हुने ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले विज्ञप्ती जारी गर्दै जानकारी दिएकी छिन्।

बैठकका लागि जापानका प्रधानमन्त्री योसिहिदे सुगा, अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी हप्ता अमेरिका पुगिसक्नेछन्। सेप्टेम्बर २१ मा अमेरिकामा संयुक्त राष्ट्रसंघको महासभा आयोजना हुँदैछ। त्यसबेला बाइडेनले सम्बोधन गर्ने कार्यक्रम छ। राष्ट्रसंघको महासभाकै समयमा क्वाडका नेताहरु अमेरिका पुग्नेछन्।

यसअघि गत मार्चमा क्वाडको पहिलो सम्मेलन भएको थियो। कोरोनाका कारण भएको अनलाईन बैठकमा क्वाडका नेताहरुले कोरोनाविरुद्ध एक भएर लड्ने, खोप सहयोगसँगै जलवायु परिवर्तनविरुद्ध मिलेर लड्ने प्रतिवद्धता व्यक्त गरेका थिए। उनीहरुले खुला र सुरक्षित इन्डो–प्यासिफिक क्षेत्रको वकालत गर्दै सो क्षेत्रमा चीनको आक्रामकताविरुद्ध लड्ने वाचा गरेका थिए।

साकीले क्वाड बैठकबारे भनेकी छिन्,‘क्वाडका नेताहरुलाई अमेरिकामा बोलाएर छलफल गर्नुले २१ औं शताब्दीका चुनौतिहरुलाई सामना गर्न नयाँ बहुपक्षीय व्यवस्थासहित हिन्द–प्रशान्तमा संलग्न हुने बाइडेन–ह्यारिस प्रशासनको प्राथमिकता देखाउँछ।’

साकीले क्वाडका नेताहरुले छलफलका क्रममा सम्बन्धलाई थप मजबुत बनाउने, कोरोनाविरुद्ध लड्ने, जलवायु संकटको विषय सम्बोधन गर्ने तथा उदीयमान प्रविधि र साइबरस्पेसमा साझेदारी गर्ने विषयमा छलफल गर्ने जानकारी दिइन्। यस्तै उनले स्वतन्त्र र खुला हिन्द–प्रशान्त क्षेत्रलाई बढावा दिन व्यावहारिक सहयोगलाई अगाडि बढाउने विषयमा पनि छलफल केन्द्रित हुने बताइन्।

इन्डो–प्यासिफिक क्षेत्रको विषयमा छलफल गर्नुको अर्थ चीनविरुद्धको नीति यो बैठकले तय गर्ने अनुमान गरिएको छ। क्वाडको बैठकमा अफगानिस्तानको विषयमा पनि छलफल हुनेछ। २० वर्षपछि अमेरिकी सेनाहरु फर्किएपछि यतिबेला तालिबानले नयाँ शासन व्यवस्था लागू गरेको अवस्था छ।

चीनले क्वाड समूहलाई आफूलाई घेर्न बनाइएको समूहको रुपमा व्याख्या गर्दै आएको छ। इन्डो–प्यासिफिक क्षेत्रमा पर्ने दक्षिण चीन सागरको ९० प्रतिशत पानीमा चीनले दाबी प्रस्तुत गर्ने गर्दछ।

चीनले त्यहाँ कृतिम टापु नै खडा गरेको छ। चीनसँगै दक्षिण चीन सागरलाई फिलिपिन्स, मलेसिया, भियतनामजस्ता राष्ट्रले पनि आफ्नो भएको बताउँछन्। जसका कारण यो जलक्षेत्र विवादमा छ।

पछिल्लो समय चीनले दाबी गर्ने यो सागमा भारत, अमेरिका, अस्ट्रेलिया, जापान, बेलायत, जर्मनीजस्ता देशका सैन्य जहाजहरु तैरिन गरेको छ। यी राष्ट्रले खुला र सुरक्षित इन्डो–प्यासिफिक क्षेत्रको वकालत गर्दै आएका छ।

चीनले विरोध गर्दा यी राष्ट्रले चिनियाँ दाबी गैरकानूनी भएको बताउँछन्। यसअघि सन् २०१६ मा अन्तर्राष्ट्रिय अदालतले दक्षिण चीन सागरमा चीनको दाबी अवैधानिक भनेको थियो। यी राष्ट्रहरुको जहाज आफूले दाबी गर्ने जलक्षेत्रमा देखेपछि चीनले आवश्यक प्रतिक्रिया दिने चेतावनी दिइरहेको छ।

प्रतिक्रिया