आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

तालिबान नेता बरादर टाइम म्यागाजिनको सय प्रभावशाली व्यक्तिको सूचीमा

प्रकाशित
581
SHARES

एजेन्सी। तालिबानका सहसंस्थापक तथा अफगानिस्तानको अन्तरिम सरकारको उपप्रधानमन्त्री मुल्ला अब्दुल गनी बरादर टाइम म्यागेजिनको प्रभावशाली सय व्यक्तिको सूचीमा परेका छन्। यसवर्षको टाइम म्यागेजिनको विश्वको सय प्रभावशाली व्यक्तिको सूचीमा बरादर पनि परेका हुन्।

बरादर ती चारजनामध्येका एक हुन् जसले सन् १९९४ मा तालिबानको गठन गरेका थिए। सन् २००१ मा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले तालिबानलाई सत्ताबाट हटाइदिएपश्चात् उनी विदेशी सैन्य फौजविरुद्धको विद्रोहका एक प्रमुख नाइके बनेका थिए। सन् २०१० मा अमेरिका र पाकिस्तानको संयुक्त कारबाहीका बेला उनलाई कराची सहरबाट पक्राउ गरिएको थियो।

सन् २०१२ सम्म उनका बारे धेरै जानकारी उपलब्ध थिएन। त्यतिखेर अफगानिस्तान सरकारले शान्ति वार्ताको कुरा गर्दा पहिले आफ्ना बन्दी रिहाइ गर्नुपर्ने भन्दै तालिबानले दिने गरेको सूचीमा उनको नाम प्रमुख रूपमा हुने गर्थ्यो। सन् २०१३ मा पाकिस्तानी सरकारले उनलाई रिहा गर्‍यो।

उनी तालिबानका पूर्व प्रमुख नेता मुल्लाह ओमारद्वारा सबभन्दा भरोसा गरिएका र उनका निकट सहयोगी थिए। पक्राउ पर्दा उनी तालिबानका दोस्रो सबभन्दा ठूला नेता थिए। सन् २०१८ मा कतारमा अमेरिकासँग कुराकानी गर्न तालिबानको कार्यालय खुल्दा त्यहाँ तालिबानको राजनीतिक प्रमुखका रूपमा उनलाई खटाइयो।

उनले सधैँ अमेरिकासँगको वार्ताको समर्थन गरिरहे। तालिबान र अमेरिकाबीचको वार्तालाई समर्थन गरेकै कारण उनलाई प्रभावशाली व्यक्तिको सूचीमा राखेको अनुमान गरिएको छ। उनले गतवर्ष ट्रम्प प्रशासनसँग अफगान युद्ध समाप्त गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए।

आफ्नो कूटनीतिक पहलको माध्यमबाट अफगानिस्तानको गृहयुद्ध समाप्त भएको उनको भनाइ छ। तर तालिबानलाई सहयोग गर्ने हक्कानी नेटवर्कले भने लडाइँले नै युद्ध जितेको दाबी गर्दै आएका छन्। जसका कारण यतिबेला हक्कानी समूहसँग बरादरको विवाद देखिएको छ।

यसै गरि ,रुसमा शुक्रबार संसदका लागि आम निर्वाचन हुँदैछ। केही मतदाताले ‘सत्तारुढ युनाइटेड रसिया’ पार्टीको नै जित हुने दाबी गरेका छन्।यद्यपि यो पार्टीको पहिलेको तुलनामा लोकप्रियता खस्केको छ। युनाइटेड रसिया पार्टीको स्थापना राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २००० मा सत्तामा आएपछि निर्माण गरेका हुन्।

उनले यस पार्टीलाई प्रमुख संसदीय शक्तिमा रुपान्तरण गर्ने उद्देश्यसहित स्थापना गरेका थिए। वर्तमान रुसी सत्ताको सबैभन्दा चर्को आलोचक एलेक्सी नाभाल्नीलाई गत जनवरीमा जेल सजाय दिइएपछि युनाइटेड रसिया पार्टीमाथि उनले तिब्र आक्रोश जनाएका छन्।

त्यसलगत्तै नाभाल्नीको पार्टीका देशभरका राजनीतिक कार्यालयहरु तोडफोड गरियो। युनाइटेड रसिया पार्टीलाई बहुमत जनताको समर्थन रहेको दाबी गरे पनि यस पार्टीप्रति आम जनताको समर्थन खस्कदै गएपछि सत्तारुढ नेताहरुलाई टाउको दुखाई भएको छ।

आफ्नो छविमा सुधार ल्याउन राष्ट्रपति पुटिनले आफ्ना सबैभन्दा लोकप्रिय मन्त्रीहरु – विदेश मन्त्री सर्गेई लाभरोभ र रक्षा मन्त्री सेर्गेई शोइगुलाई पार्टीे अभियानको नेतृत्व गर्ने जिम्मा दिएका छन्। सर्वेक्षणहरुले यस पटकको संसदीय निर्वाचनमा ३० प्रतिशतभन्दा कम मात्र मतदान हुने देखाएका छन्।

 

प्रतिक्रिया