आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओलीलाई फर्केर आउँछु भन्थे, कहिल्यौ नफर्किने गरी विदा भए

प्रकाशित
1.9K
SHARES

काठमाडौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुट्नभन्दा केही अघि छलफललाई त्रिब्रता दिएका थिए । त्यही क्रममा अन्तिम रात नेकपा एकीकृत समाजवादी पार्टी गएका माधवकुमार नेपालका सम्धी सोमप्रसाद पाण्डेलाई पनि भेटे ।

कानूनीरूपमा एमालेमै रहेका तर राजनीतिक रुपमा एस पार्टीमा सक्रिय नेता पाण्डेले पार्टी विभाजनको अन्तिम मध्यरातमा ओलीलाई भेटेर फर्किदा माधवकुमार नेपाललाई ल्याएर आउने बचन दिएका थिए । उनले ओलीलाई अब ‘एकताको लागि वातावरण बनाएर आउँछु’ भन्दै फर्किएका थिए ।

प्रतिनिधिसभा सदस्य तथा एमालेका तत्कालीन केन्द्रीय सदस्य पाण्डेले भदौ ८ गते राति १ बजेसम्म आफू र रघु पन्त ओलीलाई मनाउन बालकोटमा बसेको बताए । माधव नेपाललाई पार्टीमै अड्याउन आफ्नो प्रयास सफल नभएपछि आफू एमालेमा नरहने जानकारी दिएर हिँडेको र अध्यक्ष ओलीले ‘त्यस्तो गल्ती नगर्न’ आफूलाई आग्रह गरेको पाण्डेले सुनाए ।

उनले भने, ‘हामी माधव नेपालको प्रतिनिधि भएरै तीनवटा प्रस्ताव लिएर गएका थियौं, राति १ बजेसम्म म बालकोटमै थिएँ र त्यसदिन निर्वाचन आयोगमा दल विभाजनका लागि गएको थिइन । तर, अन्तिममा मैले लौ मैले माधव नेपाललाई साथ दिनुपर्ने भयो, अब एकताको लागि वार्ता गर्न तपाईंसँग फेरि आउँछु भनेर हिँडेको हुँ ।

पहिलो प्रस्ताव थियो माधव नेपालसहित १४ सांसदमाथिको कारवाही फिर्ताको पत्र भदौ ९ गते दिउँसो १ बजेसम्म संसद सचिवालयमा पठाउने, त्यसपछि एमाले सम्पूर्णरूपमा जेठ २ मा फर्किने प्रतिबद्धता ओलीले मिडियाबाट बोल्ने अर्को थियो माधव नेपाललाई सम्मानजनक रूपमा पार्टीमा स्पेस दिन कुनै न कुनै परिभाषित जिम्मेवारी उल्लेख गर्ने हस्ताक्षरसहितको ।

पाण्डेले ओलीलाई भनेका थिए, ‘यी कुरा तपाईंले मान्नुस, माधव नेपाललाई मेरै गाडीमा हालेर ल्याउँछु र विभाजनबाट रोक्छु । तर, अध्यक्ष ओलीले कारवाही फिर्ता नहुने भनेपछि आफू बिदा भएर हिँडेको तर पार्टी एकताको लागि वातावरण बनाएर आउँछु भन्दै बिदा भएको उनले जानकारी दिए ।‘मलाई हिँड्ने बेलामा पनि उहाँले सोम कमरेड त्यो गल्ती ९पार्टी छाड्ने० नगर्नुस् है भन्नुभएको थियो तर मैले माधव नेपाललाई साथ दिनुपर्ने भयो’ पाण्डेले अन्तिम रातको संवाद सुनाउँदै भने ।

एमाले विभाजन हुनुमा अध्यक्ष केपी ओलीभन्दा पनि दोस्रो तहका केही नेता र माधव नेपाल पक्षका पनि दोस्रो पुस्ताका दुई तीन जना नेताको भूमिका रहेको आरोपसमेत पाण्डेले लगाए । पाण्डे एकताको पक्षमा लागेकै कारण दल विभााजनको निवेदनमा उनको हस्ताक्षर थिएन । त्यहीकारण भदौ ९ गते सनाखतका लागि जाँदा निर्वाचन आयोगले उनको सनाखत लिएन ।

पाण्डे र राष्ट्रियसभा सदस्य शारदा भट्ट नेकपा एसमा जान पाउँ भनेर अदालत गए । अदालतले उनीहरूलाई नेकपा एस रोजेका आधारमा कुनै कारवाही नगर्न अन्तरिम आदेश दिएको छ । तर, मुद्दाको फैसला नहुन्जेल उनीहरूमाथि कारवाही गर्नमात्र रोकेको तर उनीहरूको हैसियत साविककै दलको हुने सर्वोच्चकै अधिकारीहरुले बताएका छन् ।

यसै गरि , नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको नेतामा सोडारी सर्वसम्मत
नेकपा एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा दीर्घबहादुर सोडारी चयन भएका छन् । प्रदेश इन्चार्ज गरिमा शाहको उपस्थितिमा मंगलबार बसेको संसदीय दलको बैठकले सरकारका भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका सोडारीलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो ।

बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य बलबहादुर सोडारीको प्रस्ताव र सांसद तारा लामा तामाङको समर्थनमा सोडारीलाई सर्वसम्मत दलको नेता चयन गरिएको सांसद अमरबहादुर साउदले जानकारी दिए । तामाङ र आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी पनि दलको नेताका आकांक्षी थिए ।

बैठकले संसदीय दलको विधान पनि पारित गरेको सांसद साउदले जानकारी दिए । दलको उपनेता, प्रमुख सचेतक र सचेतक अर्को बैठकबाट चयन गरिने समाजवादीले जनाएको छ । सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको एकीकृत समाजवादीका १४ सांसद छन् ।

यसअघि सोमबार बसेको उक्त दलको बैठकले सरकारलाई समर्थन दिने निर्णय गरेको थियो । समाजवादीले समर्थन गर्ने निर्णय गरेसँगै सरकारलाई बहुमत कायम भएको छ । एमालेमा हुँदादेखि नै आफ्नो समूहको सरकारमा गठबन्धन रहेकाले समर्थन कायम राख्ने निर्णय दलको बैठकले गरेको सांसद दुर्गा कामीले बताइन् ।

एमालेमै हुँदा माधव नेपाल समूह माओवादी नेतृत्वको सरकारमा सत्तासाझेदार रहँदै आएको छ । नेपाल समूहमा रहेका बहुमत सांसद उनी नेतृत्वको एकीकृत समाजवादीमा गएसँगै सरकारमा विगतकै गठबन्धनले निरन्तरता पाउने भएको हो । दुई दलको प्रस्ट बहुमत रहेकाले सरकारमा तत्काल अरू दललाई सहभागी गराउने कुनै तयारी नरहेको सांसदहरूले बताएका छन् ।

‘सरकार आफैँ प्रस्ट बहुमतमा छ । त्यसैले अरू दललाई सहभागी गराउने कुरा भएन ।’ एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले भनिन्, ‘सरकारमा दुई दलकै गठबन्धन कायम रहन्छ ।’

एमाले विभाजनअघि नेपाल समूहका चार मन्त्री र तीन राज्यमन्त्री सरकारमा थिए । एमालेमै रहने निर्णय गरेका प्रकाशबहादुर शाहले आन्तरिक मामिलामन्त्री र अर्चन गहतराजले सोही मन्त्रालयको राज्यमन्त्रीबाट राजीनामा दिइसकेका छन् । रिक्त मन्त्रालयमा समाजवादीबाटै नयाँ मन्त्री नियुक्त हुने गरी मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल भइरहेको बताइएको छ ।

हाल कायम रहेको ५२ सदस्यीय प्रदेश सभामा सरकारको बहुमतका लागि २७ सदस्य आवश्यक पर्छन् । सबैभन्दा ठूलो दल समाजवादीका १४ र सरकारको नेतृत्व गरिरहेको माओवादीका १३ सांसदसहित सरकार गठनका लागि चाहिने मत पुग्छ ।

प्रतिक्रिया