आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

देउवा फेरि सभापति बन्ने पक्का, प्रतिस्पर्धीहरुलाई 240 भोल्टको झट्का

प्रकाशित
724
SHARES

काठमाडौ। नेपाली काँग्रेसमा सभापतिका एक दर्जन दाबेदार लाई ठूलो धक्का लाग्ने संकेत देखिएको छ । सभापती शेर बहादुर देउवा नै दोहोरिने पक्कापक्की भएको हो । महाधिवेशनको मिति नजिकिएपनि दाबेदार कसैले ब्याक भएको घोषणा गरेका छैनन् । बरु सभापतिमा उम्मेदवारी घोषणा गर्नेहरु बढिरहेका छन् ।

सभापतिमा काँग्रेसको विभिन्न पुस्ताका नेताहरु दाबेदार छन् । ८० को नजिक पुगेका वर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दाबेदार छन् । देउवाले १३औं महाधिवेशनमा पौडेललाई पराजित गरेका थिए ।

७० कटेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा। शेखर कोइराला, अर्जुननरसिंह केसी, डा। रामशरण महत पनि सभापतिका दाबेदार छन् । उनीहरु कुनै हालतमा पछि नहट्ने अडानमा छन् ।

उमेरका कारण पनि यसपटक सभापति बन्न नपाए अवसर नआउने सम्भावना रहने कारण पनि उनीहरुको अडान कायमै छ । ६५ कटेकामध्ये पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा। सशांक कोइराला, केन्द्रीय सदस्य सुजाता कोइराला पनि दाबेदार छन् । वर्तमान उपसभापति विमलेन्द्र निधिले सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन् ।

सिंह आफूसँग लामो अनुभव भएको र सिद्धान्त र आदर्शको राजनीतिबाट अविचलित रहेकाले काँग्रेसको नेतृत्व हाँकेर पार्टीलाई उचाईमा पुर्याउन सक्ने बताउँदै आएका छन् । वीपीपुत्र सशांक र जीपी पुत्री सुजाता पनि काँग्रेसको साख उच्च बनाउनसक्ने भन्दै दाबेदार देखिएका छन्।

निधिले देउवालाई कुनै हालतमा सभापति बन्न नदिने चुनौती यसअघि नै दिइसकेका छन् । ६० कटेका चन्द्र भण्डारी देखि ५० आसपासका कल्याण गुरुङ पनि सभापतिका दाबेदार छन् । यसरी दाबेदारहरुले अन्तमा कुनै एकलाई साथ दिएर ब्याक हुने सम्भावना छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा अर्को कार्यकाल नेतृत्वका लागि प्रतिष्पर्धामा उत्रने निश्चितप्रायः भइसकेको छ । देउवाले सार्वजनिक रुपमा सभापतिको उम्मेदवारी घोषणा गरेका छैनन् । तर, उनको सक्रियता त्यसैतर्फ केन्द्रित देखिन्छ । देउवाले सभापति दोहोराउन खोजेपछि उपसभापति विमलेन्द्र निधिले साथ छाडिसकेका छन् । निधिले आफै सभापतिको उम्मेदवारी घोषणा गरेका छन् ।

यसपटकको काँग्रेसको महाधिवेशनमा देउवालाई कस्ले मुख्य चुनौती दिने भन्ने चासो बनेको छ । पौडेलको पक्षमा सहमतिको सम्भावना छ तर सजिलो छैन । अन्तमा उनले कसैलाई साथ दिने सम्भावना पनि छ ।

महामन्त्री डा। सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु डा। शेखर कोइराला र सुजाता कोइराला एक भएमा माहोल फरक हुन सक्छ । अर्जुननरसिंह केसी, डा। रामशरण महत देखि कल्याण गुरुङ समेतले साझा उम्मेदवार बनाउन सक्ने सम्भावना छ । सिटौलाको साथ कस्लाई होला रु यो पनि चासो बनेको छ । निधिले साथ लेलान् या देलान् रु शक्ति बाँडफाँडबाट यसको टुंगो लाग्न सक्छ ।

यसपटकको काँग्रेसको महाधिवेशनमा देउवालाई कस्ले मुख्य चुनौती दिने भन्ने चासो बनेको छ । पौडेलको पक्षमा सहमतिको सम्भावना छ तर सजिलो छैन । अन्तमा उनले कसैलाई साथ दिने सम्भावना पनि छ । महामन्त्री डा। सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु डा।

शेखर कोइराला र सुजाता कोइराला एक भएमा माहोल फरक हुन सक्छ । अर्जुननरसिंह केसी, डा। रामशरण महत देखि कल्याण गुरुङ समेतले साझा उम्मेदवार बनाउन सक्ने सम्भावना छ । सिटौलाको साथ कस्लाई होला रु यो पनि चासो बनेको छ । निधिले साथ लेलान् या देलान् रु शक्ति बाँडफाँडबाट यसको टुंगो लाग्न सक्छ ।

काँग्रेसमा वडा तहमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका रुपमा भन्दा पनि उनीहरु नजिकका नेता र कुनैपनि गुटमा जानसक्ने नेताहरु सक्रिय रहे । उनीहरु जतिसक्दो बढी प्रतिनिधि जिताउन लागे । देउवा पक्षको मत र पौडेल समूहको मत प्रतिनिधि तहमा आइपुग्दा खासंै अन्तर नभएको बुझिएको छ ।

काँग्रेसभित्र देउवा र पौडेल कुनैपनि समूहमा नरहेको गुटहरुको मत पनि उल्लेख्य बनिसकेको छ । अब निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयनले काँग्रेसमा कुन समूह प्रभावशाली रहेको तस्बिर देखिनेछ ।

अहिलेसम्मको काँग्रेसको चुनावी लहर हेर्दा देउवा पक्ष पहिलो नम्बरमा, पौडेल पक्ष दोस्रो नम्बरमा र त्यसपछि उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला क्रमशः तेस्रो र चौंथो स्थानमा रहेका छन् । तर, देउवालाई साथ दिइरहेका विजयकुमार गच्छेदारले पनि प्रतिनिधि चयनसम्म प्रभाव बनाउन सकेका छन् ।

यसै गरि , बिहीबारबाट सरकारले बजेट खर्च गर्न नपाउने अवस्था आएको छ । सरकार र प्रतिपक्षको किचलोमा बजेट पर्दा बजेट खर्च नै नहुने अवस्था आएको हो । त्यसअगाडि बुधबार मात्र सरकारले एकै दिन करीब १५ अर्ब रुपैयाँ खर्च गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार बुधबार सरकारी कोषबाट १४ अर्ब ८७ करोड ८ लाख रुपैयाँ खर्च भएको छ । यसरी खर्च भएको रकममध्ये चालु खर्चमा ८ अर्ब ७० करोड र वित्तीय व्यवस्थामा ६ अर्ब रुपैयाँ खर्च भएको छ । पुँजीगत खर्च भने मात्र १६ करोड भएको तथ्यांकमा देखिएको छ । अब संसदको अर्को बैठक ४ असोजमा बोलाइएको छ ।

यो अवधिमा सरकारले बजेट खर्च गर्न पाउँदैन । १५ जेठमा अध्यादेशबाट आएको बजेट निष्क्रिय हुने समय नजिकिँदै गर्दा सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो । सो विधेयक संसदबाट पास भएपछि मात्र सरकारले बजेट खर्च गर्न सक्ने बाटो खुल्छ ।

प्रतिस्थापन विधेयक पनि पास नहुने अवस्था आएमा भने सरकारले अर्को विकल्प खोज्नु पर्ने हुन्छ । यसअघि बुधबार नै महालेखा नियन्त्रक कार्यालयले संसदमा प्रतिस्थापन विधेयक जानु अगाडि रोकेको सरकारी भुक्तानी फुकुवा गरेको जानकारी गराएको थियो ।

महालेखा नियन्त्रक कार्यालयले २४ भदौबाट लागु हुने गरी तीन दिनका लागि अनिवार्य दायित्वबाहेकका सबै भुक्तानी रोक्न भनेको थियो । यसरी रोकिएको भुक्तानी फुकुवा भएसँगै बुधबार एकै दिन ठूलो रकम खर्च भएको छ । चालु खर्चमा भएको अधिकांश रकम तलव भत्तामा खर्च हुन्छ । सामान्यतया सरकारले तलव भत्ता २८/२९ गते नै खातामा पठाउने हुँदा पछिल्लो अवरोधले कर्मचारीको भदौ महिनाको तलव प्राप्तिमा भने समस्या नपर्ने बताइएको छ।

प्रतिक्रिया