आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

देउवा सरकारमा नजाने उपेन्द्र यादवको घोषणा, बालबाल बच्यो जसपा

प्रकाशित
300
SHARES

काठमाडौँ। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले देउवा सरकारमा आफू सहभागी नहुने घोषणा गरेका छन् । उनले आफू सरकारमा नजाने घोषणा गरेपछि जसपा फुट्नबाट बालबाल बचेको हो । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न राजनीतिक दलसम्बन्धी अध्यादेश बाधक बनेको छ ।

दल विभाजनलाई सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण पछिल्लोपटक मन्त्रिपरिषद् विस्तार नै रोकिन पुगेको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ६० दिन नघिसकेको छ । उनले मन्त्रिपरिषद् पूर्णता दिन पटकपटक प्रयास गरे पनि सफल हुन सकेका छैनन् ।

पछिल्लोपटक अध्यादेश समस्याका रूपमा प्रस्तुत भएको हो । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले अध्यादेश खारेज भएपछि सरकारमा सहभागिता जनाउने नीति लिएको छ । तर, सरकारलाई समर्थन गरेको अर्को दल नेकपा एमालेबाट विभाजन भएर बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी०ले भने प्रधानमन्त्रीसामु अध्यादेश खारेज नगर्न अनुरोध गरेको छ ।

सरकारलाई समर्थन गरेका दुई दलका फरक मतका कारण प्रधानमन्त्री देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न नै समस्या उत्पन्न भएको हो ।गठबन्धनका नेताहरुले उपेन्द्र यादवलाई अहिले हामी थपेर मन्त्रिपरिषद् विस्तार गर्छौ भन्दा पनि मानेनन् । उनले दल फुट्ने डरले आफू त सरकारमा सहभागी भएनन् भएनन् प्रधानमन्त्री देउवालाई गर्न पनि दिइरहेका छैनन् ।

यसै गरि , नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले एमाले र केपी ओलीविरु’द्धको महागठब’न्धनलाई चुनावबाटै परा’स्त गर्ने बताएका छन् । बुटवलमा आयोजित एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रायमाझीले प्रचण्डले नेकपा विभाजन गरेर हिँडेकाले आफूहरू मूल नेतृत्व केपी ओलीलाई नै मानेर एकतामा बसेको बताए ।

रायमाझीले भने, ‘पार्टी एकतालाई व्यक्तिगत फाइदाको लागि उपयोग गर्न खोज्नुभयो । अना’वश्यक रूपमा खिच’लो सिर्जना गरेर फुटाउने कुचे’ष्टा गर्नुभयो । हामीले अन्तिमसम्म ओलीको नेतृत्वमा पार्टीलाई एकताबद्ध राख्न खोज्यौं तर उहाँहरूको नियत ठीक नभएकाले नेकपा छाडेर भाग्नुभयो ।

पूर्वमाओवादी समूहका नेता रायमाझीले केपी ओलीले समृ’द्धिको नेतृत्व गरेका कारण आफूहरू प्रचण्डसँग जान नसकेको भन्दै ओली र एमालेविरु’द्धको म’हागठब’न्धनलाई प’रास्त गरिने बताए ।

रायमाझीले भने, ‘सूर्य र गोलाकारभित्रको हँसि’या ह’थौडाबाट चुनाव लडेर जित्ने अनि रुख चिन्हको नेतालाई प्रधानमन्त्री बनाउन हिँड्नेहरूले ऐ’तिहासिक भूल गरेका छन् । कांग्रेसको पुच्छर भएर हिँडेकाहरूले समा’जवादको कुरा गर्न सुहाउँदैन ।’

रायमाझीले आफ्नै बुतामा चुना’व लडेर जित्ने हिम्मत न’भएपछि कांग्रेसको सहारा खोज्न प्रचण्ड माधव हिँडिरहेको आरो’प लगाए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अर्को आपत आइलागेको छ । प्रधानमन्त्री देउवाले आजभन्दा २० बर्षअघिको बदला लिनेगरी तयारी गरेको खुलासा भएपछि आपत आइलागेको हो ।

२० बर्षअघि २०५८ सालमा तत्कालिन माओवादीले देशभर आतंक सृजना गरेको थियो । त्यही आतंकका कारण सयौँ कांग्रेस नेता तथा कार्यकर्ताको हत्या भएको थियो भने हजारौँ विस्थापित भएका थिए । त्यही मौकामा देउवाले प्रचण्डसहितका नेताहरुको टाउकाको मूल्य तोकेका थिए ।

कांग्रेस नेता कार्यकर्तामाथि भएको दमनको बदला लिने मौका देउवाले बल्ल पाएका छन् । देउवाको बदला लिने षड्यन्त्र थाहा पाएका प्रचण्डले सार्वजनिक कार्यक्रममा आफू एक्लो बन्न सक्ने गुनासो गर्दै आएका छन् । उनको यो अभिव्यक्तिको विभिन्न टिका टिप्पणी भएको छ ।

प्रचण्डले एक्लो हुन सक्छु भन्ने अभिव्यक्ति बारे नेपालका लागि नेपाली पार्टीका अध्यक्ष बालकृष्ण न्यौपानले कठोर टिप्पणी गरका छन् । प्रचण्डको हालत उनले भनेको भन्दा पनि अझै दयनिय हुने दावी न्यौपानेको छ ।

ओटीभी नेपाल डट कमसँगको विशेष कुराकानीमा नेपालका लागि नेपाली पार्टीका अध्यक्ष न्यौपानेले प्रचण्ड एक्लो हुने मात्रै होइन एक्लो पनि जेलमा हुने ठोकुवा गरेका छन् । प्रचण्डले जती अपराध र राष्ट्रधात यो देशमा अरु कसैले नगरेको भन्दै उनले हिसाब किताब हुने बताएका छन्।

प्रचण्डले अब दुई बर्षपछि आफू एक्लै हुने होकी भनेको कुरा एकदम सहि भएको भन्दै उनले दुर्ई बर्ष पछि भनेको चुनाव पछि राजनीति सकिने विश्लेषण प्रचण्डले गरेको बताए । आगामी चुनाव पछि प्रचण्डको हालत निकै नै खराब हुन्छ यदि नेपाली जनता मान्छे हुन् भने उनलाई भोट दिँदैनन् उनले भनेका छन् ।

कुराकानीका क्रममा अध्यक्ष न्यौपानेले आफ्नो पार्टीको पहिलो एजेण्डानै पञ्चायत काल देखीको सार्वजनिक ओहदामा बसेकाहरुको सम्पत्ती छानविन गर्नु भएको भन्दै पहिलो नम्बरमा पुष्पकमल दाहाल रहेको पनि बताए । प्रचण्डले अहिले सम्म गरेका एकएक अप राधका फाइल खोलेर ठिक पार्ने पनि न्यौपानेले बताए ।

प्रचण्ण्ड प्रति निकै आक्रामक देखिएका न्यौपानेले नेत्रविक्रम चन्द विप्लवको भने तारिफ गरेका छन् । विप्लवलाई देशभक्त कम्युनिष्ट भन्दै उनले विप्लवसँग मिलेर जाने तयारी भइरहको र यस बारेमा विभिन्न चरणमा छलफल भएको पनि बताएका छन् ।

देश बच्यो भने मात्रै राजनीति गर्न सकिने भन्दै अध्यक्ष न्यौपानले अहिले एमसीसी र पछि अरु पनि राष्ट्रिय सवालहरुमा पनि विप्लवसँग मिलेर सहकार्य गरिने बताए । कम्युनिष्टहरु कोहि देशभक्त र कोही देश द्रोही रहेको भन्दै उनले विप्लव देशभक्त कम्युनिष्ट भएको बताए ।

प्रचण्डले काग्रेस, एमाले, भारत, अमेकिरा सबैलाई धोका दिइसकेको भन्दै अध्यक्ष न्यौपानेले अब प्रचण्ड एक दिन कमल थापा भन्दा चर्को राजावादी बनेर निस्कन सक्ने पनि बताए । सबै सँग ट्रायल गरेर सबैलाई धोका दिइसकेको र अब कमल थापा र प्रचण्डको मात्रै सहकार्य हुन बाँकी रहको पनि उनले बताए ।

 

 

प्रतिक्रिया