आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजीनामा दिंदै प्रधानमन्त्री, यस्तो कारण थाहा पाएपछि देश भर तरंग

प्रकाशित
1.5K
SHARES

काठमाडौँ । प्रधानमन्त्रीले फेरि पार्टी नेतृत्वको चुनाव नलड्ने भन्दै राजीनामा दिए तयारी गरेका छन् । जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा दिने भएका छन् । उनले फेरि पार्टी नेतृत्वको चुनाव नलड्ने बताएका छन् । उनले यही महिनाको अन्तिममा प्रधानमन्त्री पदबाट राजीनामा दिने संकेत गरेको बीबीसीले जनाएको छ ।

एक वर्ष पहिलामात्र शिन्जो आबेले राजीनामा दिएपछि सुगा प्रधानमन्त्री बनेका थिए । सुगाले यस्तो घोषणा आफ्नो लोकप्रियतामा आएको कमीपछि गरेको बीबीसीले जनाएको छ। जापानमा अहिले पनि कोरोनाका कारण संकटकाल लगाइएको छ ।

जापानमा कोरोनाको लहर रोकिएको छैन । १५ लाखभन्दा धेरै मानिस कोरोना संक्रमित भएका छन् । कोरोनाविरुद्धको खोप अभियान निकै सुस्त गतिमा छ । महामारीकाबीच ओलम्पिक खेल आयोजना गरेपछि सुगाको लोकप्रियतामा कमी आएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार सुगाको लिबरल डेमोक्रेटिक पार्टी एलडीपीका महासचिबले शुक्रबार कार्यकारिणी समितिको बैठकमा सुगाले आफ्नो सम्पूर्ण ध्यान कोरोनामा लगाएको उनले बताएको जनाएका छन् । सत्तारुढ एलडीपीले २९ सेप्टेम्बरमा पार्टी प्रमुखका लागि चुनाव गर्दै छ । जसले पार्टीको नेतृत्व गर्छ सोही व्यक्ति प्रधानमन्त्री बन्ने सम्भावना धेरै हुन्छ ।

त्यस्तै विश्वका प्रमुख नेताबारे गरिएको एउटा सर्वेक्षणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सबैभन्दा बढी रुचाइएका नेता बनेका छन् । २० जुन २०२१ मा प्रधानमन्त्री मोदी सर्वाधिक रुचाइएका नेतामा गणना भएको सर्वेक्षणले देखाएको हो । महामारीबीच मोदीको ‘एप्रोभल रेटिङ’ ६३ प्रतिशत रहेको पाइएको छ । यो दर विश्वका अन्य नेताको तुलनामा सबैभन्दा बढी हो ।

मोदीपछि मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुअल लोपेज ओब्रादर बढी रुचाइएका नेता बनेका छन् । लोपेजपछि एप्रोभल रेटिङमा इटालीका प्रधानमन्त्री मारियो ड्रागी र जर्मन चान्सलर मर्केला एन्जेलको नाम छ ।

सर्वेक्षणअनुसार ड्रागीको ६४ प्रतिशत र मर्केलको एप्रोभल रेट ५२ प्रतिशत छ । मर्केलपछि अमेरिकी राष्ट्रपति जो बाइडेन छन् । बाइडेनको एप्रोभल रेट ४८ प्रतिशत छ । सबैभन्दा न्यून एप्रोभल रेट जापानका प्रधानमन्त्री योसिहिदे सुगाको छ । दी मर्निङ कन्सल्टले गरेको सो सर्वेक्षणको सूचीमा चीनका कुनै नेताको नाम समावेश छैन ।

त्यस्तै यता अफगानिस्तानका पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहले पंजशीरबाट तालिबानको प्रतिरोध जारी रहने भन्दै आफूहरुले अफगानिस्तानभरीका जनताको हकको रक्षा गर्ने बताएका छन् । सालेहले फेसबुकमा ‘तालिबानमाथि प्रतिक्रिया’ शीर्षकबाट एउटा पोस्ट लेखेका छन् ।

उनले यसमा लेखेका छन्, ‘हाम्रो प्रतिरोध सबै अफगान नागरिकको अधिकारको रक्षाका लागि हो । विरोधी पञ्जशीरमा छन् तर उनीहरुले पञ्जशीरका लागि मात्रै प्रतिरोध गरिरहेका छैनन् ।

‘आज यो उपत्यकाले सम्पूर्ण मुलुकको प्रतिनिधित्व गरिरहेका छ र ती सबै अफगान जनताका लागि एक आशा हो जसले दमन, बदला, द्वेष, मानिसहरुको सम्पत्तिमा दखलबाट जोगाउन चाहन्छ ।’

‘यदि यो देशले तिमीमाथि अलिकति पनि विश्वास गर्छ भने सीमामा मानिसहरुको लाइन किन छ, जो आफ्नो सबैकुरा छोड्न चाहन्छन् तर तिम्रो नियन्त्रणमा बस्न चाहँदैनन् ।

अमेरिकामा मोदी–बाइडेन वार्तामा के-के भयो ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनबीच ह्वाइटहाउसमा शनिबार ९० मिनेट वार्ता भएको छ । ‘सबैभन्दा ठूलो’ र ‘सबैभन्दा पुरानो’ लोकतन्त्रका प्रतिनिधिबीच भएको वार्तामा दुई देशबीच रणनीतिक साझेदारीदेखि कोभिड १९विरुद्धको खोपमा सहकार्यका विषयमा छलफल भएको छ । दुई शीर्ष नेताबीच औपचारिक वार्ताअघिको एकान्त वार्तालाई अर्थपूर्ण रूपमा लिइएको छ ।

बाइडेनले अमेरिका–भारत सम्बन्धको इतिहासमा नयाँ अध्यायको सुरुवात भएको बताएका छन् । उनले भेटवार्तापछि ट्विटरमा भनेका छन्, ‘हाम्रा दुवै मुलुक दुनियाँका सबैभन्दा ठूला लोकतन्त्र हुन् र लोकतन्त्रका लागि कठिन चुनौती सामना गर्न पनि प्रतिबद्ध छन् ।’ प्रधानमन्त्री मोदीले पनि वार्ता उत्कृष्ट भएको बताएका छन् । मोदीको भनाइ छ, ‘महत्वपूर्ण अन्तर्राष्ट्रिय मुद्दामा अमेरिकी राष्ट्रपतिको नेतृत्व सराहनीय छ । हामीले भारत र अमेरिकाबीच विभिन्न क्षेत्रमा सहकार्य कसरी अघि बढाउने, जलवायु परिवर्तनजस्ता मुख्य चुनौतीको सामना गर्न कसरी मिलेर काम गर्ने भन्ने विषयमा छलफल गरेका छौँ ।’

भेटवार्तापछि भारतीय विदेश सचिब हर्षबर्धन शृंगलाले पत्रकारहरूलाई दिएको जानकारीअनुसार दुवै शीर्ष नेताले लोकतान्त्रिक मूल्य र साझा रणनीतिक हितका लागि ब्यापक वैश्विक राण्नीतिक साझेदारीका लागि प्रतिबद्धता जनाएका छन् । साझा प्रतिबद्धता थप मजबुत बनाउन पनि उनीहरू सहमत भएको श्रृंगलाले जानकारी दिए । दुवै नेताले कोभिड १९ को प्रतिकार्यका विषयमा आआफ्ना मुलुकको अनुभव पनि आपसमा बताएका छन् । कोभिड १९ महामारीमा अमेरिकाले गरेको सहयोगप्रति मोदीले बाइडेनलाई धन्यवाद दिएका छन् । बाइडेनले कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि भारत सरकारले अपनाएका कदमहरूको प्रशंसा गरेको पनि श्रृंगलाले जानकारी दिएका छन् । भारतीय खोप गुणस्तरीय, सस्तो भएकोमा प्रशंसा गर्दै बाइडेनले भारतले अक्टोबरदेखि खोपको निर्यातमा प्रतिबध हटाउने निर्णय गरेकोमा पनि धन्यवाद दिएका छन् ।

भेटवार्तापछि जारी संयुक्त वक्तव्यमा अमेरिका र भारतले स्वतन्त्रता, बहुलवाद, खुलापन, मानवअधिकारका समान मूल्यका लागि प्रतिबद्धता दोहोर्याएका छन् । बाइडेनले भारतप्रति आफ्नो अटुट प्रतिबद्धता प्रकट गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भविष्यमा आउने महामारीको जोखिम कम गर्न महामारीको तयारी र बायोमेडिकल अनुसन्धानलगायत विश्वव्यापी स्वास्थ्यलाई असर गर्ने प्रमुख क्षेत्रहरूमा सहयोग बढाउन स्वास्थ्य र बायोमेडिकल विज्ञानसम्बन्धी व्यापक समझदारी पत्रलाई अन्तिम रूप दिन पनि भारत र अमेरिकाले प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रपति बाइडेनले सन् २०३० सम्म ४५० गिगावाट नवीकरणीय ऊर्जा स्थापना गर्ने घरेलु लक्ष्य हासिल गर्ने प्रधानमन्त्री मोदीको प्रयासलाई समर्थन जनाएका छन् । राष्ट्रपति बाइडेनले अमेरिका र भारत बीच रक्षा सम्बन्धको अपरिहार्यतामा जोड दिँदै रणनीतिक साझेदारको रूपमा भारतप्रति अटूट प्रतिबद्धता जनाएका छन् । उनले सूचना आदान प्रदान, लजिस्टिक एवं सेनाहरूबीच अन्तरक्रिया र साझेदारी, सेनाहरूबीच सहयोग सुदृढीकरणका लागि मिलेर काम गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

उनीहरूले उन्नत औद्योगिक सहयोगमा जोड दिँदै प्रतिरक्षा प्रविधि र व्यापारको पहलकदमीअन्तर्गत सहकार्यमा प्रतिबद्धता जनाएका छन् । उनीहरूले सरकार र निजी सरोकारवालाहरूलाई रक्षा उद्योगमा नवीनता र उद्यमशीलता बृद्धि गर्न प्रोत्साहन गर्ने पनि प्रतिबद्धता जनाएका छन् । उनीहरूबीच औद्योगिक सुरक्षा सम्झौता शिखर सम्मेलन आयोजना गर्ने विषयमा पनि छलफल भएको छ ।

उनीहरूबीच अफगानिस्तानका विषयमा पनि छलफल भएको छ । अफगानिस्तानले आफ्नो भूभाग अरू देशलाई धम्की दिन वा आक्रमण गर्न वा आतंकवादीहरूलाई आश्रयस्थल बनाउन नदिने कुरामा प्रतिबद्धता जनाउनुपर्नेमा उनीहरूको जोड थियो । आतंकवादीहरूलाई आर्थिक वा राजनीतिक संरक्ष्ण नगर्ने सुनिश्चितता तालिवान सरकारले गर्नुपर्नेमा उनीहरूबीच एकमत थियो ।

अफगानिस्तानबाट सबै विदेशी नागरिकको सुरक्षित र व्यवस्थित बहिर्गमनमा अवरोध नगर्न, महिला, बालबालिका तथा सबै अफगान नागरिकको मानवअधिकारको सम्मान तथा त्यससम्बन्धी प्रतिबद्धताको पालन गर्न पनि उनीहरूले जोड दिएका छन् । उनीहरूबीच बर्माको लोकतन्त्रका पक्षमा प्रतिबद्धता जनाउनदेखि विश्वका राजनीतिक घटनाक्रमबारे सविस्तार छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया