आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राष्ट्रपति भण्डारी एकाएक चालिन यस्तो कदम, के हुन्छ अब ?

प्रकाशित
557
SHARES

काठमाडौँ । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आममाफी र बाँकी सजाय मिनाहाको सिफारिस पठाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले संविधान दिवसका अवसरमा ५० प्रतिशत कैद भुक्तान गरेका ५३४ जनाको कैद मिनाहा र ७ जनालाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सोही निर्णयअनुसार बुधबार राष्ट्रपति कार्यालयमा सिफारिस पत्र पठाइएको गृहमन्त्री बालकृष्ण खाणले रातोपाटीलाई जानकारी दिए । मुलुकी अपराध संहिता २०७४ बमोजिम अपराधको नकारात्मक सूचीमा नपरेका, ५० प्रतिशत सजाय भुक्तान गरेका, असल चालचलन भएको बाँकी सजाय मिनाहा हुने व्यवस्था छ ।

गृहमन्त्री खाणका अनुसार फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ अनुसार जन्मकैद, भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, संगठित अपराध, सम्पत्ति शुद्धीकरण, मानवताविरुद्ध अपराध, राज्यविरुद्धको अपराध, तेजाव अपराधसम्बन्धी कसुरमा दोषी ठहर भएका व्यक्तिको सजाय माफी तथा मिनाहा गर्न मिल्दैन ।

यस बाहेकका कैदीले सजाय मिनाहाको सुविधा पाउने व्यवस्था छ । सोही अनुसार ५३४ जनाको कैद मिनाहा र ७ जनालाई आम माफीका लागि राष्ट्रपति कहाँ सिफारिस गरिएको उनको भनाइ छ ।

गृहमन्त्री खाणका अनुसार गृहको प्रस्ताव मन्त्रिपरिषद्बाट अनुमोदन भइसकेकाले राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरे कार्यान्वयन हुनेछ । आगामी असोज ३ गते संविधान दिवसमा उनीहरुले कैद मिनाहा र आम माफी पाउने छन् ।

त्यस्तै गृह मन्त्रालयले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गर्ने निर्णय गरेको छ । मन्त्रालयको निर्णयअनुसार सहसचिव घनश्याम उपाध्याय जिल्ला प्रशासन कार्यालय ललितपुरमा सरुवा भएका छन् ।

यस्तै रुद्रादेवी शर्माको जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सरुवा भएको छ भने गुल्मीमा पुण्ड विक्रम पौडेलको सरुवा भएको छ । यसैगरी काशीराज दाहाल मोरङमा सरुवा भएका छन् भने यसअघि सीडीओ रहेका कोषहरि निरौलालाई गृह मन्त्रालयमा तानिएको छ । यसैगरी ललितपुरका सीडीओ डुण्डी प्रसाद निरौला पनि गृह मन्त्रालयमा तानिएका छन्

यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले एकैपटक ८५ सहसचिवको सरुवा गर्ने निर्णय गरेका थिए ।

देउवाले मंगलबार मन्त्री स्तरको निर्णयबाट सहसचिवहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेका हुन् । विभिन्न मन्त्रालयका साथै प्रदेशका सचिवहरूको समेत सरुवा गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मंगलबारको सरुवामा २९ जना सहसचिवहरुलाई प्रदेशमा सरुवा गरिएको छ भने एकजना सहसचिवलाई फाजिल अर्थात् जगेडामा राखिएको छ ।

कसलाई कुन प्रदेशमा खटाइयो ?

बद्रीराज ढुङ्गाना-गण्डकी प्रदेश, दिवेश मणि त्रिपाठी-सुदूरपश्चिम प्रदेश, अणप्रसाद न्यौपाने-कर्णाली प्रदेश, वैकुण्ठ प्रसाद अर्याल- गण्डकी प्रदेश, दीपक शर्मा-गण्डकी प्रदेश,हरि बहादुर केसी-गण्डकी प्रदेश, रामानन्दन तिवारी, प्रदेश नम्बर १, नम्रता सिंह-प्रदेश नम्बर २, डा. शान्ता कार्की-लुम्बिनी प्रदेश, डा. शरण कुमार पाण्डे-बागमती प्रदेश,मदन सिंह धामी-सुदूरपश्चिम प्रदेश, मोहनराज चापागाई-प्रदेश नम्बर १,अशोक कुमार साह-बागमती प्रदेश,गणेशराज वस्ती-कर्णाली प्रदेश, अमृत श्रेष्ठ-लुम्बिनी प्रदेश, प्रेम कुमार सिंह-प्रदेश नम्बर २, रुद्रसिंह तामाङ- बागमती प्रदेश ।

त्यस्तै, कालीप्रसाद पराजुली- प्रदेश नम्बर १, ज्ञानेन्द्र पौडेल-गण्डकी प्रदेश, यमलाल भुसाल-बागमती प्रदेश, शिवराम न्यौपाने-बागमती प्रदेश, सुमन दाहाल-प्रदेश नम्बर १,खोमराज कोइराला-लुम्बिनी प्रदेश,धनीराम शर्मा-बागमती प्रदेश, जितेन्द्र बस्नेत-लुम्बिनी प्रदेश, गजेन्द्र कुमार ठाकुर-प्रदेश नम्बर २, झक्क प्रसाद आचार्य, कर्णाली प्रदेश, सागर आचार्य-गण्डकी प्रदेश,स्किम श्रेष्ठ- बागमती प्रदेश ।

त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेर काम गरिरहेका रामबन्धु सुवेदीलाई भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मा दिइएको छ ।

त्यसैगरी प्रदेश नम्बर २ को खानेपानी तथा उर्जा मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालिरहेका सहसचिव रामआधार साहलाई भने संघको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगत रहने गरी फाजिल अर्थात् जगेडामा राखिएको छ । साह गएको असार ३१ गतेमात्रै त्यहाँ सरुवा भएर गएका थिए ।

त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केही दिनभित्रमा नै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएकी छन् । नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीले आज बेलचौतारामा आयोजना गरेको कार्यकर्ता भेलामा उनले लामो समयदेखि रोकिएको मन्त्रिपरिषद् विस्तारले अब पूर्णता पाउने बताएकी हुन् । मन्त्री भुसालले भनिन्, “दुई महिनादेखि मन्त्रिपरिषद् अपूर्ण छ, यही भदौ ३० गते संसदबाट बजेट पास भएपछि मन्त्रिपरिषद् विस्तार हुन्छ ।”

उनले वर्तमान सरकारले जनताका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सङ्गठन विस्तारमा केन्द्रित हुन कार्यकर्तालाई आग्रह गरिन्। मन्त्री भुसालले संसद अवरुद्ध गर्ने कार्य नाजायज भएको बताउँदै नेकपा एमाले त्यसतर्फ गम्भीर हुनुपर्ने बताइन् । कार्यक्रममा राष्ट्रियसभा सदस्य दीनानाथ शर्मा, गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालालगायत सहभागी थिए ।

प्रतिक्रिया