आज : गते

ताजा शिर्षकहरु

सपथ खाने ५ जना मन्त्री को को हुन् ?

प्रकाशित
0.9K
SHARES

काठमाडौँ। नेकपा एमाले विभाजनपछि अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले बुधबार दुई मन्त्री र तीन जना राज्यमन्त्री नियुक्त गरेका छन् । पाँच जना थपिएसँगै प्रदेश १ मन्त्रीपरिषद् ८ सदस्यीय भएको छ ।

मुख्यमन्त्री आचार्यले तुलसीप्रसाद न्यौपानेलाई आर्थिक मामिला तथा कानूनमन्त्री र हिराकुमार थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनाएका छन् । उत्तमकुमार बस्नेत उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री, ज्ञानेश्वर राजवंशी भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री, लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानून राज्यमन्त्री बनाएका छन् ।

मन्त्री न्यौपाने र थापालाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले र राज्यमन्त्रीलाई मुख्यमन्त्री आचार्यले पद तथा गोपनीयताको सपथग्रहण गराएका छन् । गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले यसअघि बलबहादुर साम्सुहाङलाई सामाजिक विकास मन्त्री र लछुमन तिवारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनाएका थिए ।

मुख्यमन्त्री बनेको २० दिनपछि आन्तरिक मामिला तथा कानून मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालय आफैंसँग राखेर दुई मन्त्री र तीन राज्यमन्त्री थप गरेका हुन् ।केन्द्रको राजनीतिमा नाटकीय परिवर्तन नभए मुख्यमन्त्री आचार्यले थप गरेका मन्त्री २४ दिनका लागि मात्रै रहनेछन्।

नेकपा एमाले विभाजनपछि अल्पमतमा परेका मुख्यमन्त्रीको पक्षमा सभामुखसहित ४१ जना सांसद छन् । विपक्षी गठबन्धनमा ५० जना सांसद छन् । ९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनका लागि असोज २२ गते प्रदेशसभाको ९ औं अधिवेशन आह्वानका लागि सिफारिस गरेका छन् ।

यसै गरि , जनता समाजवादी पार्टी जसपा नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो गृहजिल्ला गोर्खा पुगेर नयाँ रहस्य खोलेका छन् । उनले अहिले भएको सत्ता गठबन्धन धेरै नटिक्ने संकेत गर्दै रहस्य खोलेका हुन् ।

गृहजिल्ला गोरखामा सञ्चारकर्मीसँग कुरा गर्दै बाबुरामले आगामी निर्वाचनसम्म यो गठबन्धन रहने सम्भावना नभएको उल्लेख गरे । बाबुरामको संकेत संविधानको धारा ७६ (५) अन्तर्गतका प्रधानमन्त्री शेरबहादुर देउवाले ७६ (७) अनुसार पुन प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा जानेतर्फ थियो ।

त्यसैगरी बाबुरामले कांग्रेस र एमाले गठबन्धन पनि बन्न सक्ने संकेत गरेका छन् ।त्यसो त अहिलेको सत्ता गठबन्धनका नेताहरुको अनिर्णय बन्दी बन्ने बानीबाट आजित देउवाले यसबाट मुक्ति पाउन प्रतिनिधिसभा विघटन गरेर चुनावमा जानु ठिक हुनेतर्फ सोचिरहेको बालुवाटार सुत्रबाट बाहिर आएको छ ।

यस्तो बेला बाबुरामले पनि प्रतिनिधिसभा विघटन हुने संकेत गरेका हुन् । कुटनीतिक जवाफ दिँदै बाबुरामले भनेका छन्, ‘आगामी निर्वाचनसम्म नै गठबन्धन जान्छ कि जाँदैन भन्न सकिँदैन । तर निर्वाचन गर्नेबेलासम्म यो गठबन्धन रहनुपर्छ भन्ने हाम्रो मान्यता चाहिँ छ ।’

उनले भने, ‘तर, बहुदलीय लोकतन्त्रमा दलहरू, गठबन्धनहरू फरक फरक बन्न सक्छन् । त्यसैले के हुन्छ अहिल्यै भन्न सकिँदैन । हामी यति चाहन्छौँ कि एउटा बलियो समाजवादी केन्द्र निर्माण होस्, त्यसले कम्युनिस्ट र कांग्रेसको भरपर्दो अग्रगामी विकल्प दिओस् ।

अब के हुन्छ त्यो त भविष्यले नै देखाउला ।’ संसद विघटन हुने भएपछि प्रचण्डलाई अर्को छटपटी भएको छ । नेपालको संविधान र संसद जोउन भन्दै देउवालाई काँधमा राखेका प्रचण्डले फेरी संसद विघटन हुँदा नराम्रो स्वाद चाख्नेछन् ।

यसै गरि,  गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार गृहमन्त्रीस्तरीय निर्णयले १२ प्रजिअसहित १६ कर्मचारीको सरुवा गरिएको हो ।

उनका अनुसार गृह मन्त्रालयका सहसचिव घनश्याम उपाध्ययलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीमा पठाइएको र ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलालाई भने मन्त्रालयमा ल्याइएको छ ।

गुल्मीका प्रजिअ रुद्रादेवी शर्मालाई भक्तपुर ल्याइएको छ भने मन्त्रालका सहसचिव पुण्यविक्रम पौडेललाई गुल्मीको प्रजिअमा पठाइएको छ । गृहका सहसचिव शङ्करहरि आचार्यलाई गोरखाको प्रजिअमा र सहसचिव काशीराज दाहाललाई मोरङ लगिएको छ।

मोरङका प्रजिअ कोशहरि निरौलालाई गृहमा ल्याइएको छ। गृहका अर्का सहसचिव दीपककुमार पहाडीलाई रामेछाप तथा नुरहरि खतिवडालाई सङ्खुवासभाको प्रजिअमा पठाइएको छ ।

सङ्खुवासभाका प्रजिअ टेकनारायण पौडेललार्ई गृह मन्त्रालयमा ल्याइएको छ । गृहका सहसचिव टेकराज निरौलालाई दोलखा पठाइएको छ भने दोलखाका प्रजिअ वासुदेव घिमिरेलाई मन्त्रालयमा ल्याइएको छ ।

रुपन्देहीका आस्मान तामाङलाई चितवनको प्रजिअमा खटाइएको छ भने गृहका सहसचिव कृष्णप्रसाद लम्साललाई धादिङको प्रजिअ बनाइएको छ। मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार यादवलाई उदयपुर र अर्का सहसचिव ऋषिराम तिवारीलाई रुपन्देही पठाइएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ