आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओलीलाई सर्वोच्चको झापट, बालकोटको बार्दलीमा रुवाबासी

प्रकाशित
1.8K
SHARES

काठमाडौ। नेकपा एमालेका अधक्ष्य केपी शर्मा ओलीलाई अर्को झट्का लागेको छ । संघीय संसद्‌का सदस्यहरु सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा एकीकृत समाजवादी पार्टीमा आबद्ध हुन पाउने भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले मंगलबार सांसदद्वय पाण्डे र भट्टको दल रोज्न पाउने हकमा असर पर्ने कुनै काम नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

दल दर्ताको निर्णय हुनुपहिले नै निवेदन दिएकाले पाण्डे र भट्टलाई नयाँ दलमा सनाखत गर्न पाउने भनेर सर्वोच्चले अन्तरिम आदेश दिएको हो । एमालेका केही सांसदले नेकपा (एकीकृत समाजवादी) नामको दल भदौ ४ गते निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको र उक्त निवेदनमाथि निर्णय हुनुपहिल्यै दुई सांसदले उक्त दलमा जान पाउँ भनी निवेदन दिएको पाइएको आदेशमा भनिएको छ ।

‘सो आयोगले उक्त निवेदन अनुसार दल दर्ताको कारबाहीका क्रममा भदौ ९ मा सनाखतका लागि उपस्थित गराउने निर्णय गरेकोमा त्यसरी सनाखत गर्नुपूर्व नै निवेदकहरू सोमप्रसाद पाण्डे र शारदादेवी भट्ट समेतले सो दलमा आफ्नो नाम पनि समावेश गरिपाउँ भनी भदौ ८ गते निर्वाचन आयोगमा लिखित निवेदन दिएको तथा सनाखतनका लागि मौजुद रहेको भन्ने समेत देखियो,’ आदेशमा भनिएको छ ।

उनीहरूका बारेमा आयोगले कुनै निर्णय लिएको थिएन । त्यसरी निर्णय नगर्दा दुवैको दलीय आबद्धताको हैसियतमा असर पर्ने देखिएको सर्वोच्चको ठहर छ ।

‘दर्तासम्बन्धी निर्णय नहुँदैको अवस्थामा निवेदनसहित प्रत्यर्थी आयोगमा उपस्थित हुने रिट निवेदकहरूको मागका सम्बन्धमा कुनै बेहोरा उल्लेख नै नगरी भएको दल दर्तासम्बन्धी निर्णय राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३३ समेतका दृष्टिले मनासिव नदेखिएको र यसको परिणामस्वरुप निवेदकहरूको दलीय आबद्धताको हैसियतमा असर पर्न जाने देखियो,’ अदालतले भनेको छ ।

यस्तो अवस्थामा पाण्डे र भट्टलाई निर्वाचन आयोगमा निवेदन दिइ दल रोजेको आधारमा कारबाही नगर्नु भनी सर्वोच्चले अन्तरिम आदेश दिएको छ ।

प्रचण्ड धोकेबाज नेता हुन्, माधव नेपाल कमरेड होइनन्- ओली

ध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापा पुगेर पूर्व सहयोद्धाको चर्को आलोचना गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष धोकेबाज नेताको संज्ञा दिएका उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कमरेड नभन्न आग्रह गरे ।

मंगलार गृह जिल्ला झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले फुटेको नभई माधव नेपाल चोइटिएको बताए । पिलो निचारिँदैमा वजन घटेको हुन्न भन्ने गायक जीवन शर्माको गीत स्मरण गर्दै उनले भने, ‘पिलो टनटनी पाक्दै थियो, फुत्त निस्किएर गयो ।’

नेता नेपालमाथि खनिएका ओलीले एमालेलाई कमजोर बनाउन तमासा मात्र गरेको र उनको पार्टी नक्कली नक्कली भएको बताए । १५ वर्षसम्म एमालेबाट फाइदा मात्र लिएको भन्दै उनले भने, ‘माधव नेपाल आन्दोलनमा जोडिएका थिए, फेरि छुट्टिए । यसरी जोडिएका रहेछन् कि रसायन नै पुगेको रहेनछ । पक्लक्क फुक्लियो ।’

तर उनले बनाएको पार्टीले आगामी चुनावमा वडा सदस्य पनि जिच्न नसक्ने एमाले अध्यक्ष ओलीको दाबी छ । उनले माधव नेपाललाई कमरेड नभन्न समेत आग्रह गरे । उनले पनतको बाटो रोजेको भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘अब कमरेड माधव नेपाल होइन, एमाले विरोध माधव नेपाल ।’

ओलीले पूर्व सहयोद्दा प्रचण्डको पनि चर्को आलोचना गरे । तान्त्रिक जस्तो मायावी उनले नेता कार्यकर्तालाई अलमल्याउन मात्र काम गरेको ओलीको आरोप छ । ‘प्रचण्ड असल बाबु हो, असल काका हो, असल ससुरा हो, असल सम्धी हो । तर धोकेबाज नेता हो,’ उनले अघि भने, ‘नेता कार्यकर्ताको रगत, पसिनामाथि आफ्नो राजनीतिक दुनो सोझो पारेका छन् ।’

माधव नेपालसँग जादु टुना, न मन्त्र दुबै नभएको बताए । कसैले अह्राए अनुसार पार्टी फुटाएको र नेपालको कम्युनिस्ट आन्दोलनलाई धरासायी बनाउन भूमिका खेलेका ओलीको आरोप छ ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ