आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विमला वलीलाई अर्को झड्का, प्रहरीले चाल्यो यस्तो कदम

प्रकाशित
1.5K
SHARES

काठमाडौ। नेकपा माओवादी केन्द्रकी सांसद विमला ओलीले लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध दिएको उजुरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । उजुरी दर्ता नगरेपछि सांसद वलीलाई झड्का लागेको छ ।

प्रहरीले उनको किटानी जाहेरी लिन ठाडै अस्वीकार गरेपछि उनलाई तनाव भएको हो । उनीहरु विरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी किटानी जाहेरी दर्ता गर्न प्रहरीले आलटाल गरेको माओवादीले आरोप लगाएको हो।

साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल मुख्यमन्त्री रहँदा दाङबाट ल्याएर आफूलाई बन्धक बनाइएको वलीको जिकिर छ । अपहरण तथा शरीर बन्धक सम्बन्धी कानुनअनुसार पोखरेलसहित ४ जनालाई कारबाहीको माग गर्दै वलीले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गर्न आलटाल गरेको लुम्बिनी प्रदेश माओवादी मुख्य सचेतक तुलाराम घर्ती मगरले बताए ।

उनले भने, ‘हामी अस्ति इलाका प्रहरी कार्यालय बुटवलमा गएका थियो । तर प्रहरीले दाङ रिफर गर्नुपर्ने भन्दै अझै सम्म दर्ता गर्न आलटाल गरेको छ । हामीले यही गर्नुहोस् त्यसपछि जहाँ रिफर गरे पनि गर्नु होला भनेका छौं ,तर प्रहरीले मानेको छैन ।’

उनले जाहेरीमा तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका किरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई हदैसम्मको कारबाहीको माग गरेको बताए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी मदन कुँवरलाई किटानी जाहेरी बुझाएको भए पनि विमला वलीको घटनाको सुरु दाङमा भएकोले त्यहाँ नै उजुरी दर्ताको लागि जानुपर्ने बताए । हामी कहाँ आउनु भएको थियो तर यहाँ भन्दा उतै जान पर्ने कानुनी आधार रहेको आफूहरूले उतै जान सल्लाह दिएको उनले बताए ।

माओवादीका प्रमुख सचेतक घर्तीले प्रहरी बुटवलमा दर्ता गरेर दाङमा रिफर गर्नु पर्नेमा ढिलाइ गरेको बताए । प्रहरीले तीन दिनसम्म दर्ता गर्न आलटाल गरेको भन्दै आज दिउँसो डिआइजीसँग कुरा गरेर भए पनि दर्ता गर्ने उनले बताए ।

दाङ प्रहरीले भने जाहेरी आफूकहाँ आइनपुगेको बताएको छ। दाङ प्रहरी प्रमुख सुरेश काफ्ले दाङमा उजुरी आएको बिषयमा अहिलेसम्म आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘बाहिर के छ थाहा भएन । तर कहाँ अहिलेसम्म केही आएको छैन।’

दाङबाट उप निर्वाचनमा विजेता वली सुरुमा एमाले कि माओवादीको तानातान परेको बेला मुख्यमन्त्री कार्यालयमा आफूलाई बन्धक बनाएको भन्दै पत्रकार सम्मेलन गरेकी थिइन् । एमालेले उनी आफूहरूको सांसद रहेको र मुख्यमन्त्री कार्यालयमा स्वइच्छाले बसेको पत्रकार सम्मेलन गरी एमाले प्रमुख सचेतक ढकालले दाबी गरेका थिए ।

एमालेले अहिले पनि विमला र नवलपरासी अजय बहादुर शाही एमालेको सूर्य चिन्हबाट टिकट लिएर चुनाव जितेकोले आफूहरू सांसद रहेको जिकिर गर्दै प्रदेश सभा अवरुद्ध पार्ने सम्मका गतिविधि गरेको छ ।

यसै गरि , नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अर्को आपत आइलागेको छ । प्रधानमन्त्री देउवाले आजभन्दा २० बर्षअघिको बदला लिनेगरी तयारी गरेको खुलासा भएपछि आपत आइलागेको हो ।

२० बर्षअघि २०५८ सालमा तत्कालिन माओवादीले देशभर आतंक सृजना गरेको थियो । त्यही आतंकका कारण सयौँ कांग्रेस नेता तथा कार्यकर्ताको हत्या भएको थियो भने हजारौँ विस्थापित भएका थिए । त्यही मौकामा देउवाले प्रचण्डसहितका नेताहरुको टाउकाको मूल्य तोकेका थिए ।

कांग्रेस नेता कार्यकर्तामाथि भएको दमनको बदला लिने मौका देउवाले बल्ल पाएका छन् । देउवाको बदला लिने षड्यन्त्र थाहा पाएका प्रचण्डले सार्वजनिक कार्यक्रममा आफू एक्लो बन्न सक्ने गुनासो गर्दै आएका छन् । उनको यो अभिव्यक्तिको विभिन्न टिका टिप्पणी भएको छ ।

प्रचण्डले एक्लो हुन सक्छु भन्ने अभिव्यक्ति बारे नेपालका लागि नेपाली पार्टीका अध्यक्ष बालकृष्ण न्यौपानले कठोर टिप्पणी गरका छन् । प्रचण्डको हालत उनले भनेको भन्दा पनि अझै दयनिय हुने दावी न्यौपानेको छ ।

ओटीभी नेपाल डट कमसँगको विशेष कुराकानीमा नेपालका लागि नेपाली पार्टीका अध्यक्ष न्यौपानेले प्रचण्ड एक्लो हुने मात्रै होइन एक्लो पनि जेलमा हुने ठोकुवा गरेका छन् । प्रचण्डले जती अपराध र राष्ट्रधात यो देशमा अरु कसैले नगरेको भन्दै उनले हिसाब किताब हुने बताएका छन्।

प्रचण्डले अब दुई बर्षपछि आफू एक्लै हुने होकी भनेको कुरा एकदम सहि भएको भन्दै उनले दुर्ई बर्ष पछि भनेको चुनाव पछि राजनीति सकिने विश्लेषण प्रचण्डले गरेको बताए । आगामी चुनाव पछि प्रचण्डको हालत निकै नै खराब हुन्छ यदि नेपाली जनता मान्छे हुन् भने उनलाई भोट दिँदैनन् उनले भनेका छन् ।

कुराकानीका क्रममा अध्यक्ष न्यौपानेले आफ्नो पार्टीको पहिलो एजेण्डानै पञ्चायत काल देखीको सार्वजनिक ओहदामा बसेकाहरुको सम्पत्ती छानविन गर्नु भएको भन्दै पहिलो नम्बरमा पुष्पकमल दाहाल रहेको पनि बताए । प्रचण्डले अहिले सम्म गरेका एकएक अप राधका फाइल खोलेर ठिक पार्ने पनि न्यौपानेले बताए ।

प्रचण्ण्ड प्रति निकै आक्रामक देखिएका न्यौपानेले नेत्रविक्रम चन्द विप्लवको भने तारिफ गरेका छन् । विप्लवलाई देशभक्त कम्युनिष्ट भन्दै उनले विप्लवसँग मिलेर जाने तयारी भइरहको र यस बारेमा विभिन्न चरणमा छलफल भएको पनि बताएका छन् ।

देश बच्यो भने मात्रै राजनीति गर्न सकिने भन्दै अध्यक्ष न्यौपानले अहिले एमसीसी र पछि अरु पनि राष्ट्रिय सवालहरुमा पनि विप्लवसँग मिलेर सहकार्य गरिने बताए । कम्युनिष्टहरु कोहि देशभक्त र कोही देश द्रोही रहेको भन्दै उनले विप्लव देशभक्त कम्युनिष्ट भएको बताए ।

प्रचण्डले काग्रेस, एमाले, भारत, अमेकिरा सबैलाई धोका दिइसकेको भन्दै अध्यक्ष न्यौपानेले अब प्रचण्ड एक दिन कमल थापा भन्दा चर्को राजावादी बनेर निस्कन सक्ने पनि बताए । सबै सँग ट्रायल गरेर सबैलाई धोका दिइसकेको र अब कमल थापा र प्रचण्डको मात्रै सहकार्य हुन बाँकी रहको पनि उनले बताए।

प्रतिक्रिया