आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सर्वोच्चका न्यायाधीश तनावमा, नेपाललाई लाग्यो अपत्यारिलो झट्का

प्रकाशित
3.4K
SHARES

काठमाडौ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई झट्का लागेको छ । सम्धी सहितका २ जना सांसदलाई नेकपा एसमा जान पाउँने गरि फैसला आयो भनेर चौपट्टै खुशी भएका नेपाललाई बास्तविकता बाहिरिएपछि झट्का लागेको हो ।

सर्वोच्च अदालतले गरेको फैसलाको गलत व्याख्या गर्दै चुरो कुरो नबुझी समाचार आएको भन्दै अदालतले नै प्रष्ट पारेको छ । खासमा अदालतको फैसला उनीहरुले नेकपा एसमा सनाखत गर्न पाउँने गरि होइन की एमालेमै बस्न पाउँनेछन् भन्ने चाँही रहेछ ।

प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टको मुद्दामा अन्तिम फैसला नभएसम्म उनीहरु नेकपा एमालकै सांसदको हैसियतमा रहने सर्वोच्च अदालतले प्रष्ट पारेको छ ।

मंगलवार न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासको दिएको अन्तरिम आदेशको गलत ब्याख्या भएको भन्दै सर्वोच्च स्रोतले उनीहरुलाई नेकपा एसमा जान पाउँ भनी निवेदन दिएको आधारमा कुनै कारवाही नगर्नूमात्र भनिएको प्रष्ट पारेको छ ।

सर्वोच्चका एक उच्च अधिकारीले भने, ‘पाण्डे र भट्टले नेकपा एसमा जान पाउने र एमालेको दुई सिट घट्यो भन्ने ढंगले समाचार आएपछि श्रीमानहरु अचम्मित हुनुभयो । खासमा उनीहरुले निर्वाचन आयोगमा सनाखत गर्न पाउँ भनेको र अदालतमा मुद्दा दायर गरेको आधारमा सांसद पद जानेगरि कुनै कारवाही नहोस भनेर तत्काललाई आदेश दिएको हो ।’

भोलि फैसलामा उनीहरुले अर्को दल रोज्न दिएको निवेदन र सनाखत सही ठहरेमा यसबीचमै उनीहरुमाथि कारवाही भएर पदमुक्त गरिएको अवस्थामा उनीहरुको हक हनन् हुने भएकाले तत्काल एमालेबाट हुनसक्ने कारवाहीलाई मात्र रोकिएको सर्वोच्चले प्रष्ट पारेको छ ।

ती अधिकारीले भने–उनीहरु दुईजना एमालेकै सांसद हुन्,हिजोको आदेशले उनीहरु नेकपा एकीकृत समाजवादीका सांसद भए भन्ने जसरी प्रचार भयो त्यो होइन । तर एमालेले तत्काल उनीहरुमाथि कुनै कारवाही नगरोस् र त्यो कारवाहीका आधारमा पदमुक्त नहुन् भनिएको हो ।

सर्वोच्चले मंगलवार निवेदकहरु पाण्डे र भट्टले नेकपा एसमा आबद्ध हुने गरि भदौ ८ गते निर्वाचन आयोगमा निवेदन गरेको आधारमा उनीहरुको सो दलमा आबद्ध हुन पाउने हकमा असर पर्ने गरी कुनै काम कारवाही नगर्नू, नगरानू भनी मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

यसै गरि , एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापामा सम्बोधन गरे । सम्वोधनका क्रममा धेरै समय लिएका उनले अधिकांश समय माधवकुमार नेपाललाई गाली गर्नमै बिताए । यतिसम्म कि उनले अब एमाले कसरी अघि बढ्छ र राजनीतिक मुद्धा के हुन्छ भनेर समेत भन्न भ्याएनन् ।

निकै जोसिलो पारामा प्रस्तुत भएका उनले एमाले विभाजनको कारण नेपाल नै भएको र पार्टी एकताको अथक प्रयास गर्दा पनि सम्भव नभएको बताए । उनले नेपाललाई ‘कमरेड माधव नेपाल’ पनि भन्न नमिल्ने बताए । उनले नेपाललाई एमालेविरोधी र जनविरोधीको संज्ञा दिए । नेपालले प्रधानमन्त्री चाहियो भनेकै कारण पार्टी यो अवस्थामा आएको पनि उल्लेख गरे ।

१५ वर्षसम्म नेपाल पार्टी प्रमुख हुँदा एमालेको अवस्था कमजोर भएको पनि उनको आरोप थियो । ओलीले २०६४ सालको संविधानसभाको निर्वाचनमा २ सय ४० वटा निर्वाचन क्षेत्रमध्ये प्रतक्ष्यतर्फ एमालेले ३३ सिटमात्र जितेकाले नेपालको नेतृत्वको त्यो अवस्था सम्झन पनि नेता तथा कार्यकर्तालाई अनुरोध गरे ।

अबको निर्वाचनमा एमालेले परिणाम ल्याएर देखाइदिने समेत बताए । उनले पार्टीको अबको कार्यक्रम कस्तो हुने र जनताका पक्षमा के के योजना ल्याउँछ भन्नचाहिँ सकेनन् । उनले एमालेको सरकार र त्यसअघि नेकपाको नाममा आफूले सरकारको नेतृत्व गर्दा जनताको पक्षमा धेरै काम गरेको पनि दाबी गरे ।

उनले नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष प्रचण्डलाई जाली र धोकेबाज नेता भएको आरोप लगाए । ओलीले नेपालको नयाँ पार्टीले अबको स्थानीय तहको निर्वाचनमा वडा सदस्य पनि नजित्ने ठोकुवा गरे । ओली २०४८ सालदेखि झापालाई नै निर्वाचन क्षेत्र बनाएर प्रतिस्पर्धा गर्दै आएका छन् ।

उनले आफ्नो मतदाता नामावली भक्तपुर सारिसकेका छन् । झापाबाटै राजनीति गरेर उदाएकाले झापालाई उनको गृह जिल्ला भन्ने गरिन्छ । उनी यो प्रतिनिधिसभाको निर्वाचनमा झापा–५ बाट निर्वाचित भएका हुन् । ओलीले नेपाललाई मतदान गर्ने कुनै आधार नभएको बताए । ‘के भनेर उनलाई मतदान गर्ने रु पार्टी फुटाएको भनेर, पार्टी टुक्रयाएको भनेर, पार्टी चोइटियाएको भनेर रु’ उनले प्रश्न गरेका थिए ।

उनले पार्टी नफुटेको नेपाल चोइटिएर गएको टिप्पणी गरे । उनले माओवादीका नेता तथा कार्यकर्तालाई पनि प्रचण्डको पछि लागेर राजनीतिक जीवन बर्बाद नगर्न आग्रह गरे । झापा कम्युनिस्टको उर्वरभूमि भएको उनको भनाई थियो । उनले देउवा सरकारले पूर्णता नपाएकामा पनि व्यङ्ग्य गरे ।

सत्तारुढ ५ वटा पार्टी जोड्दा पनि एमाले नै ठूलो पार्टी भएको र आउने निर्वाचनमा एक्लै लड्ने समेत बताए । ओलीले प्रतिनिधिसभाको यो निर्वाचनमा आफूले हार्छु कि भनेर आफ्नोमात्र क्षेत्रमा राप्रपासँग तालमेल गरेका थिए ।

ओलीले राप्रपाका झण्डै १३ हजार मत पाएका थिए । नेकपाले झापा ३ मा उम्मेदवार उठाएको थिएन । नेकपाले समर्थन गरेपछि झापा–३ मा राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनले निर्वाचन जितेका थिए । ओलीले आफ्नो स्वार्थका लागिमात्र गरेको तालमेललाई लिएर त्यतिबेला नै नेकपामा ठूलो चर्चा चलेको थियो ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ