आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

शङ्कर पोखरेलविरुद्ध प्रहरीमा उजुरी, १० वर्षसम्म कैद हुनसक्ने

प्रकाशित
484
SHARES

काठमाडौ। लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ । प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर ब’न्धक सम्बन्धी किटानी जाहेरी दिएकी हुन् ।

पोखरेल मुख्यमन्त्री रहँदा आफूलाई दाङबाट ल्याएर साउन १५ गतेदेखि ५ दिनसम्म बन्धक बनाएकोले अपहरण तथा शरीर बन्धकसम्बन्धी कानुनअनुसार कारबाहीको माग गर्दै खत्रीले किटानी जाहेरी दिएकी हुन्।

जाहेरीमा उनले तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई हदैसम्मको कारबाहीको माग गरेकी छन्।

रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले वलीले बुटवलमा किटानी जाहेरीका लागि पत्र बुझाएको त्यहाँबाट जाहेरी दाङमा दर्ता गराउन सुझाव दिएको बताए। ‘हामीकहाँ आउनुभएको थियो, हामीले यसलाई दाङमै दर्ता गरेर अघि बढाउँदा उपयुक्त हुन्छ भन्ने सुझाव दिएका हौँ,’ उनले भने।

वली र माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुँवरलाई किटानी जाहेरी बुझाएको र उनले घटनाको शुरुवात भएको स्थान दाङमै उजुरी दर्ता गर्ने प्रतिवद्धतासहितको पत्र दिएका छन्।

‘हामीले प्रदेश प्रहरी कार्यालय दाङसँग परामर्श गरी इलाका प्रहरी कार्यालय बुटवलमा दर्ता गर्न गएका थियौँ,’ माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले भने, ‘उहाँले घटनाको शुरुवात भएकै स्थानमा दर्ता गरिदिन्छौँ भन्ने प्रतिवद्धतासहितको पत्र हामीलाई दिनुभएको छ।’

दाङ प्रहरी प्रवक्ता सुरेश काफ्लेले दाङमा उजुरी आइनपुगेको बताए। वलीले दिएको उजुरीअनुसार अदालतले कसुर ठहर गरेमा पोखरेलसहित ४ जनालाई ७ वर्षदेखि १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था मुलुकी अपराध संहिता २०७४ मा छ।

यसै गरि   दाङबाट उप निर्वाचनमा विजेता वली सुरुमा एमाले कि माओवादीको तानातान परेको बेला मुख्यमन्त्री कार्यालयमा आफूलाई बन्धक बनाएको भन्दै पत्रकार सम्मेलन गरेकी थिइन् । एमालेले उनी आफूहरूको सांसद रहेको र मुख्यमन्त्री कार्यालयमा स्वइच्छाले बसेको पत्रकार सम्मेलन गरी एमाले प्रमुख सचेतक ढकालले दाबी गरेका थिए ।

एमालेले अहिले पनि विमला र नवलपरासी अजय बहादुर शाही एमालेको सूर्य चिन्हबाट टिकट लिएर चुनाव जितेकोले आफूहरू सांसद रहेको जिकिर गर्दै प्रदेश सभा अवरुद्ध पार्ने सम्मका गतिविधि गरेको छ।

यसै गरि, लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ । बुधबार दिउँसो लागि बोलाइएको बैठक भदौ ३१ गते बिहीबार दिनको १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ । प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेश सभा बैठक लगातार दुई पटक स्थगित भइसकेको छ । यसअघि १७ पनि प्राविधिक कारण देखाउँदै आज ३० गतेसम्म सारिएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली रुपन्देहीमा पार्टी कार्यक्रममा आउने भएपछि प्रदेश सभा बैठक स्थगित गरेको हो । एमाले संसदीय दले अध्यक्ष ओली बुटवल आएपछि सोही कार्यक्रममा व्यस्त हुने जानकारी गराएपछि एक दिनलाई बैठक सारिएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले बताए ।

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल आउन लागेका छन्। आज दिउँसो बुटवलमा हुने एमाले अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नको लागि ओली बुटवल आउन थालेका हुन् ।

बुटवल देवीनगर एन्फा मैदानमा हुने भेलामा जिल्लाका १६ वटै स्थानीय तहका अगुवा कार्यकर्ता सहभागी हुने एमाले रुपन्देही प्रचार विभाग प्रमुख मोहन चापागाईँले रातोपाटीलाई बताए । भेलालाई पार्टी अध्यक्ष ओलीसहित उप–महासचिवद्वय विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल, स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी लगायतले सम्बोधन गर्ने छन्।

यसै गरि , नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई झट्का लागेको छ । सम्धी सहितका २ जना सांसदलाई नेकपा एसमा जान पाउँने गरि फैसला आयो भनेर चौपट्टै खुशी भएका नेपाललाई बास्तविकता बाहिरिएपछि झट्का लागेको हो ।

सर्वोच्च अदालतले गरेको फैसलाको गलत व्याख्या गर्दै चुरो कुरो नबुझी समाचार आएको भन्दै अदालतले नै प्रष्ट पारेको छ । खासमा अदालतको फैसला उनीहरुले नेकपा एसमा सनाखत गर्न पाउँने गरि होइन की एमालेमै बस्न पाउँनेछन् भन्ने चाँही रहेछ ।

प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टको मुद्दामा अन्तिम फैसला नभएसम्म उनीहरु नेकपा एमालकै सांसदको हैसियतमा रहने सर्वोच्च अदालतले प्रष्ट पारेको छ ।

मंगलवार न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासको दिएको अन्तरिम आदेशको गलत ब्याख्या भएको भन्दै सर्वोच्च स्रोतले उनीहरुलाई नेकपा एसमा जान पाउँ भनी निवेदन दिएको आधारमा कुनै कारवाही नगर्नूमात्र भनिएको प्रष्ट पारेको छ ।

सर्वोच्चका एक उच्च अधिकारीले भने, ‘पाण्डे र भट्टले नेकपा एसमा जान पाउने र एमालेको दुई सिट घट्यो भन्ने ढंगले समाचार आएपछि श्रीमानहरु अचम्मित हुनुभयो । खासमा उनीहरुले निर्वाचन आयोगमा सनाखत गर्न पाउँ भनेको र अदालतमा मुद्दा दायर गरेको आधारमा सांसद पद जानेगरि कुनै कारवाही नहोस भनेर तत्काललाई आदेश दिएको हो ।’

भोलि फैसलामा उनीहरुले अर्को दल रोज्न दिएको निवेदन र सनाखत सही ठहरेमा यसबीचमै उनीहरुमाथि कारवाही भएर पदमुक्त गरिएको अवस्थामा उनीहरुको हक हनन् हुने भएकाले तत्काल एमालेबाट हुनसक्ने कारवाहीलाई मात्र रोकिएको सर्वोच्चले प्रष्ट पारेको छ ।

ती अधिकारीले भने–उनीहरु दुईजना एमालेकै सांसद हुन्,हिजोको आदेशले उनीहरु नेकपा एकीकृत समाजवादीका सांसद भए भन्ने जसरी प्रचार भयो त्यो होइन। तर एमालेले तत्काल उनीहरुमाथि कुनै कारवाही नगरोस् र त्यो कारवाहीका आधारमा पदमुक्त नहुन् भनिएको हो ।

सर्वोच्चले मंगलवार निवेदकहरु पाण्डे र भट्टले नेकपा एसमा आबद्ध हुने गरि भदौ ८ गते निर्वाचन आयोगमा निवेदन गरेको आधारमा उनीहरुको सो दलमा आबद्ध हुन पाउने हकमा असर पर्ने गरी कुनै काम कारवाही नगर्नू, नगरानू भनी मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

प्रतिक्रिया