आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भीम रावलको नयाँ पार्टी दर्ता, राजनीतिमा नयाँ तरङ्ग

प्रकाशित
3.7K
SHARES

काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष तथा खरो स्वभावका नेताका रुपमा आफ्नो छुट्टै छबि भएका भीम रावलको निर्देशनमा नयाँ पार्टी दर्ता भएको छ। निर्वाचन आयोगले दल दर्ता गरेर नयाँ पार्टीलाई दर्ता प्रमाणपत्र समेत दिएको छ। दर्ता भएको नयाँ पार्टीको नाम नेकपा कम्युनिष्ट पार्टी समाजवादी रहेको छ । यसको केन्द्रीय कार्यालय बूढानीलकण्ठ नगरपालिका ७ काठमाडौँमा रहने छ ।

यो पार्टीलाई निर्वाचन आयोगले दर्ता नम्बर १७० दिएको छ । नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) नामक राजनीतिक दललाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता भएको आयोगले जनाएको छ ।

२०७८।०५।२८ को निर्णय अनसार यो पार्टी दर्ता भएको हो । यो पार्टी माधवकुमार नेपालको नेकपा कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीसँग मिल्दोजुल्दो छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हदैसम्मको अपमान गरेको भन्दै उपाध्यक्ष राववले नयाँ पार्टी दर्ताका लागि आफ्ना कार्यकर्तालाई दिर्नेशन दिएका थिए ।

आइतबार विहान ओली निवास बालकोटमा बसेको बैठकले रावललाई सुदूरपश्चिमको इन्चार्ज नभएको भन्दै उनको अपमान गरेपछि रावल एक्सनमा उत्रिएका हुन् । बैठकमा ओलीसहित एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँगै उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य लेखराज भट्ट र केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा उपस्थित थिए।

आइतबारको बालकोट बैठकमा ओलीले सुदूरपश्चिमको यो विवादबारे लामो भूमिका बाँध्दै अन्ततः भट्ट नै इञ्चार्ज रहने बताएका थिए। बैठकमा सहभागी एक नेताका अनुसार त्यसक्रममा ओलीले रावललाई भनेका थिए– ‘तपाईं पार्टीको उपाध्यक्ष हुनुहुन्छ, यही भूमिकामा रहेर सहजीकरण गर्नुस्। सुदूरपश्चिम प्रदेशको इञ्चार्जमा लेखराजजी नै रहनुहुनेछ।’

रावलका लागि ओलीको यस्तो भनाइ अप्रत्यासित थियो। किनभने एमालेका सम्पूर्ण पार्टी कमिटी र संरचना २०७५ जेठ २ मा फर्कने निर्णय भएपछि उनी अन्तिम घडीमा माधवकुमार नेपालको साथ छाडेर ओलीसँग नजिकिएका थिए। एमालेमा चुलिएको अन्तरसंघर्ष पार्टी विभाजनको तहमा पुगेपछि उनले अर्को पार्टी खोल्ने निर्णयमा पुगेका नेपाललाई साथ नदिने र (ओली नेतृत्वको) एमालेमै रहने निर्णय गरेका थिए।

त्यसअघि एमाले एकता कार्यदलले १० बुँदे सहमति गरेको थियो, जसमा पार्टीका सबै कमिटी र संरचनालाई २०७५ जेठ २ मा फर्काउने उल्लेख थियो। रावल एकता कार्यदलमा नेपालतर्फका संयोजक नै थिए। जेठ २ ताका रावल नै एमाले सुदूरपश्चिमका इञ्चार्ज थिए।

त्यहीकारण एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि पनि प्रदेश इञ्चार्जको जिम्मेवारी रावलले नै पाएका थिए। सोझो हिसाबले पनि १० बुँदे सहमतिअनुसार आफू नै स्वतः इञ्चार्ज हुनुपर्ने ठानेका रावल आइतबार बालकोटको बैठकबाट झस्किएनन् मात्र, असन्तुष्ट समेत बनेका छन्।

केही असन्तुष्टि उनले बैठकमै व्यक्त गरेका थिए। ‘त्यसक्रममा रावलजीले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन हुनुपर्ने र प्रदेश इञ्चार्ज आफू नै हुनुपर्ने अडान राख्नुभो’, बैठकमा सहभागी एक नेताले भने।

बालकोटबाट असन्तुष्ट भएर फर्किएका रावल आइतबार मध्याह्न बोलाइएको एमाले संसदीय दलको बैठकमा समेत सहभागी भएनन्। ‘पार्टी जेठ २ मा फर्किने भनेपछि त्यो सबै कमिटीमा निःशर्त कार्यान्वयन हुनुपर्छ र १० बुँदे अक्षरशः लागु हुनुपर्छ भन्ने उहाँको भनाइ हो,’ रावलनिकट एक एमाले नेताले भने, ‘अन्य प्रदेशमा सबैको पूर्ववत् जिम्मेवारीमा फर्कन हुने, सुदूरपश्चिममा मात्रै नहुने भन्ने हुँदैन। यस्तो कुरा मान्न सकिँदैन।’

ओलीको भनाइपछि असन्तुष्ट बनेका रावलले बालकोटबाट फर्केपछि आइतबार दिउँसो नै आफूनिकट सांसदहरुसँग सिंहदरबारमा छलफल गरेका थिए। छलफलमा उनले बालकोटमा भएका कुराकानी सुनाएका थिए। रावलले योगेश भट्टराई, दीपकप्रकाश भट्ट, झपट रावल, राजबहादुर बुढालगायत सांसदसँग छलफल गरेका थिए।

उक्त छलफलले ओलीसँग बस्न नसकिने निश्कर्ष निकालेको थियो । ‘हामीले एउटा नीति बनाइसकेपछि त्यसैलाई आधार बनाएर अगाडि बढने हो,’ सांसद झपट रावलले भने, ‘त्यो नीति बनिसकेपछि त्यसलाई अक्षरशः पालना गरेर अघि बढनुपर्छ भन्ने हो।’

उक्त बैठकले नयाँ पार्टी तुरुन्त दर्ता गरिहाल्नु पर्ने निश्कर्ष निकालेको थियो । त्यही निश्कर्ष अनुसार निर्वाचन आयोगमा पहिलानै दर्ताका लागि गएको पार्टीलाई पूर्णता दिनका लागि निर्देशन दिएको श्रोतको दावि छ ।

यसै गरि , नेपाल कम्युनिस्ट पार्टीले सोमबार काठमाडौँमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को बृहत जनसभाको आयोजना गर्यो । उक्त सभाले नेकपा महासचिव विप्लवको पोलिटिकल हाइट ह्वात्तै बढाएको छ ।

दिनभर ठिकै भएको मौसम महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्दा पानी पर्न थाल्यो । स्टेजमा भएका नेता र फ्लोरमा रहेका जनता कसैले छाता ओडे, कसैले ओत लाग्ने ठाउँ खोजे । तर विप्लवले पानीको प्रबहा नगरी धाराप्रबाह बोलीरहे ।

सम्बोधनका लागि माइकतिर बढ्दै गर्दा ड्यासमा आसिन पार्टीका नेताहरु छाता ओढेर बसेका थिए । विप्लव हाँस्दै सभालाई सम्बोधन गर्न माइक मिलाउछन् । माइकमा केही गडबडी भएको जस्तो देखिन्छ । तर, माइक नबिग्रेर समर्थक/दर्शकले केही अगाडि आएर सम्बोधन गर्न भनेबमोजिम नै उनी अघि बढ्न खोज्छन् ।

त्यसपछि तीन जना युवा आएर माइक मिलाउछन् । र, विप्लव सम्बोधन गर्न खोज्छन् । एक जना युवाले छाता ओढाइदिऊ भन्दा उनले छाता पर्दैन भन्छन् । ‘पर्दैन पर्दैन, नगर्नुहोस्’ विप्लवले भनेपछि युवा छाता लिएर फर्किन्छन् ।

‘पानी होइन हामी सबैभन्दा ठूलो आपत विपतसँग लडेर आएका मान्छे हौँ । हामीलाई त्यससँग (पानी) कुनै चासो छैन । आकाशमा कालो बाँदल मडारिरहेको बेलामा, देशमा साम्राज्यवादीहरुको नंग्रा गाढिरहेको बेलामा’ भन्दै भाषण दिन्छन् ।

यो घटनाले आफू जनताको नेता भएको प्रमाणित गरेका छन् । सांच्चै कम्युनिस्टहरु जुनसुकै आपतमा संघर्ष गर्न तयार हुन्छन् भन्ने प्रमाणित गरेका छन् । उनको महानताले जनतामा लोप्रियतामा ग्राफ झन बढेको छ ।

त्यस्तै, सभालाई सम्बोधन गर्नुअघि विप्लवले नेपालका लागि नेपाली अभियानका संयोजक तथा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीको हातबाट पृथ्वीनारायण शाहको तस्बिर उपहारस्वरुप लिएका थिए । अधिवक्ता सुरेन्द्र भण्डारीले भनेका थिए, ‘तपाईंहरु सबैले ताली बजाइदिनुहोला। म कमरेड विप्लवलाई पृथ्वीनारायण शाहको तस्बिर उपहार दिनेछु ।’

राजा समर्थक रहेका अधिवक्ता सुरेन्द्र भण्डारीको हातबाट पृथ्वीनारायण शाहको फोटो विप्लवले हाँस्दै लिए । प्रकाण्डले ताली बजाए । पृथ्वीनारायणको तस्वीर उपहारस्वरुप लिएका विप्लवले पानीमा भिजेरै एमसीसीविरुद्ध भाषण गरेका थिए । यो घटनाले पनि राजावादीहरुलाई विप्लवतीर आक्राषित गरेको छ।

प्रतिक्रिया