आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चीन घेर्ने नीति बनाउन बाइडेनको निर्देशन, खरानी बनाउने चीनको चे’तावनी

प्रकाशित
0.9K
SHARES

एजेन्सी। चीनको बढ्दो आक्रामकताविरुद्ध बनेको ‘चतुर्भुज सुरक्षा संवाद–क्वार्डिलेटेरल सेक्युरिटी डायलग’ क्वाड समूहमा आवद्ध राष्ट्रहरुलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी हप्ता राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा छलफलका लागि बोलाएका छन्।

रोयटर्सका अनुसार बाइडेनले क्वाडका नेताहरुका लागि व्यक्तिगत शिखर सम्मेलनको आयोजना गर्नेछन्। सम्मेलन आगामी हप्ता सेप्टेम्बर २४ मा ह्वाइट हाउसमा आयोजना हुने ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले विज्ञप्ती जारी गर्दै जानकारी दिएकी छिन्।

बैठकका लागि जापानका प्रधानमन्त्री योसिहिदे सुगा, अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी हप्ता अमेरिका पुगिसक्नेछन्। सेप्टेम्बर २१ मा अमेरिकामा संयुक्त राष्ट्रसंघको महासभा आयोजना हुँदैछ। त्यसबेला बाइडेनले सम्बोधन गर्ने कार्यक्रम छ। राष्ट्रसंघको महासभाकै समयमा क्वाडका नेताहरु अमेरिका पुग्नेछन्।

यसअघि गत मार्चमा क्वाडको पहिलो सम्मेलन भएको थियो। कोरोनाका कारण भएको अनलाईन बैठकमा क्वाडका नेताहरुले कोरोनाविरुद्ध एक भएर लड्ने, खोप सहयोगसँगै जलवायु परिवर्तनविरुद्ध मिलेर लड्ने प्रतिवद्धता व्यक्त गरेका थिए। उनीहरुले खुला र सुरक्षित इन्डो–प्यासिफिक क्षेत्रको वकालत गर्दै सो क्षेत्रमा चीनको आक्रामकताविरुद्ध लड्ने वाचा गरेका थिए।

साकीले क्वाड बैठकबारे भनेकी छिन्,‘क्वाडका नेताहरुलाई अमेरिकामा बोलाएर छलफल गर्नुले २१ औं शताब्दीका चुनौतिहरुलाई सामना गर्न नयाँ बहुपक्षीय व्यवस्थासहित हिन्द–प्रशान्तमा संलग्न हुने बाइडेन–ह्यारिस प्रशासनको प्राथमिकता देखाउँछ।’

साकीले क्वाडका नेताहरुले छलफलका क्रममा सम्बन्धलाई थप मजबुत बनाउने, कोरोनाविरुद्ध लड्ने, जलवायु संकटको विषय सम्बोधन गर्ने तथा उदीयमान प्रविधि र साइबरस्पेसमा साझेदारी गर्ने विषयमा छलफल गर्ने जानकारी दिइन्। यस्तै उनले स्वतन्त्र र खुला हिन्द–प्रशान्त क्षेत्रलाई बढावा दिन व्यावहारिक सहयोगलाई अगाडि बढाउने विषयमा पनि छलफल केन्द्रित हुने बताइन्।

इन्डो–प्यासिफिक क्षेत्रको विषयमा छलफल गर्नुको अर्थ चीनविरुद्धको नीति यो बैठकले तय गर्ने अनुमान गरिएको छ। क्वाडको बैठकमा अफगानिस्तानको विषयमा पनि छलफल हुनेछ। २० वर्षपछि अमेरिकी सेनाहरु फर्किएपछि यतिबेला तालिबानले नयाँ शासन व्यवस्था लागू गरेको अवस्था छ।

चीनले क्वाड समूहलाई आफूलाई घेर्न बनाइएको समूहको रुपमा व्याख्या गर्दै आएको छ। इन्डो–प्यासिफिक क्षेत्रमा पर्ने दक्षिण चीन सागरको ९० प्रतिशत पानीमा चीनले दाबी प्रस्तुत गर्ने गर्दछ।

चीनले त्यहाँ कृतिम टापु नै खडा गरेको छ। चीनसँगै दक्षिण चीन सागरलाई फिलिपिन्स, मलेसिया, भियतनामजस्ता राष्ट्रले पनि आफ्नो भएको बताउँछन्। जसका कारण यो जलक्षेत्र विवादमा छ।

पछिल्लो समय चीनले दाबी गर्ने यो सागमा भारत, अमेरिका, अस्ट्रेलिया, जापान, बेलायत, जर्मनीजस्ता देशका सैन्य जहाजहरु तैरिन गरेको छ। यी राष्ट्रले खुला र सुरक्षित इन्डो–प्यासिफिक क्षेत्रको वकालत गर्दै आएका छ।

चीनले विरोध गर्दा यी राष्ट्रले चिनियाँ दाबी गैरकानूनी भएको बताउँछन्। यसअघि सन् २०१६ मा अन्तर्राष्ट्रिय अदालतले दक्षिण चीन सागरमा चीनको दाबी अवैधानिक भनेको थियो। यी राष्ट्रहरुको जहाज आफूले दाबी गर्ने जलक्षेत्रमा देखेपछि चीनले आवश्यक प्रतिक्रिया दिने चेतावनी दिइरहेको छ।

तालिबानका विदेशमन्त्रीले भेटे पाकिस्तानी र चिनियाँ राजदूत, यी विषयमा भए कुराकानी।

तालिबान सरकारको विदेशमन्त्री मौलवी अमिर खान मोत्तकीले अफगानिस्तानमा रहेका पाकिस्तानी र चिनियाँ राजदूतसँग भेटघाट गरेका छन्। तालिबानले सत्ता कब्जा गरेदेखि नै चीन र पाकिस्तानले तालिबानसँग सौहार्दपूर्ण ढंगबाट संचार गरिरहेको छ।

अमेरिका लगायत पश्चिमा राष्ट्रका दूतावास बन्द भएता पनि काबुलमा चिनियाँ र पाकिस्तानी दूतावास संचालनमै छन्। मोत्तकीले ट्विटरमा पाकिस्तानी राजदूत मन्सुर अहमद खान र चिनियाँ राजदूत वांग यूसँग भेटघाट भएको बताएका छन्।

पाकिस्तानी राजदूत र विदेशमन्त्री मोत्तकीबीच दुई देशको सीमा नाकाको अवस्थाको बारेमा चर्चा भएको थियो। पाकिस्तान पक्षले अफगानिस्तानमा मानवीय सहायता प्रदानगर्ने प्रतिवद्धता व्यक्त गरेको जनाइएको छ। चीनका राजदूतले पनि आर्थिक साथै मानवीय सहायता दिने वाचा गरेको बीबीसीले जनाएको छ।

बुर्काविरुद्ध रंगीचंगी पहिरन लगाएर तालिबानको विरोध गर्दै अफगान महिला

हाल तालिबानले अफगानिस्तान कब्जा गरेपछि त्यहाँ धार्मिक कानुन लागू भएको अवस्था छ। मुस्लिम शरिया कानुन लागू भएपछि त्यहाँ पुरुषहरुलाई दाह्री अनिवार्य पाल्न भनिएको छ भने महिलालाई शरीर पुरै ढाक्ने कपडासहित अनुहार छोप्ने बुर्का लगाउन भनिएको छ।

हालै शिक्षा सम्बन्धी नीति घोषणा गर्दै तालिबानले महिलाले बुर्का र शरीर ढाक्ने कपडा लगाएर मात्र विद्यालय अथवा विश्वविद्यालय जान पाउने बताएको थियो। यसबीचमा अफगानिस्तानका महिलाले बुर्काविरुद्ध तालिबानी नियमको विरोध गर्दै #DoNotTouchMyClothes अनलाईन अभियान संचालन गरेका छन्।

अफगानिस्तानको साँस्कृतिक कपडा बुर्का नभएको उनीहरुको तर्क रहेको छ। उनीहरुले गुगलमा अफगान महिलाको साँस्कृतिक कपडा खोज्दा पनि बुर्का नभएर संगीविरंगी कपडा देखिने बताएका छन्।

यी अफगान महिलाहरुले विदेशबाट यस्तो अभियान चलाइरहेका हुन्। यदी यी महिला अफगानिस्तानमै भए उनीहरुलाई कडाभन्दा कडा सजाय हुने थियो। किनभने पछिल्लो समय जब महिलाहरु आफूलाई पनि मन्त्री बनाउनुपर्छ भन्दै सडकमा उत्रिएका थिए उनीहरुमाथि कुटपिट भएको थियो।

तालिबानका एक प्रवक्ताले त महिलाले बच्चा जन्माउने र बच्चालाई मुस्लिम धर्मका मान्यता सिकाउनुपर्ने बताएका थिए। हाल #DoNotTouchMyClothes अनलाईन अभियानलाई संसारभरबाट समर्थन प्राप्त भएको छ। तर तालिबानकै शासनमा महिलाले यस्ता रंगीन कपडा लगाउन पाउँछन् भन्नेमा सन्देह छ।

This is our Afghan authentic dress. Afghan women wear such colorful and modest attires. The black burqa never has been part of the Afghan culture. #FreeAfghanistan🇦🇫 pic.twitter.com/v9LIbcvklG

— Spozhmay Maseed (@spozhmey) September 12, 2021


रोयटर्सको सहयोगमा

प्रतिक्रिया