आज : गते

ताजा शिर्षकहरु

ब’ला’त्कार गर्न ५० रुपैयाँ, केस मिलाउन १० लाख

प्रकाशित
1.8K
SHARES

काठमाडौ। १५ वर्षकी किशोरी बलात्कार गर्ने ६८ वर्षका एक वृद्धले पछि केस मिलाउनको लागि परिवारलाई १० लाख रुपैयाँ दिएको पाइएको छ । ती वृद्धले किशोरीलाई बलात्कारको लागि फकाउन ५० रुपैयाँ दिएका थिए । प्रहरीले ती वृद्धलाई पक्राउ गरेको छ ।

कञ्चनपुरको जिल्लाको भीमदत्त नगरपालिका–११ भुजेलाका तारादत्त जोशी पक्राउ परेका हुन् । पीडित परिवारले वृद्धले घटना सार्वजनिक नगर्न भन्दै पीडित परिवारलाई दिएको १० लाखको चेकसमेत पीडित परिवारले प्रहरीलाई बुझाएका छन् । प्रहरीले घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको बताएको छ । घटना वैशाख २ गतेको भए पनि प्रहरीसम्म पुग्दा भने ढिलो भएको थियो ।

यसै गरि, सेसनको लागि २३ हजार रुपैयाँ लिने एक महिला थेरापिस्ट पक्राउ परेकी छिन् । उनी आफ्ना ग्राहकसँग यौन सम्बन्ध बनाएका कारण पक्राउ परेकी हुन् । यो घटना अमेरिकाको राज्य मिनेसोटाको हो । क्रिमिनल सेक्सुअल कन्डक्टको लागि दोषी पाइएमा ४३ वर्षकी क्लिनिकल साइकोलोजिस्ट महिला जोहन्ना ली मेमलाई १५ वर्षको जेल सजाय हुन सक्छ ।

पुलिसले उनलाई ११ अक्टोबरमा पक्राउ गरेको थियो । पछि उनलाई १ करोड १४ लाख रुपैयाँ १ लाख डलर धरौटी लिएर छाडिएको छ । डेलीमेलको रिपोर्ट अनुसार यी महिलाले झुटो बोल्दै ग्राकमाथि बलात्कारको आरोप लगाएकी थिइन् । मिनियापोलिस स्टार ट्रिब्युनका अनुसार यो घटनाको खुलासा त्यतिबेला भएको थियो जब यी महिलाले अगष्टमा पुलिसलाई बोलाएर ग्राहकले आफूलाई बलात्कार गरेको भनेकी थिइन् ।

महिलाले पुलिसका जाँच अधिकारीहरुसँग ग्राहकले आफूसँग अफेयर भएको बताउन सक्ने पनि भनेकी थिइन् । पुलिसले उनका ग्राहकसँग सोधपुछ गर्दा उनले आफूहरुबीच करिब ४ महिना सहमतिमै यौन सम्बन्ध रहेको बताए । यौन सम्बन्धको सुरुवात थेरापी सेसनबाटै भएको थियो । पीडित ग्राहकले पुलिसलाई म्यासेज र भ्वाइसमेल पनि देखाए ।

जब पुलिसले महिलाको फोनको जाँच गर्यो तब उनले ग्राहकसँगका अधिकांश म्यासेज डिलिट गरेको थाहा भयो । पछि प्रमाण भेटिएपछि उनले ग्राहकसँग आफ्नो सम्बन्ध भएको स्वीकार गर्दै उनले आफूलाई कहिल्यै बलात्कार नगरेको बताइन् ।

यसै गरि , त्रियुगा नगरपालिका १० बोक्सेका पानीट्याङकी निवासी एक वनझाँक्री बलात्कारको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका ३९ वर्षीय अर्जुन भनिने चूडामणि श्रेष्ठलाई पीडितको उजूरीका आधारमा पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाउन लागिएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए उनले माता उतार्ने र झारफुक गर्ने नाममा महिलालाई पटक पटक यौन तथा आर्थिक शोषण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

ती धामीले आफूलाई गुरुले मानिसलाई कपडा खोल्न लगाएर उपचार गर्न सिकाएकाले त्यसै गर्ने गरेको बयान दिएका छन् । अर्जुनसँग मतियारका रुपमा काम गर्ने ४५ वर्षीय एक महिलालाई पनि अनुसन्धानको दायरामा राखिएको छ ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ