आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्डलाई अन्तर्राष्ट्रिय सं’कट, खान रुच्न छोड्यो, के हुन्छ अब ?

प्रकाशित
867
SHARES

काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अन्तर्राष्ट्रिय स्तरमा समस्यामा पर्न थालेका छन् । अन्तर्राष्ट्रिय खेलाडीहरुले पुनः युद्धकालीन मुद्दाहरु ब्युँताउन थालेका छन् । यही क्रममा नेपालमा शान्तिप्रक्रियाको निरीक्षणका लागि आएको संयुत्तः राष्ट्रसंघीय मिसन अनमिनकी प्रमुख करिन ल्याण्डग्रेनले द डिप्लोम्याटमा एक लेख प्रकाशित गर्दै नेपालमा माओवादीले सशस्त्र युद्धमा बालबालिकाको प्रयोग गरेको मुद्दालाई उठाएकी छिन् ।

एक हप्ताअघि मात्र संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदले श्रीलंकामा द्वन्द्वकालमा भएका अन्तर्राष्ट्रिय मानवीय कानुन उल्लंघन र मानवअधिकार हननका मुद्दाहरुमा छानबिन गर्ने र दाषहिरुउपर कानुनी कारवाही गर्ने निर्णय गरेसँगै द्वन्द्वकालका मुद्दामा फस्ने खतरामा रहेका प्रचण्डको लागि यो अर्को खतरा हो । युद्धमा बालबालिकाको प्रयोग गरेको आरोप लागेका प्रचण्डको राजनैतिक करिअर यसले झनै संकटमा पार्न सक्छ ।

ल्याण्डग्रेनले एमिनेन्ट पर्सन्स ग्रुप नामक गैर सरकारी संस्थाको एक रिपोर्टको हवाला दिँदै संयुक्त राष्ट्रसंघको बालबालिका रक्षा मिसनमा गम्भीर त्रुटि भएको औंल्याएकी छिन् । संस्थाले २०१० देखि २०२० सम्म विश्वका विभिन्न देशहरुमा बालबालिकामाथि भएका अपराधका विषयमा संयुक्त राष्ट्रसंघले तयार पारेको वार्षिक रिपोर्टको स्वतन्त्र समीक्षा गरेको छ । रिपोर्टमा संस्थाले बालबालिकामाथि गम्भीर अपराधका दोषीहरुलाई पर्याप्त आधारबिना संयुक्त राष्ट्रसंघको सूचिबाट हटाइएको देखाएको छ ।

ल्याण्डग्रेनले राष्ट्रसंघको यो सूचीमा गम्भीर त्रुटि भएको पाइएपछि अब राष्ट्रसंघले आफ्नो बालबालिका रक्षा मिसनमा कडाइ गर्नुपर्ने औंल्याएकी छिन् । रिपोर्टमा बालबालिकाविरुद्ध गम्भीर अपराध गरेका संगठनहरुलाई उन्मुक्ति दिइएको पाइएपछि ल्याण्डग्रेनले ती संगठनहरुको पुनः समीक्षा गरिनुपर्ने औंल्याएकी छिन् । उनले यो सूचीमा बालबालिकाविरुद्ध अपराध गर्ने सबै समूहहरु समावेश हुने कुरा सुनिश्चित गरिनुपर्ने बताएकी छिन् ।

अब यदि संयुक्त राष्ट्रसंघले सूचिबाट हटाइएका समूहहरुको पुनः समीक्षा सुरु गरेमा प्रचण्ड नेतृत्वको विद्रोही माओवादीको पनि पुनः समीक्षा हुनेछ । माओवादीलाई बाल सैनिक रिहा गरेको र खुला राजनीतिमा आइसकेको आधारमा यो सूचीबाट हटाइसकिएको छ तर अब पुनः समीक्षा गरिएमा माओवादी पुनः यो सूचीमा समावेश हुन सक्छ र प्रचण्ड अन्तर्राष्ट्रिय स्तरमा प्रतिबन्धित हुन सक्छन् ।

युद्धकालमा माओवादीले करिब ४ हजार ५ सय बालबालिका सैनिकको रुपमा भर्ती गरेको ल्याण्डग्रेनले लेखेकी छिन् । माओवादीका अयोग्य लडाकूहरु सबै व्यवस्थापन भइसकेको भनिएको छ । तर, ठूलो संख्यामा पूर्व लडाकूहरु अझै असन्तुष्ट छन् । कैयौं अयोग्य लडाकूहरुलाई कुनै व्यवस्थापनबिना छाडिएको छ । उनीहरुलाई कुनै क्षतिपूर्ति दिइएको छेन । त्यसमाथि क्यान्टोनमेन्टमा राखिएका लडाकूहरुलाई सरकारले दिएको भत्ता पार्टी नेतृत्वले लिएको आरोप समेत छ ।

अब माओवादीको पुनः समीक्षा हुने अवस्थामा क्यान्टोनमेन्टको भ्रष्टाचार काण्ड पनि खुल्ने खतरा रहन्छ । बाल सैनिकलाई दिइएको पारिश्रमिक खोसिएको ठहर भएमा यसमा प्रचण्ड दोषी ठहरिने खतरा रहन्छ । देशको सरकार नै आफूविरुद्ध लागिपरेको यो अवस्थामा अन्तर्राष्ट्रिय स्तरबाट आउने यस्ता दबाबले प्रचण्डलाई झनै संकटमा पार्न सक्छ । प्रचण्डलाई ‘तह लगाउन’कै लागि ओली सरकार अन्तर्राष्ट्रिय दबाबको पक्षमा रहिदियो भने प्रचण्ड थप संकटमा पर्ने गम्भीर खतरा छ ।

यसै गरि , नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेर पूर्व सहयात्री माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डप्रति खनिएका छन् । उनले नेपाल र प्रचण्ड दुवैले नेपालको कम्युनिस्ट आन्दोलन अघि बढाउन नसक्ने दाबी समेत गरे ।

ओलीले पार्टी फुटाएर गएका माधव नेपालले आगामी चुनावमा वडा सदस्य समेत जित्न नसक्ने दाबी पनि गरे । मंगलबार झापामा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले माधव नेपालले पार्टी बनाउन नजानेको फुटाउन मात्रै जानेको बताए ।

‘माधव नेपालले पार्टी बनाउँदैनन्, एमाले फुटाउन खोजेको हो बनाउन होइन, फाइदा लिनुसम्म लिए, प्रधानमन्त्री, नेता भए, गुटबन्दी गरे, एमालेलाई माधव नेपालले २४० मध्ये ३३ मा झारे र आफै राजीनामा गरे’, ओलीले विगत सम्झँदै भने, ‘राजीनामा दिएपछि चुप लागेर बस्नुपर्दैन ? प्रधानमन्त्री बनाइयो, तर सकिन भनेर हिँडे तर फेरि मैलाई चाहियो भन्छन् के हो ? के फेरि पार्टी रसातलमा पुर्‍याउन ?’

उनले आफूहरूले माधवलाई कम्युनिस्ट आन्दोलनमा जोडेको तर पुन छुट्टिएको बताए । ‘माधव नेपाल यसरी जोडिएका रहेछन् कि रसायन पुगेकै रहेनछ, पक्लक्क फुक्ल्यो ।’ ओलीले माधव नेपालले पार्टी फुटाउन नसकेको दाबी पनि गरे । उनले एमाले नफुटेको बरु चोइटिएको भन्दै ओजन नघटेको र पिलो पुलुत्त निस्केको मात्रै बताए ।

ओलीले एमालेले अबको चुनावमा पनि एमालेले नै जित्ने भन्दै प्रचण्डले केही दिनअघि सही कुरा प्वाक्क बोलेको बताए । ‘प्रचण्डले मुखबाट प्वाक्क निकाल्नुभयो । हामीले वडामा पनि जित्न हम्मेहम्मे पर्ने रहेछ कि जस्तो, उहाँले कुरा बुझ्नुभयो । तर माधव नेपालले त वडाध्यक्ष त के वडा सदस्य पनि जित्दैनन्, के कारणले उनलाई भोट हाल्छन् ?’, ओलीले प्रश्न गरे । अध्यक्ष ओलीले प्रचण्ड असल बाबु, काका र असल ससुरो, सम्धी भए पनि धोकेवाज,बेइमान छट्टू नेता भएको दाबी गरे ।

‘धम्क्याउनुपर्‍यो भने म आगो हुँ नजिस्क्याउ भनेर अस्ति पनि धम्क्याए । उनले के को आँटले धम्क्याउन खोजेको आफूलाई आश्चर्य लागेको चन्दै प्रचण्डको पछि नलाग्न र अलमलमा नपर्न आव्हान गरे । ‘माधव नेपालको राजनीति नै नभएको भन्दै उनले न जादु, न मन्तर केही छैन, कसैले लगाइदिएको त्यो काममा लाग्नुभएको छ । अव कमरेड माधव नेपाल होइन एमाले विरोधी र जनविरोधी माधव नेपाल’, ओलीको आरोप छ । उनले कम्युनिस्ट आन्दोलन धराशायी बनाउन लागेको भन्दै त्यो सपना पुरा हुन नदिने घोषणा गरे ।

उनले वामपन्थीको सरकार ढालेर प्रतिक्रियावादीको सरकार बनाउन माधव नेपालले नै भूमिका खेलेको भन्दै उनले २ महिना बित्दा समेत सरकार गठन गर्न नसकेबाटै हैसियत देखिएको बताए । उनले एमाले नेकपाकै निरन्तरता भएको भन्दै प्रचण्डले पनि आफ्नो गुटमात्रै लिएर गएको बताए ।

उनले जहाँ नेपाली त्यहाँ एमाले भन्दै देशमा मात्रै होइन, विदेशमा पनि एमाले, पसल, बजार, हवाई मैदान, परेड खेल्ने ठाउँ, कलेज स्कुल, विद्यालय विश्वविद्यालयमा एमाले भएको बताए । कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य अग्नि खरेलले विद्रोहको थलोमा झापामा माओवादीहरू सकिँदै गएको बताए ।

उनले क्रान्तिका लागि नभई अवसर पाउन र कुण्ठा पुरा गर्न मात्रै केही नेताहरूले एमाले विभाजन गरेको आरोप लगाए । खरेलले चोइटिएर गएको माधव नेपाल समूहले जनताको बहुदलीय जनवाद (जबज) छाडिसकेकोले उक्त पार्टीले कम्युनिस्ट आन्दोलनलाई उठाउन नसक्ने दाबी समेत गरे ।

‘क्रान्तिको नेतृत्व सही विचारले मात्रै गर्न सक्छ, माधव नेपालहरूसँग त्यो विचार नै छैन । उहाँहरूले जबज छोडेर किन पार्टी फुटाउनुभयो ? भनेर तपाईँहरूले सोध्नुस्’, खरेलले जिल्लाका कार्यकर्ताहरूलाई सुझाव दिए ।

सत्ता गठबन्धन अवसरवादीहरूको गठबन्धन भएको भन्दै उनले ५ जना प्रधानमन्त्री एकातिर र अर्कोतिर केपी ओली मात्रै भए पनि ओली नै भारी भएको सुनाए ।कार्यक्रममा अन्य पार्टी छोडेर एमाले प्रवेश गर्नेहरूलाई स्वागत गरिएको थियो ।

प्रतिक्रिया